यति च्याबर्स अफ कमर्स नेप्लिज अमेरिकन च्याबर्समा परिबर्तन: मनोज सिग्देल बने नयाँ अध्यक्ष

डिसेम्बर १०, डालस। डालस वरपर रहेका नेपाली व्यवसायीहरुको संगठन यति च्याम्बर्स अफ कमर्सको तेश्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भयो। साधारण सभाले नयाँ बनेको कार्यसमितिलाइ पूर्णता दिंदै सबैले सपथ ग्रहण गर्दै समापन भयो। नयाँ कार्यसमितिको अध्यक्षमा युवा मनोज सिग्देल निर्बाचित भए। सबै पदमा सर्बसम्मत बनेको यो कार्यसमितिको महासचिवमा भने उम्मेद्वारी नै परेन। साधारण सभामा निबर्तमान अध्यक्ष बासु भण्डारीले निबर्तमान महासचिव बाल जोशीलाइ फेरी सोहि पदमा रही कार्य गरिदिन आग्रह गर्दै साधारण सभामा अनुमोदनको लागी प्रस्तुत गर्नु भयो। उपस्थित धेरैले ताली बजाए। महासचिवमा पुनः दोहोरिन नचाहेका बाल जोशीले आग्रह अस्विकार गर्न सकेनन। पूर्णता पाए पछि सबैले सपथ ग्रहण गरे।
विदेश स्थित नेपाली संस्थाहरुमा बिगत लामो समय देखि नेतृत्वको लागी बढी नै होडबाजी हुने गरेको सन्दर्भमा यसपाली यति च्याम्बर्स अफ कमर्सको निर्बाचनमा भने जबर्जस्ति बस्न आग्रह गर्नु पर्ने अवस्था आयो। उपाध्यक्षमा मात्र दुइ जनाको उम्मेद्वारी परेको थियो जसमा पछि सबिन्द्र थापाले आफ्नो नाम फिर्ता लिए पछि सम्पूर्ण कार्यसमिति निर्बिरोध हुन पुगेको थियो। निर्बाचन गर्न केहि समय अगाडी बिनय अर्यालको नेतृत्वमा निर्बाचन कमिटी बनेको थियो। कमिटीले अनलाइन मार्फत निबेदन संकलन गरेको थियो। तर बिशेष गरी माथिल्ला पदहरुमा खासै रुचि देखिएन। सदस्य बनेर सजिलो भूमिकामा बस्ने धेरैको रुचि देखियो। मनोज सिग्देल आफै अध्यक्ष पदका आकान्क्षि होइनन। लगभग सबै पदमा हालत त्यस्तै देखियो।
यति च्याम्बर्स अफ कमर्स नेपाली ब्यबसायीहरुको लागी साधन, श्रोत र सूचना उपलब्ध गराउने, सबै ब्यापारी एक जुट भएर आफ्ना अनुभवद्वारा समुदायलाइ लाभान्वित गराउने उद्देश्यले गठित संस्था हो। नेपाली समाज टेक्सासको पहलमा स्थापित यो संस्था डालस वरपर रहेका नेपाली संस्थाहरुमा एक मजबुत संस्था पनि मानिन्छ। सयौंको संख्यामा रहेका ब्यबसायी, ब्यबसाय र पेशागत रुपमा सफल व्यक्तिहरु डालसको सेरोफेरोमा धेरै छन्। तर यो संस्थामा पनि सक्रियता, सहभागिता र रुचीको भने कमि नै देखियो। जता पनि राजनीतिले हैरान नेपाली समुदाय च्याम्बर्स जस्तो बिशुद्ध पेशागत संगठनमा पनि अरुचि हुनु आधारभूत रुपमा नेपाली संस्थाहरु प्रतिको आम मानिसहरुको नकारात्मक धारणाको उपज हो।


