नेपाली अमेरिकन दोश्रो सम्मेलनबारे अन्तरक्रिया : कुलमान घिसिङ्ग प्रमुख अतिथी

डालस, जुन ११, आइतबार । आज नेपाली समाज टेक्सासको सभा कक्षमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । डालसमा यहि महिनाको अन्त्यमा एफवान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन कसरी भब्य र सभ्य रुपमा सम्पन गर्न सकिन्छ र केकस्ता अतिरिक्त कार्यक्रमहरु गर्दा युवा र नेपाली समुदाय लाभान्वित हुनसक्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो । सम्मेलन तयारी समितिका संयोजक तथा नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले अन्तरक्रियाको शुरुवात गर्दै सम्मेलनको उद्देश्य र समुदायको अपेक्षा बारे आफ्नो धारणा र अहिले सम्म भैरहेका गतिबिधि बारे जानकारी गराउनु भएको थियो ।

कुलमान घिसिङ्ग प्रमुख अतिथि
संयोजक कमल सत्यालका अनुसार उक्त कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग आउने हुनु भएको छ । लामो समय देखि नेपाल अधिराज्यभरि जारी बिधुतभार कटौती बन्द गरेर वाहिवाही पाउन सफल घिसिङ्गको उपस्थितिले सम्मेलन फलदायी हुने समेत आयोजकहरुको अपेक्षा छ । त्यस्तै यो सम्मेलन युवाहरुद्वारा, युवाहरुको लागि र युवाहरुमा नै समर्पित रहेकोले खेलकुद, हिज्जे प्रतियोगिता, बक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता लगायत कार्यक्रमहरु राखिएका छन् । खेलकुदहरुमा फुटबल, भलिबल. गल्फ, बास्केटबल लगायत छन् ।

18517934_849639695189424_6788731840541466108_o

उद्घाटन तथा अन्य सामाजिक फोरमहरुमा निशुल्क प्रवेश पाइने
सत्यालका अनुसार उद्घाटन जुन ३०मा हुनेछ । उद्घाटन समारोह, सामाजिक फोरमहरु, बालबालिकाका कार्यक्रमहरु निसुल्क प्रवेशको व्यवस्था गरिएको छ । मनोरंजन र फेसन शोमा मात्र शुल्क तिर्नु पर्नेछ भने एफ वान ग्रुपको आयोजनामा सम्मेलन हुन लागेकोले एफ वान स्टाटस भएकाहरुलाई आधा सुल्क छुट दिइएको छ । डिजे नाइटको टिकेट शुल्क जम्मा १० रहेको छ । अन्य कार्यक्रमहरुको बिस्तृत आउने क्रम जारी छ ।

 उक्त अबसरमा डालस वरपरका पत्रकारहरु, सामाजिक संस्थाका प्रमुखहरु, सम्मेलन संचालन गर्न निर्मित बिभिन्न फाँटका संयोजकहरु र सर्बसाधारणहरुको समेत उपस्थिति थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907