चार डिजेले दुइ दिन डालसमा धुम मच्चाउने

युनाइटेड नेपालीज एसोसिएसनको आगामी सप्ताहान्तमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। यसमा खेलकुद, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट शो, स्थानीय संघ संस्थाहरुसंगको अन्तरक्रिया, स्थानिय स्वयंसेवी संस्थाहरुका कार्यक्रमहरु, उत्प्रेरक प्रबचनहरु लगायत थुप्रै गतिला कार्यक्रमहरु आयोजना गरिएका छन्। दुवै दिन हुने सम्पूर्ण कार्यक्रमको समाप्ति पश्चात दिनलाई मैजारो गर्न र त्यो दिनभरका थकाइ बिर्साउन अमेरिकामा नेपालीबीच सर्बाधिक चर्चित रहेका चार चार जना डिजेहरु लाइनमा छन्। यी दुइ साँझ चार डिजेको साथमा डालस झुम्ने छ।
11
धेरैलाई लाग्न सक्छ, डिजे काम सजिलो हो। यो त खालि दुइचार वटा गीत जम्मा पार्ने र ठुलो ठुलो अवाजमा बजाउने काम मात्र हो। तर यसको बास्तविकता जान्ने हो  भने डिजे गर्ने काम त्यति सजिलो छैन। यसको लागि सबभन्दा पहिले डिजेले उपस्थित दर्शक हेर्नु पर्छ। उनीहरुको मूड र चाहना बुझेन भने उसले भिडको चाहना अनुसारको गीत  बजाउन  सक्दैन। त्यसपछि मिक्सिंगको कुरा आउंछ। गीतको ताल र संगीतलाइ राम्रो मिक्सिंग गर्नु पर्छ। राम्रो मिक्सिंग भयो भने मात्र त्यहाँ बाट राम्रो म्युजिक निस्किन्छ। त्यसमा नाचू नाचू लाग्ने संगीत मात्र होइन त्यसले तपाईंको मस्तिस्कमा पनि सकारात्मक सांगीतिक प्रभाव पार्छ। कुनै कुनै म्युजिक दिक्क लाग्दो हुनुको कारण पनि मिक्सिंगमा बाजा वा आवस्यक पर्ने सुमधुर संगीतको कमीले हो। तर युएनए सम्मेलनको यो डिजे प्रस्तुतिमा रहेका यी चार डिजेहरु त्यो सब कुरा बुझेका र सबैलाई आनन्द सहित मन्त्रमुग्ध पार्दै नचाउन सक्ने खालका छन्। अब हेरौं सुत्न जानु अघि हामीलाई मनोरंजन दिने डिजेहरु :
डिजे प्रशान्त 
डिजे प्रशान्त अमेरिकाको नेपाली समाजमा सर्बाधिक चर्चित नाम हो। उनले डालस लगायत न्युयोर्क, बाल्टिमोर, लस एञ्जलस, सान फ्रान्सिस्को शहरमा आफ्नो डिजे कलाको जादु देखाइसकेका छन्। २००५ देखि अर्थात् बिगत १२ बर्ष देखि प्रशान्तले डिजे मार्फत धेरै नेपाली, भारतीय, पाकिस्तानीहरुलाइ पनि मनोरंजन प्रदान गरेका छन्। सादा र परिश्रमी व्यक्तित्वका धनी प्रशान्तको मिक्सिंगको कला अद्भुत छ। फलस्वरूप उनले धेरैलाई तालिम दिएका छन् र नयाँ डिजे उत्पादन गरेका छन्। यो दुइ दिन बिगतमा भन्दा बढी रमाइलो प्रदान गर्न उनी सम्पूर्ण तयारी सकिसकेका छन्।
डिजे मोमो 
मम हामीले अत्यन्त मन पराउने खानाको प्रकार हो। डिजे मम पनि डालस वरपर हुने हरेक कार्यक्रममा देखिने मानिस हुन्। र्याप संगीतलाइ समेत उनी मिक्सिंग गर्छन । गीतलाई आफ्नो तरिकाले पुनर्जन्म दिने गर्छन उनी । मुस्तांग जिल्लाको जोमसोममा जन्मेका डिजे मोमोको बास्तविक नाम भने बिपिन थकाली हो। उनी पनि बिगत १२ बर्ष देखि डालसलाइ कर्म थलो बनाएर सबैलाई मनोरंजन दिंदै आएका छन्। मिठो खानाको लागि चर्चित थकाली परिवारमा जन्मेर आफ्नो सांगीतिक नाम पनि मिठो खानाको परिकार कै राखेका बिपिन युएनए को यो दोश्रो सम्मेलनमा दर्शकहरुलाई सारा दुख पिडा बिर्सेर नचाउन आतुर छन्। आफ्ना सम्पूर्ण फ्यान र सुभचिन्तक लगायत सबैलाइ उनले चुले निम्तो समेत दिएका छन्।
डिजे विश्व
अरु जस्तै डिजे विश्व पनि डालस क्षेत्रमा कार्यरत सक्रिय डिजेको नाम हो । डिजे विश्व लामो समय देखि डालसमा हुने ठुला देखि साना कार्यक्रमहरुमा दर्शकहरुलाई मनोरन्जनको तिर्खा मेटाउने नाम हो । युएनएको दोश्रो सम्मेलनको यो अबसरमा उनले आफ्नो सम्पूर्ण कला प्रस्तुत गर्दैछन्।
डिजे सुशान्त 
त्यस्तै शनिबार र आइतबारका दुइ डिजे नाइटमा डिजे सुशान्तले आफ्नो कला प्रस्तुत गरेर सबैलाई नचाउदैछन। “यो अवसर साँच्चिकै स्मरणीय हुनेछ”, उनी स्पस्ट पार्छन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907