कार्यक्रम फलदायी पनि थियो। शुरुमै कर सम्बन्धि जानकारीमुलक अन्तरक्रिया कार्यक्रम राखिएको थियो। सिपिए प्रेम शाहीले अहिले संसदमा विचाराधीन कर योजना र त्यसले ब्यबसायी एबम सर्बसाधारणलाइ पर्ने असर बारे बिस्तृत रुपमा जानकारी उपलब्ध गराएका थिए। पहिले र अहिलेको कर सम्बन्धि व्यवस्थाले सामान्य व्यक्तिहरुमा पर्ने असर, ब्यबसायीहरुलाई पर्ने असर बारे उनले खुलेर जानकारी गराए। तर न्युन उपस्थितिले गर्दा त्यसको प्रतिफल धेरै सामु पुग्न सकेन। आफ्नै फाइदाको लागी भएका यस्ता कार्यक्रमहरुमा पनि उपस्थित नभई फाइदा लिन नसक्नु नेपालीहरुको कमजोरी देखिन्छ भने यस्ता गतिविधिलाई प्रभावकारी ढंगले समुदायमा प्रचार गर्न नसक्नु आयोजकहरुको कमजोरी छ। डालसमा रहेका कुनै पनि संस्थाले त्यो साँघुरो घेरा तोड्न नसकेको यथार्थ घाम जस्तै छर्लंग छ।
यति च्याम्बर्स अफ कमर्सको सट्टा नेप्लिज अमेरिकन च्याम्बर्स अफ कमर्स हुने
विधानमा रहेका त्रुटी सच्च्याउन मनोज सिग्देलको अध्यक्षतामा बिधान पुनरावलोकन समिति गठन गरिएको थियो। समितिले संस्थाको नाम अलि नेपालीको परिचय झल्किने खालको भएन भन्ने गुनासाहरुको सुनुवाई गर्दै र सबैको धारणा बुझ्दा नेपाली जाती झल्किने नामको खोजि गर्यो र नेप्लिज अमेरिकन च्याम्बर्स अफ कमर्स प्रस्तावित गर्यो। नेपाली अमेरिकन च्याबर्स अफ कमर्स राख्ने कि नेप्लिज राख्नेमा भन्नेमा केहि मत विभाजित भए पनि अंग्रेजी जस्तो सुनिने तर नेपालीले पनि अपनत्व ग्रहण गर्न सक्ने शव्द नेप्लिज अमेरिकन च्याबर्स अफ कमर्स नै राख्ने गरी प्रस्ताव पारित भयो।


त्यस्तै यो च्याबर्सको अबधारणा, विकास, निर्माण र संचालनको यात्रामा सक्रिय रुपमा लाग्ने व्यक्तित्वहरुलाई सम्मानित सदस्यको रुपमा विधानमै उल्लेख गरेर सम्मान गर्ने प्रस्ताव समेत सर्बसहमतिले पारित भयो।त्यसरी सम्मानित हुनेहरुमा डाक्टर प्रेम अधिकारी, डाक्टर मुरली अधिकारी, भुवन आचार्य, गौरी राज जोशी, बैकुण्ठ बिक्रम थापा, बाल जोशी, बासु भण्डारी, कृष्ण लामिछाने, राम सी पोख्रेल, निरज श्रेष्ठ आदि हुनुहुन्छ । त्यस्तै गरी एउटा कार्यालयको अबधारणा अनुरुप एउटा स्थायी सचिव पद स्थापना गर्ने प्रस्ताव पनि पारित भयो।
नयाँ कार्यसमितिको स्वरुप यसप्रकार छ।
अध्यक्ष : मनोज सिग्देल
उपाध्यक्ष: सुरज पौड्याल
महासचिव : बाल जोशी
कोशाध्यक्ष: स्मृति कार्की
सदस्यहरु
बिनिता लामिछाने
प्रेम शाही
सरोज सिग्देल
बिनोद तिवारी
केदार तिमिल्सिना
जेन श्रेष्ठ
कपिल अधिकारी ( कमेरिका बैंक)
प्रदिप गिरी
रबि प्रधान
सुमिरन सापकोटा
संस्थाका अध्यक्ष बासु भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव बाल जोशीले सबैलाई स्वागत गर्नु भएको थियो भने नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ बनेको कार्यसमितिलाई सफल कार्यकालको सुभकामना दिनु भएको थियो । निर्धारित समयमै शुरु भएर निर्धारित समयमा नै उक्त कार्यक्रम समापन भएको थियो।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907