पुण्य फाउन्डेसनले पुण्य कामको लागि सहयोग अपेक्षा गरेको छ: सुदिप अधिकारी
June 20, 2017 | 7:13 am    
पुण्य फाउन्डेसन एउटा गैर नाफामुखी, गैर राजनीतिक र बिसुद्ध सामाजिक संस्था हो। यो अमेरिकामा र नेपालमा समेत हालसालै दर्ता भएको छ। यसको उद्देस्य सकेसम्म धेरै ठाउँहरुमा आफ्नो सेवा पुर्याउनु रहेको छ। यसको मुख्य फोकस पुर्बी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग पुर्याउने रहेता पनि आबस्यकता अनुसार अन्य देशमा अप्ठेरो परिस्थितिमा रहेका शरणार्थीहरुको लागि जति सकिन्छ त्यति साधन र श्रोत उपलब्ध गराउन पहल गरिनेछ। केहि दिन अघि मात्र अमेरिकामा ५०१ सी अन्तर्गत यो फाउन्डेसन दर्ता भएको छ ।
फाउन्डेसनका अध्यक्ष टेक्सास निवासी सुदिप अधिकारीका अनुसार यो संस्था बिगत देखि नै क्रियाशील थियो र सो क्रममा शरणार्थी शिविरमा बिभिन्न खाले सहयोग गर्दै आएको थियो। २०१० मा अस्ट्रेलियामा दर्ता भै काम शुरु गरेको पुण्य फाउन्डेसन अहिले नेपाल र क्यानडामा समेत सक्रिय छ । २०१५ मा नेपालमा गएको भुकम्पमा परी बाबुआमा गुमाउने अति प्रभावित ५ जिल्लाका ५८ जना बालबालिकाहरुलाई छात्रवृति उपलब्ध गराएको छ र उनीहरुलाई १२ कक्षा उत्तीर्ण नहुन्जेल छात्रवृति जारी राख्ने योजना छ। त्यो संख्या बिस्तारै बढाउंदै १०० पुर्याउने लक्ष रहेको फाउन्डेसनका अध्यक्ष सुदिप अधिकारी जानकारी गराउनु हुन्छ।अब अमेरिकामा दर्ता प्रक्रियाको समाप्ति यो संस्था अझ बढी सक्रिय रुपमा समाजसामु आएको छ । अध्यक्ष अधिकारीका अनुसार पहिलो कार्यक्रम पुर्बी नेपालमा रहेका भुटानी शरणार्थी बिद्यार्थीहरुको शिक्षाको लागि दश हजार अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गरिएको छ। कोष जम्मा पार्न गो फन्ड स्थापना गरिसकिएको छ।
धेरै जसो भुटानी शरणार्थीहरु विभिन्न देशहरुमा पुनर्बास कार्यक्रम अन्तर्गत पुनर्स्थापित भैसक्नु भएको छ। पुनर्बासमा जान नचाहने र प्रक्रिया नपुगेर अझै पनि १५ हजार जति शरणार्थी झापा र मोरंगका शिविरहरुमा रहेका छन्। उनीहरुले अझै पनि धेरै समस्या व्यहोर्नु परिरहेको छ। गर्नु पर्ने धेरै क्षेत्रहरु मध्ये पुन्य फाउन्डेसनले शिक्षा क्षेत्रमा केहि सहयोग पुर्याउने निर्णय गरेको छ। त्यसको लागि पहिलो चरणमा २०० जना शरणार्थी परिवारका बिद्यार्थीहरुको लागि शैक्षिक सामग्री, भर्ना शुल्क, पोशाक किन्न रकम, परिक्षा शुल्क र अन्य आबस्यक आर्थिक सहयोग गर्ने योजना छ। उनीहरुलाई शिविरको वरपर उपलब्ध स्तरिय सामुदायिक बिद्यालयहरुमा पढ्ने ब्यबस्था मिलाइनेछ।
पुन्य फाउन्डेसन भर्खर स्थापित संस्था भएकोले यसको आफ्नो ठुलो संजाल छैन। हामी अन्य संस्थाहरुसंग हातेमालो गरेर यो र अन्य कार्यक्रमहरु लक्षित समुदायसम्म लैजान चाहन्छौं। अहिले पनि भुटानी शरणार्थी शिविरमा थुप्रै गैर सरकारी संस्थाहरुले काम गरिरहेका छन्। कारितास लगायत अन्य संस्थाहरुसंग कसरी एकीकृत योजनाहरु संचालन गर्न सकिन्छ भनेर आबस्यक गृहकार्य जारी छ। छिट्टै नै एउटा साझेदार संस्था मार्फत हामी काम शुरु गर्ने छौं।तत्कालिन रुपमा शरणार्थी बालबालिकाहरुको शिक्षाको लागि कोष परिचालन गर्ने उद्देश्य भए पनि भबिस्यमा नेपालका भुकम्प पिडित बालबालिकाहरुको छात्रवृति संख्या बढाउने लक्ष रहेको छ र अफ्रिकाका शरणार्थीहरुलाई पनि केहि योजना ल्याउने हाम्रो सोंच छ । यसको लागि हाम्रो श्रोत र साधन कति छ भन्ने मै निर्भर रहने छ । अध्यक्ष सुदिप अधिकारी संस्थाको वर्तमान र भावी कार्यक्रम बारे स्पस्ट पार्दै भन्नु हुन्छ ।
सहयोगको लागि योजना र कोषको स्थापना भए संगै कोष जम्मा पार्नु हाम्रो लागि अबको चुनौती हो। दश हजार अमेरिकी डलर जम्मा पार्नु र त्यसलाई दुरुपयोग हुन नदिइ लक्षित समूहसम्म पुर्याउनु हाम्रो काँधमा आएको पहिलो दायित्व हो। यसको लागि हामी व्यक्ति, संघ संस्था र चन्दादाताहरुलाई सार्बजनिक अपिल गर्न चाहन्छौं। हाम्रो अभियानमा युवा तथा बालबालिकाहरु बढी सहभागी बनाउने लक्ष छ। बिशेष गरी अमेरिकामा रहेका पुनर्स्थापित युवाहरुले यो अभियानको लागि धेरै गर्न सक्छन भन्ने हाम्रो विश्वास छ। आउनुहोस, आफ्नो आफ्नो गच्छे अनुसार अर्थात् क्षमता अनुसार यो पुण्य फाउन्डेसनको पुण्य कमाउने अभियानमा सहयोग गरौँ। थोरै सुकी सुकी धेरै थुकी नदी भने जस्तै सबैले अलिअलि मात्र योगदान गर्यौं भने ती अवसरबाट बन्चित कलिला बिद्यार्थीहरुको भबिस्य उज्ज्वल बन्नेछ। अध्यक्ष अधिकारीले सबैलाई अपिल गर्दै भन्नु भएको छ
।