कसरी विभाजित छन् अमेरिकाका दुइ पार्टी रिपब्लिकन र डेमोक्र्याट ?

अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र त्यसका नेताहरुको चरित्र समान छ। तर अमेरिकाका दुइ पार्टी जुन पालै पालो सत्तामा पुग्छन, तिनीहरुको धेरै आधारभूत कुराहरुमा भिन्नता छ।
डेमोक्र्याटिक पार्टीलाइ लिबरल अर्थात् उदारवादी पार्टी भनिन्छ भने रिपब्लिकन पार्टीलाइ परम्पराबादी। रिपबलिकन पार्टीले परम्परागत मान्यताहरु कायम राख्नु पर्छ भने डेमोक्र्याटिक पार्टीले समय अनुसार परिबर्तन हुनुपर्छ भन्ने मान्यता राख्छ। राज्यको स्वरुप, धर्म र सामाजिक मुद्धाहरुमा रिपब्लिकन पार्टीले राख्ने धारणाहरु डेमोक्र्याटिक पार्टीको भन्दा अलि अनुदार हुने गर्छन।

Republican VS Democrats

सरकार र सत्ता :
रिपब्लिकनहरु सानो सरकार हुनुपर्छ भन्ने मान्यता राख्छन। सरकारले व्यक्तिको दैनिक जीवनमा हस्तक्षेप गर्न हुँदैन भन्ने रिपब्लिकनको धारणा पाइन्छ। सरकारले धेरै नियम थोपरेको उनीहरुलाई मन पर्दैन। सरकारले कर लगाएको रिपब्लिकनहरु जाति मान्दैनन। आम जनताको स्वतन्त्रतामा सरकारले टांग तेर्स्याउन हुन्न भन्ने उनीहरुको आधारभूत विचार देखिन्छ।
अर्कोतिर डेमोक्र्याटिक पार्टी सरकारको भूमिका महत्वपूर्ण ठान्छन। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा सरकारले हस्तक्षेप गरेर सबैलाई सर्वसुलभ बनाउनु पर्छ भन्ने उनीहरुको मुख्य एजेन्डा हुने गर्छ। बढ्दै गएको धनी र गरिब बिचको खाडल कम गर्न धनीहरु माथि बढी कर लगाउनु पर्छ र त्यो रकम सामाजिक क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने उनीहरुको धारणा पाइन्छ। जुनसुकै बादमा पनि राज गर्ने भनेको धनीले नै हो। त्यसकारण सरकारले गरिव र पहुँच नभएकाहरुको पक्षमा काम गरेर लोक कल्याणकारी समाज निर्माण गर्नु पर्छ भन्ने डेमोक्र्याटहरु ठान्छन।
सामाजिक मान्यता:

सामाजिक मुद्धाहरुमा रिपब्लिकन पार्टी बढी जड्बत देखिन्छ । उनीहरु आफुलाई प्रो-लाइफ अर्थात गर्भपतनको बिरोधी मान्छन। गर्भपतन गर्नु हत्या गर्नु सरह हो भन्ने उनीहरुको मान्यता छ। कुनै मान्छेको जीवन आमाको गर्भमा गर्भ रहंदाको दिनदेखि नै शुरु हुने उनीहरुको तर्क छ। यसमा बिशेष गरी कट्टर धार्मिक समुहहरुको बढी बोलवाला देखिन्छ। बाइबललाइ राज्यको आधिकारिक कानुनसंग जोड्नु पर्छ भन्ने रिपब्लिकनहरुको जोड देखिन्छ।

