जुलाई ९ आइतबार नेपाली समाज टेक्सासले स्वास्थ्य शिविर संचालन गर्ने

जुलाई ४ , टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। जुलाई ९ गते आइतबार  नेपाली समाज टेक्सासले फेरी अर्को स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त स्वास्थ्य शिबिर नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र अर्थात् नेपाली मन्दिरमा हुनेछ। ९:३० देखि दर्ता शुरु गरेर ११:३० मा दर्ता बन्द हुनेछ भने परिक्षण भने १ बजे सम्म जारी रहनेछ। उक्त अबसरमा चीर परिचित नेपाली डाक्टर डाक्टर संजीव श्रेष्ठ, झरना श्रेष्ठ, शर्मिला श्रेष्ठ र बिष्णु सापकोटाले सेवा दिनु हुनेछ । स्वास्थ्य परिक्षण निशुल्क गरिएको छ भने ल्याब परिक्षणको लागि $२० तोकिएको छ।

नेपाली समाजले बिगत लामो समय देखि यस्ता खाले स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । समाजमा भैपरी आउने विपद, नेपालमा भैपरी आउने विपद लगायतमा नेपाली समाज टेक्सास संसारका अरु संस्था भन्दा अग्रपंक्तिमा प्रस्तुत हुँदै आएको छ। त्यस्तै चाडबाड, खेलकुद, सांस्कृतिक कार्यक्रममा समेत नेपाली समाज टेक्सासले आफ्नो राम्रो भूमिका निर्बाह गर्दै आएको छ । त्यस्तै अहिलेको स्वास्थ्य शिबिरमा सेवा दिनुहुने डाक्टर संजीव श्रेष्ठले नेपाली समाजको हरेक स्वास्थ्य शिबिर संचालन गर्दै आउनु भएको छ । अमेरिका जस्तो ब्यक्तिबादी समाजमा निशुल्क र निस्वार्थ रुपमा सहयोग गर्ने यस्तो स्वास्थ्य सेवी पाउनु नेपाली समाजको गौरबको बिषय हो । डालस वरपर धेरै नेपालीहरुका अभिभावकहरु भेटघाटको लागि आउने तर छोटो समयको लागि स्वास्थ्य बिमा नहुने हुनाले यस्तो शिविर अत्यन्त फलदायी हुने गरेको छ।

यसपाली पनि सामान्य जांच गर्न, प्रयोग गरिरहेको औषधि सकिएको अबस्थामा रिफिल गर्न र ल्याब परिक्षण गरेर आफ्नो स्वास्थ्य अध्यावधिक गर्न नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले डालस टेक्सास बासी सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्नुभएको छ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907