युएनएको सांस्कृतिक तथा फेसन शो बारे संयोजक रायन कार्कीद्वारा बिज्ञप्ति जारी
June 13, 2017 | 10:30 pm    
युनाइटेड नेपालीज एसोसिएसनको गत महिना २७-२८ मा सम्पन्न सम्मेलनमा बिबिध सांस्कृतिक कार्यक्रम र फेसन प्रस्तुतिहरु सम्पन्न भए। सो अबसरमा भए गरेका गतिबिधि र कार्यक्रम आयोजना गर्नुको उद्देस्य बारे संयोजक रायन कार्कीले एक बिज्ञप्ति प्रकाशित गरेका छन्।
सम्पूर्ण मेडिया साझेदारहरु, युएनए सांस्कृतिक र्याम्प शोको छोटकरी विवरण निम्न अनुसार छ। संदेश सबै समुदायमा पुर्याउनको लागि सहयोग हुनेछ भन्नेमा आशाबादी छु र सहयोगको लागि आभारी छु।
कल्चरल र्याम्प शो :
एक सफल कार्यक्रम । मिति: मे २७. स्थान: डालस टेक्सास ।
कार्यक्रम ब्यबस्थापन: रायन रेस (रबिन कार्की) नेपसिनेको तर्फबाट र अर्जुन सुबेदी प्लानेट ३ फिल्म्स बाट
अधिकारिक पोशाक डिजाइनर: सुबेच्छा भडेल, मोडर्न दे फेरी टेल कलेक्सनबाट
शो स्टपर्स: नन्दिता केसी र सोनी राजभण्डारी
शो शुरुवात: स्टिफ़ेनि रुइज
कोरियोग्राफर, कार्यक्रम संचालक: नागमा श्रेष्ठ ( पहिलो पटक फेसन शोको कोरियोग्राफी)
कपाल र मेकअप: अलिना शाक्य
संगीत/मिश्रण: डिजे बिस्व
तस्बिर: सुशान्त जोशी र जुनिर ढकाल
जबसम्म नेपाली युबाहरुको अमेरिकाको मुलधारमा प्रभावकारी प्रतिनिधित्व हुँदैन तब सम्म नेपाल र नेपाली समुदायको अधिकार र पहिचान राम्रो संग स्थापित हुन सक्दैन । यहि उद्देस्य प्राप्तिको लागि टीम युएनएको स्थापना गरिएको हो जसको उद्देस्य युबाहरुको क्षमताको पहिचान, शशक्तिकरण र उनीहरुलाई अमेरिकी मुलधारमा समाबेश गर्नु रहेको छ ।
मेडिया जनमानसमा संदेश पुर्याउने एउटा ठुलो माध्यम हो। युएनए कल्चरल र्याम्प शो त्यस्तो एउटा ठाउँ थियो जसमा सुन्दरता प्रदर्शन, अभिनय वा मेडियामा मात्र इच्छा भएको युवाको पहिचान गर्न सकिन्थ्यो। हाम्रो उद्देस्य के थियो भने यस्तो अबसरमा अमेरिकाको मुलधारको पत्रकारिता संग समन्वय गर्दै नेपालीहरुसंग जोड्न सक्ने व्यक्ति फेला पार्न सकियोस जसबाट हाम्रा र राम्रा संस्कृतिको प्रचार गर्न सकियोस। नेपाली र अमेरिकी पत्रकारिताबाट प्रतिनिधिहरु युएनए कन्भेन्सनमा बोलाइएका थिए जसले सहभागीहरुलाई उत्प्रेरणा, सहयोग र बाटो देखाउन सकुन जसबाट सहभागीहरुले केहि कुरा लिन सकुन।
हाम्रो उद्देस्यले एउटा आकार त्यतिबेला ग्रहण गर्यो जतिबेला हामीले युएनएको कार्यक्रममा पारस खड्का, सुबेच्चा भडेल, नन्दिता केसी, नागमा श्रेष्ठ र सोनी राजभण्डारी जस्ता व्यक्तित्वहरुले यसमा भाग लिए। डालस फोर्ट वर्थमा सफल मोडेल तथा सुन्दरी स्टेफ़ेनि रुइज र ब्यबसायिक अभिनेता मार्क रायोसको उपस्थितिसंगै यो बर्षको युएनए कल्चरल र्यापम शो सम्पन्न भयो।
शोको विवरण :
शो दुइ भागमा विभक्त थियो
पहिलो : सांस्कृतिक
दोश्रो : मोडर्न डे फेरी टेल
शोको शुरुवात डालस फोर्ट वर्थमा चर्चित तथा सफल मोडेल स्टेफ़ेनि रुइज जीवित देवी कुमारीको रुपमा प्रस्तुत भएर गरिएको थियो। अन्य १० जना मोडेलहरुले नेपालका बिभिन्न जातजातिका भेषभुषामा प्रस्तुत भएर समग्र नेपालको प्रतिनिधित्व गरेका थिए। फेसन डिजाइनर सुबेच्छा भडेललाइ धन्यवाद दिनै पर्छ जसले नेपाली अमेरिकी समुदाय र बिशेष गरी युवाहरुलाई हाम्रो संस्कृतिको एक कदम नजिक ल्याउन भूमिका खेल्नु भयो।
शोको दोश्रो भाग ताली र उत्साहबाट शुरु भयो। मोडेलहरुले आफ्नो प्रस्तुति दिइरहदा दर्शकहरु उठेर मोडेलहरुलाई प्रेरणा दिएका थिए।डिजाइनर सुबेच्छा भडेलको डिजाइनमा र बिभिन्न नेपाली जातिहरुका भेषभुषामा मोडेलहरुको अत्यन्त प्रभावकारी प्रस्तुति रह्यो। नागमा श्रेष्ठको कोरियोग्राफीमा शो अत्यन्त सफलतापुर्बक सम्पन भयो। यसमा अभिनेत्री नन्दिता केसी र उत्प्रेरक बक्ता तथा मोडेल सोनी राजभण्डारीले शो स्टप गर्नु भएको थियो।
युएनएले खेलकुद, प्रतिभाको खोजी, सांस्कृतिक कार्यक्रम, हिज्जे मौरी र अन्य थुप्रै कार्यक्रमहरु आयोजना र सम्पन्न गरेको थियो जसमा युवाहरुले आफ्नो प्रतिभा देखाउन सकुन। सम्पूर्ण सम्मेलन पासांग लामाको नेतृत्व र बिएन पन्तको संयोजकत्वमा सम्पन भएको थियो।
रायन कार्की संयोजक, युएनए सांस्कृतिक तथा फेसन बिभाग