एनआरएन अमेरिका टेक्सास च्याप्टरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
डालस, डिसेम्बर ३। एनआरएन अमेरिका स्थित टेक्सास च्याप्टरको नबनिर्बाचित कार्यसमितिको आयोजनामा आज यहाँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। गत अक्टोबर महिनामा सम्पन्न निर्बाचनबाट आएको उक्त कार्यसमितिको आयोजनामा भएको यो कार्यक्रम पहिलो सार्बजनिक कार्यक्रम हो। उक्त निर्बाचनमा भानु खरेल अध्यक्ष, उपाध्यक्षमा द्रोण गौतम, पदम ठकुराठी महासचिव र कोशाध्यक्षमा सतिश ओझा निर्बाचित भएका थिए ।
कार्यक्रमको शुरुमा महासचिव पदम ठकुराठीले सबैलाई स्वागत गरेका थिए । त्यसपछि च्याप्टर अध्यक्ष भानु खरेलले आफ्नो छोटो मन्तन्य व्यक्त गरेका थिए । अध्यक्षको मन्तब्य पछि नबनिर्बाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो । निर्बाचित ४ जना र निर्बाचनमा उम्मेद्वारी नपरेर खाली रहेका स्थानहरुमा अध्यक्षले मनोनयन गरेका अन्य ७ जना गरी ११ जनाले सपथ ग्रहण गरेका थिए । एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले पठाएको शुभकामना पत्र बरिस्ठ उपाध्यक्ष सुनील शाहले पढेर सुनाउनु भएको थियो ।
मनोनयन गरिएका ७ जनामा महिला संयोजक ज्योति ओझा खनाल, युवा संयोजक रुपेश न्यौपाने, सदस्यहरु जगदीश काफ्ले, अनु रिमाल, निलिमा श्रेष्ठ, अमरनाथ शाह र आनन्दकुमार यादव हुन् ।
आजको करिब दुइ घण्टाको कार्यक्रममा टेक्सास च्याप्टरको आगामी कार्यक्रमहरुबारे पावर पोइन्ट प्रस्तुति अध्यक्ष भानु खरेलले गरेका थिए। यो कार्यसमितिको कार्यकालको अन्त्यसम्ममा गर्ने मुख्य काम र सहायक काम गरी दुइ भागमा विभाजित गरिएको थियो। मुख्य लक्षमा २५ हजार डलरको आकस्मिक कोष स्थापना गर्ने, डालसमा नेपाली कन्सुलेट स्थापनामा पहल गर्ने, एनआरएन अमेरिका टेक्सास च्याप्टर, क्षेत्रिय कार्यालय र सामुदायिक भवन निर्माण गर्न ठोस काम गर्ने, एनआरएन अमेरिकाको सहयोग मंच(हेल्प डेस्क) लाई पूर्णता दिंदै आबस्यक काम थाल्ने, टेक्सास र यस वरपरका बिस्वबिध्यलायका नेपाली बिद्यार्थीहरु र त्यहाँका बिद्यार्थी संगठनहरुबीच नेटवर्क निर्माण गर्ने, हाइ स्कुल र कलेज पढ्ने बिद्यार्थीहरुको लागि छात्रवृति कार्यक्रम सुरुवात गर्ने, टेक्सास च्याप्टरको वेबसाइट र अप्ठेरो पर्दा सिधै सम्पर्क गर्न फोन नम्बर व्यवस्था गर्ने, एनआरएन अमेरिकाको आइडी कार्ड वितरण थियो भने सहायक काममा अहिले सम्म भए गरेका वा समुदायमा हुने नियमित कामहरुलाई समन्वय र सहयोग गर्ने काम पनि जारी गरिने जनाइएको थियो।
त्यस्तै टेक्सास च्याप्टरले अहिलेसम्म गरेका कामहरु, प्रगतिमा रहेका कामहरु बारे समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर राखिएको थियो भने पासांग लामा, भुवन आचार्य, बिएन पन्त, विकास न्यौपाने लगायतले गरेका प्रश्नहरुको जवाफ सुनील शाह र प्रबक्ता बिनोद तिवारीले दिनु भएको थियो।
आजको कार्यक्रममा एनआरएनका पदाधिकारीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकारहरु र सर्बसाधारणहरुको उपस्थिति थियो।