फ्लोरिडामा जारी रहेको समुद्री आंधी अर्मा र यसको बारेमा केहि तथ्यहरु

फ्लोरिडा, अमेरिका। अमेरिकाको फ्लोरिडा यतिबेला अर्मा नामक आंधीको मारमा छ। इतिहासमा रहेका धेरै रेकर्डहरु यो आंधीले तोडेको छ। यसको बिनास यति भयानक छ कि फ्लोरिडाका गभर्नरले आपतकाल घोषणा गरेका छन् भने लाखौँ मानिसहरु बिस्थापित भएका छन्। यसले गरेको विध्वंशको लेखाजोखा हुन अरु केहि समय कुर्नु पर्नेछ तर यसले अहिलेसम्म गरेको बिनास अकल्पनीय छ। यसले तोडेका रेकर्डहरु यसप्रकार छन्।
१. यो गल्फ अफ मेक्सिको र एटलान्टिक क्षेत्रको सबभन्दा बलियो आंधी हो। २. स्याटेलाइटबाट आंधीको गतिबिधि हेर्ने प्रविधिको निर्माण पश्चात लगातार ३ दिनसम्म टिकेको ५ बर्गको पहिलो आंधी हो। ३. अहिले सम्म कुनै पनि आंधी ३७ घण्टासम्म लगातार १८५ माइल प्रति घण्टा टिकेको छैन। अर्मा नामको यो आंधीलेत्यो रेकर्ड बनाएको
छ। ४. यो आंधीले बहामाजको इतिहासमा र अमेरिकाकै इतिहासमा सबभन्दा ठुलो मात्रामा मानिसहरुलाई घर छोड्न बाध्य पारेको छ। फ्लोरिडाको सरकारले ६३ लाख मानिसहरुलाई ज्यानको जोखिम रहेको भन्दै घर छोड्न र सुरक्षित स्थानमा जान बाध्यकारी सूचना जारी गरेको छ।
यसबाहेक यो आंधीको अन्य धेरै क्षतिका विवरणहरु छन्। अहिले कमसेकम चालिस लाख भन्दा बढी मानिसहरु बिजुली रहित अबस्थामा छन्। खाना पकाउन देखि आकस्मिक सेवा संचालन गर्न बिद्युत जरुरत पर्ने अत्याधुनिक समाजमा बिद्युतको अभावमा हुने असुविधा अकल्पनीय छ। फ्लोरिडाको दक्षिण पश्चिममा रहेको समुद्री तिरको वरपरका भूभागमा १५ फीट सम्मको बाढी आउने अनुमान गरिएको छ। अर्माले ७० हजार वर्ग माइलको क्षेत्रफ़ललाइ असर गर्नेछ जुन फ्लोरिडाको क्षेत्रफ़ल भन्दा पनि बढी हो। फ्लोरिडाको क्षेत्रफ़ल ६५ हजार बर्ग माइल छ। बर्बुढा भन्ने टापुमा यसले १८५ माइल प्रति घण्टाको दरले हान्दा ९५ प्रतिशत घर र भवनहरु ध्वस्त पारेको छ। बहमाजबाट ५००० मानिसहरुलाई उद्धार गरिएको छ जुन बहमाजको इतिहासमा सबभन्दा ठुलो उद्धार हो।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907