नेपाली समाज टेक्सासको युवा तथा बिद्यार्थी संयोजकमा श्रद्धा श्रेष्ठद्वारा उम्मेद्वारी घोषणा
डालस, डिसेम्बर २। नेपाली समाज टेक्सासको नयाँ कार्यसमितिको निर्बाचन नजिकिंदै गर्दा युवा तथा बिद्यार्थी संयोजकमा श्रद्धा श्रेष्ठले उम्मेद्वारी दिएकी छन्। युवा र बिद्यार्थीहरुका समस्या समाधान गर्न र त्यसको लागि नेपाली समाज टेक्सासको भूमिका महत्वपूर्ण रहेको सन्दर्भमा आफुले उम्मेद्वारी दिएको उनले स्पस्ट पारेकी छिन। युवाहरु नै समाजको भबिस्य रहेको कुरा उल्लेख गर्दै श्रेष्ठले युवा उर्जालाई सहि ठाउंमा प्रयोग गर्न आफु सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन।
फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेकी श्रेष्ठ लामो समय देखि डालस क्षेत्रमा सक्रिय युवा हुन्।
उनको फेसबुक स्टाटस जस्ताको तस्तै :
विकासकालागि युवा … युवा शक्ति आजको आवसेकता |
युवा अनि समृद्द समाज एक अर्काका पुरक हुन | समाजका लागि युवाको भूमिका अपार हुन्छ र त्यसैलाई आत्मासात गर्दै , आउदै गरेको नेपाली समाज टेक्ससको (NST )चुनावमा “youth and student cordinator ” मा मैले आफ्नो उमेद्वारी दिएकी छु |
सम्पूर्ण नेपली युवाका आवाज बन्न अनि NST लाई साचै नै हामी सबैको NST बनाउनका निमित्त मेरो भूमिका रहनेछ | Texasमा बिशेष गरि नेपाली बिद्यार्थीले झेल्नु पर्ने साना भन्दा साना समस्या जस्तै , कलेज खोज्ने , apartment खोज्ने , कलेज भर्ना , कलेज transfer , भर्खर आएका नया भाई बहिनिलाई बास ,गास ,कपासको समस्याबाट उन्मुक्ति दिने देखि जेहेन्दार बिधार्थीका लागि full scholarshipका साथै मानसिक र आर्थिक समस्याबाट गुज्रिरहेका युवा पिढीका लागि हेल्प डेस्क बनाउने अनि उर्जसिल युवाका नयाँ विचार धारलाई प्रस्तुत गर्ने ….आफ्ना केहि परिवर्तनका भिजन लिएर म समाजमा अगाडी बढ्न चाहन्छु , जसकालागि मलाई हजुरहरुको साथ, सल्लाह र सुजाबको खाचो छ |
मलाई लाग्छ मैले बोकेको भिजन हामी सबैको चाहाना हो | बिदेशी भूमिमा युवा जमातको उर्जा ,जोस र जागर यसै खेर जान दिनु हुदैन र युवा बिद्यार्थीले NSTको नेतृत्व लिनु पर्छ भन्ने मेरो मूल धारना हो | युवामा भएका नयाँ विचार, सोच र सक्तिलाई परिचालन गर्ने सक्ने खुबी र अठोटका साथ मैले आउदै गरेको चुनावमा आफ्नो मनोनयन दर्ता गराएको जानकारी दिन चाहन्छु |
Shraddha Shrestha (Bimala)
Youth and student coordinator candidate.
Nepalese Society of Texas .
Irving , Texas