नेपाली समाज टेक्सासको अध्यक्षमा तीन जना उम्मेदवार
December 18, 2017 | 10:46 am    
टेक्सस ।
नेपाली समाज टेक्ससको नया नेतृत्वका लागि ३ जनाको उम्मेद्वारी परेको छ । कमल सापकोटा, सुमन थापा र दिवस थापाको अध्यक्षमा उम्मेद्वारी परेको हो । दावी विरोध र उम्मेद्वारी फिर्ताको समय सकिए पश्चात मात्रै उम्मेद्वार नामावली सार्वजनिक गर्ने भन्दै निर्वाचन समितिले आधिकारिक उम्मेद्वारी नामावली सार्वजनिक नगरेको भएपनि अधिकांश पदाधिकारीसहीतका पदमा दुई वा दुई भन्दा बढीको उम्मेद्वारी परेको बताइएको छ ।
एक व्यक्तिले एक भन्दा बढी पदमा उम्मेद्वारी दिन पाउने र चुनावमा जान समेत पाउने खालको विधान अनुरुप अध्यक्षमा उम्मेद्वारी दिएका मध्ये दिवस थापाले उपाध्यक्षमा समेत उम्मेद्वारी दिएका छन् । अध्यक्षमा उम्मेद्वारी दिएका कमल हालका उपाध्यक्ष हुन् भने सुमन सह कोषाध्यक्ष र दिवस कोषाध्यक्षमा हुन् । अध्यक्षमा उम्मेद्वारी दिएका दिवसले उपाध्यक्षमा उम्मेद्वारी कायम राख्दै अध्यक्षवाट भने उम्मेद्वारी फिर्ता लिने बताइएको छ ।
समाजको अध्यक्षमा उम्मेद्वारी दिएका कमल र सुमनको दुई समुहवाट विभिन्न पदमा उम्मेद्वारी परेको छ । उपाध्यक्षमा कमलको समुहवाट दिवस, महासचिवमा वर्तमान महासचिव कमल सत्याल, सचिवमा परशुराम दाहाल, कोषाध्यक्षमा शैलेन्द्र मानन्धर र सहकोषाध्यक्षमा निरज तिम्सिनाको उम्मेद्वारी परेको छ ।
कार्यसमितिका सदस्यहरूमा केशबराज केसी, बिकास उप्रेती, नवराज नाथ र शरणकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
उता, सुमनको समुहवाट उपाध्यक्षमा निरज पन्त, उपाध्यक्षमा निरज पन्त, महासचिबमा बब (भक्त) भण्डारी, सचिवमा बिशान्त खड्का, कोषाध्यक्षमा अमृत शर्मा, सहकोषाध्यक्षमा रवि रावलले उम्मेद्वारी दर्ता गरेका छन् । कार्यसमितिका सदस्यहरूमा नविन कोइराला, गोबिन्द ढकाल, राजीव राजभाट, नवराज नाथ, सबिन्द्र थापा र प्रयास बास्तोलाले उम्मेदवार दर्ता गराएका छन् ।
यता, महिला संयोजक र युवा तथा विद्यर्र्थी संयोजक पदमा क्रमशः आयशा ओझा र युवा तथा विध्यार्थी संयोजकमा बिमला श्रध्दा श्रेष्ठ निर्विरोध भएका छन् ।
यसैविच, समाजमा नेतृत्व सर्वसम्मत गराउन अन्तिम कसरत समेत भैरहेको छ । कमल र सुमनको समुहलाई मिलाएर एउटै समिति बनाई सर्वसम्मतको अन्तिम कसरत जारी रहेको छ । सर्वसम्मत हुने संभावनालाई अन्तिम समयसम्म जारी राख्दैं वार्ता पनि गर्ने र आन्तरिक तयारी समेत अघि बढाउने रणनिति दुवै समुहले अगालेको देखिन्छ ।
आउदो शनिबार अर्भिगंमा हुने चुनावका लागि दुवै समुहले अन्तिम समयमा मतदान लक्षित सदस्यता अभियान अघि बढाउदा १ हजार ६ सय ६६ सदस्य बनेका छन् । तरपनि यो सदस्य संख्या २ वर्ष अघिको भन्दा कम हो ।श्रोत: बिस्वन्युज डट कम