एनआरएन अमेरिकाको टेक्सास च्याप्टरमा सबिन्द्र थापाले उम्मेद्वारी दिने

ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l

उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा मैदानमा उत्रिने निश्चित गरेका हुन् l

16729276_10158387080270093_4818159999783506784_n

आफुले टेक्सस मा बसोबास गरेता पनि टेक्सस सेरोफेरो तथा बिश्व भर आफुले सहयोग गरेको उल्लेख गरेका छन् l आप्रवासन अन्तर्गत एच१ बि ,स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा अन्य सहयोग गर्दै आएको जनाएका छन् l उनको ट्राबल एजेन्सी (यात्रा अभिकर्ता )को व्यवसाय पनि संचालनमा छ भने उक्त व्यवसाय मार्फत मार्फत करिव १ दर्जन लाई रोजगारी दिएका छन् l

यसको साथै नेपाल र अमेरिका बिच सहि कारणको लागि पुल बन्ने प्रतिबद्धता सहित दोहोरो नागरिकता ,अमेरिका नेपाल सम्बन्धि दोब्बर कर आदि ईत्यादी बिषयमा आफुले सुरु देखि नै गम्भीरता पूर्वक वकालत गरि रहेको जनाएका छन् l

थापा एक उधमी हुन् l राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरामा विश्वास गर्ने बताएका छन् l थापा लामो समय देखि डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्ष समेतमा अनुभव बटुलेका छन् l उनि भन्छन आफु नेतृत्व पदमा भन्दा पद बिना रहेर सहि काम गर्न चाहना रहेको बताए l हाल उनि यति च्याम्बर अफ कमर्स का निर्वाचित कार्यकारी सदस्य समेत रहेका छन् l

समाज सेवा नै भन्ने हो भने भूकम्पमा आफु नेपाल गै नुवाकोटमा राहत सामग्री प्रदान गरेको स्मरण गराउदै समुह कार्यमा आफ़ु विश्वास गर्ने बताए l त्यसैले आफु भित्र केहि गर्न ईक्षा भएकोले आफु टेक्सस एनआरएन को अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन् l (Source: Enepalese.com)

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907