नेपाली-अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन: यस्तो छ उद्देस्य

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई) नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ ।

नेपालीको संख्या वृद्धि
अमेरिकामा सन् १९९० को दशकपछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको छ ।

उद्देस्य
हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीय स्तर देखिनै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन सकोस् नेपालीको  आवाज पुग्न सकोस भन्ने उदेश्यले एनएएफपीईको परिकल्पना गरिएको  संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले जानकारी दिए ।

को हुन् तिवारी ?

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन (हाउस अफ डेलिगेट)मा उम्मेदवारी घोषणा गरेका थिए ।

कास्की पोखरा लेखनाथ नगरपालिका बेगनासताल घर भइ बिगत १३ बर्षदेखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए । पछि उनले नेपालमा भूकम्प गएपछि उम्मेदवारी फिर्ता लिएका थिए। बिजय थापा

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907