लेखनाथ गौतम

त्यस्तै गरी रिपब्लिकनहरुले समलिंगी बिबाहलाइ अपराधको रुपमा मान्छन। तेश्रो लिंगी र समलिंगीहरु समाज र धर्मका बिकृतिहरु हुन् भन्ने उनीहरुको मान्यता पाइन्छ।
अर्कोतिर डेमोक्र्याटहरु गर्भपतनलाइ मान्यता दिंदै त्यसको सम्पूर्ण अधिकार आमालाई दिन चाहन्छन। बच्चा जन्माउने नजन्माउने कुरा आमालाई निर्णय गर्न दिनु पर्छ। बच्चा अपाङ्ग जन्मिने अबस्थामा, आमाको ज्यान खतरामा रहेको अबस्थामा र हाडनाता करणीबाट गर्भादान भएमा आमाको राजीखुसीले गर्भपतन गर्न पाउनु पर्ने उनीहरुको धारणा पाइन्छ। त्यस्तै तेश्रो लिंगी र समलिंगी उनीहरुको शरीरमा रहेको हर्मोनको कारण हुने बायोलोजिकल कारण रहेकोले उनीहरु समाजका बिकृति होइनन र उनीहरुलाई समाजमा इज्जतका साथ बाँच्ने अधिकार सुनिस्चित गर्नु पर्छ भन्ने डेमोक्र्याटहरुको धारणा पाइन्छ।
यस बाहेक आप्रबासीहरुको बिषयमा पनि उनीहरु बीच ठुलो भिन्नता छ। रिपब्लिकनहरु बढ्दै गएको आप्रबासीहरुको संख्याले निकट भबिस्यमा गोरा जाति अल्पमतमा पर्ने त्रासमा देखिन्छन र त्यसकै कारण कडा आप्रबास नीतिको पक्षमा हुन्छन भने डेमोक्र्याटहरु अमेरिका आप्रबासी मिलेर बनेको देश भएकोले सबैलाई अमेरिकामा सपना साकार पार्ने अधिकार दिनुपर्छ भनेर आप्रबास र आप्रबासीहरु प्रति उदार देखिन्छन। जातिय रुपमा पनि रिपब्लिकन पार्टीले गोराहरुको बर्चस्वलाइ मलजल गर्छ भने डेमोक्र्याटिक पार्टीले सबै रंगका मान्छेहरुलाई समान अधिकार दिनु पर्छ भन्ने कुरामा वकालत गर्ने गर्छ।
अमेरिकाको अर्थतन्त्र पुंजीबादी मानिन्छ। अर्थात् पुंजीबादीहरुलाई असिमित पैसा कमाउने अधिकार अमेरिकामा छ। धनीहरुलाई कम कर लगाउनु पर्छ, त्यसो भएमा उनीहरुले आफ्नो पैसा लगानी गर्छन र बढी रोजगारी सिर्जना हुन्छ भन्ने रिपब्लिकन पार्टीहरुको मान्यता पाइन्छ। अर्कोतिर डेमोक्र्याटहरु धनीलाई बढी र गरिबलाई कम कर लगाउनु पर्छ भन्ने समाजबादी धारणा राख्छन। गरिखान सक्ने, बलिया, धनी र पहुँचवालाहरुले बढी कर तिर्नु पर्छ र गरिव, असाहाय, रोगी र कमजोरहरुलाइ सरकारले मद्दत गर्नु पर्छ भन्ने डेमोक्र्याटहरुको मान्यता देखिन्छ।

देशको सम्वृद्धि र अमेरिकी सपनाको समान सम्मान गरे पनि त्यसको प्राप्तिको लागि गरिने उपाय भने यी दुइ पार्टीका अति नै भिन्न छन्। एक अर्कालाई देखि नसहने परिपाटी अमेरिकामा निकै छ। डेमोक्र्याट र रिपब्लिकनहरुको सामाजिक सम्बन्ध नेपालमा २०४६/४७ सालतिर कांग्रेस र कम्निस्ट पार्टीहरुको जस्तो थियो त्यस्तै देखिन्छ।
फलस्वरूप नीति निर्माणको तहमा समेत निकै ढिला र पार्टी लाइनमा रहेर हुने गर्छ। २०१० मा ओबामाले स्वास्थ्य सम्बधि बिधेयक रिपब्लिकन पार्टीको तिब्र बिरोधका अ बाबजुद पास गरे। अर्थतन्त्रको करिब एक चौथाई ओगट्ने स्वास्थ्य क्षेत्रको निर्णयमा रिपब्लिकन पार्टीको सहमति लिन नसक्दा अहिले ओबमकेयरले ठुलो संकट व्यहोर्नु परिरहेको छ।
यसपटक रिपब्लिकनहरुले कर जस्तो हरेक जनतालाई असर गर्ने बिधेयक एकजना पनि डेमोक्र्याटहरुको समर्थन बिना अघिल्लो महिना पास गरे। त्यस्तै अहिलेका रास्ट्रपति ट्रंपले २०१७ भरि गरेका निर्णयहरु ओबामाले ८ बर्षसम्म गरेका निर्णय उल्ट्याउने मात्र सिमित भए। उनले रास्ट्रपतिको काम शुरु गरेको दिन देखिने लगातार रुपमा ओबामाका निर्णय उल्ट्याउने काम गरे। राष्ट्रिय र अन्तररास्ट्रिय रुपमा ओबामाले गरेका सबै सन्धि र सम्झौताहरु ट्रंपले कि त भंग गरिसकेका छन् कि त भंग गर्ने चेतावनी दिइसकेका छन्।
यसरी अमेरिकी राजनीति एक किसिमको चक्रब्युहमा फसेको छ। दुवै पक्ष टसको मस नहुने हुनाले धेरै कुरा पास नभई अड्की रहने गरेका छन्। क्रमस:

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907