अमेरिकामा ३ लाख १५ हजार नेपाली रहेको तथ्याकं, ४८ हजार अबैधानिक
साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको तथ्याकं संकलन र बिश्लेषणले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक गरेको छ। रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको संयुक्त अध्ययनले यो तथ्यांक सार्वजानिक गरेको हो।
सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, एनसीएएल र यूएनएचसीआरले उपलब्ध गराएको रिपोर्टको आधारमा बिश्लेषण गरेर उक्त संख्या सार्वजानिक गरिएको हो।
रिपोर्टमा सन २०१० मा सेन्सन ब्युरोले गरेको नेपालीहरुको तथ्यांक मापन। होमल्याण्ड सेक्यरीटिले उपलब्ध गराएको सन २०१० देखि सन २०१६ सम्ममा ग्रिनकार्ड पाउने नेपालीहरुको तथ्यांक। स्टेट डिपार्मेन्टले उपलब्ध गराएको सन २०१० पछि नेपालीहरुले पाएको भिसाको तथ्यांक। ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको सन २०१० देखि सन २०१६ सम्म असाइलम अस्कीकृत हुने नेपालीहरुको तथ्यांक। इन्टरनेशनल एनुकेसन एक्सचेन्जले उपलब्ध गराएको सन २०१० देखि २०१६ सम्ममा अमेरिकामा आएका नेपाली बिधार्थीको तथ्यांक। बिश्व बैक र सिडिसीले उपलब्ध गराएको अमेरिकाको जन्म र मृत्युदरका आधारमा उक्त संख्या निकालिएको हो।
सेन्ससले उपलब्ध गराएको सन २००० र सन २०१० को गणना अनुसार अमेरिकामा नेपालीहरुको संख्या १० वर्षमा ५३३% बढेको देखाएको छ। सेन्ससले साउथ एसियन रिसोर्स सेन्टरलाई उपलब्ध गराएको सन २०१४ को अनुमानित नेपालीहरुको सख्या १ लाख १० हजार रहेको छ। यसमा भिजीटर भिसामा आएका नेपाली, अध्यनकालागी आएका नेपाली बिधार्थी र अबैधानिक रुपमा स्थल मार्ग हुँदै अमेरिका भित्रिएका नेपालीहरुको संख्या समावेस गरिएको छैन।
भिजीटर भिसा र स्थलमार्ग हुँदै अमेरिका आएर असाइलमको आवेदन दिने मुख्य मुलुकहरुमा नेपाल ८ औँ स्थानमा रहेको छ। ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको तथ्याकं अनुसार सन २०१० यता प्रतिवर्ष सरदर ११ हजार ७३ नेपालीले असाइलमकालागी आवेदन दिने गरेका छन र तीँ मध्ये सरदर ४ हजार ८ सय ७० असाइलमका लागि हालिएका आवेदनहरु अस्वीकृत हुने गरेका छन्।
सन २०१० देखि सन २०१६ सम्मको असाइलम अस्वीकृत हुनेहरुको औषत संख्या ३४ हजार हो। रिपोर्टमा देखाएको सन २००४ देखिको अनुमानित गणना अनुसार ४८ हजार ६ सय ७० नेपाली अमेरिकामा अबैधानिक वसोवास गरिरहेको देखिन्छ।
होमल्याण्ड सेक्युरीटीको सन २०१० देखि सन २०१६ सम्मको तथ्यांक अनुसार सन २०१२ मा सबैभन्दा बढी १५ हजार ९ सय ८३ नेपालीले असाइलम मार्फत ग्रिनकार्ड पाएको देखाएको छ। सन २०१४ मा १२ हजार ६ सय नेपालीले असाइलम मार्फत ग्रिन कार्ड पाएका थिए। सबैभन्दा कम सन २०१५ मा ५ हजार २ सय २६ नेपालीले असाइलम मार्फत ग्रिन कार्ड पाएका थिए।
सन २०१० देखि २०१६ सम्मामा असाइलम मार्फत ग्रिन कार्ड पाएका नेपाली र उनिहरुको परिवार (सरदरमा २ जना मात्रै) को गणना गर्ने हो भने असाइलम मार्फत मात्रै अमेरिका पुग्ने नेपालीहरुको संख्या १ लाख २७ हजार हुन आउँछ।
त्यस्तै होमल्याण्ड स्यक्युरिटीले उपल्बध गराएको रिपोर्ट अनुसार सन २०१० देखि २०१६ सम्म डिभि लट्रीमार्फत अमेरिका आउने नेपालीहरुको संख्या २६ हजार ८ सय ५९ रहेको छ। जसमध्ये सन २०१४ मात्र सबैभन्दा बढी ६ हजार ८२ नेपाली अमेरिका पुगेका थिए। अमेरिकन नागरिकता लगेका नेपाली र ग्रिन कार्ड प्राप्त गरेका नेपालीका परिवार र नातेदारहरु सन २०१० देखि २०१६ सम्म सरदर प्रतिवर्ष २ हजारका दरले वसाइ सरेको होमल्याण्ड स्यक्युरिटीको तथ्यांकले देखाएको छ। डिभिसँगैसगै यो संख्या जोडने हो भने ४० हजार ७ सय ४० हुन आउँछ।
बिद्यार्थी संख्याका आधारमा अमेरिका अध्यनमा आउने मुलुकमा नेपाल सातौ नम्वरमा रहेको छ। ईन्टरनेशनल एनुकेसन एक्सचेन्जले दिएको तथ्याकं अनुसार सन २०१० देखि सन २०१६ सम्ममा ६५ हजार ९ सय ८३ नेपाली बिद्धार्थीहरु उच्चशिक्षाकालागी अमेरिका पुगेका छन्।
सन २०१० मा सबैभन्दा बढी नेपाली बिद्यार्थी अमेरिका पुगेका थिए। रिपोर्टमा जनाए अनुसा सन २०१० मा १० हजार ३ सय १ नेपाली बिद्यार्थी अमेरिका आएका थिए। यो संख्या प्रतविष १६ प्रतिसतका दरले बढेको इन्टरनेशनल एनुकेसन एक्सचेन्जले देखाएको छ। सन २०१० देखि २०१६ सम्म ६५ हजार ९ सय ८३ नेपाली बिद्यार्थी अमेरिकामा पुगेको देखाएको छ।
बिश्व बैँक र सेन्ससले दिएको तत्थ्याकं अनुसार जन्मदर १३.४२ प्रतिहजार रहेको छ। यसले प्रतिवर्ष सरदर २ सय ८० नेपाली मुलका अमेरिकनहरुको जनसंख्या बृदि भएको देखिन्छ। सन २०१० देखि सन २०१६ सम्मको जम्मा संख्या ३ हजार ४ सय ४३ हुन आउँछ। त्यसैगरि बिश्व बैँक र सेन्ससले मृत्युदर ८.१५ रहेको देखाउछ। यो गणनालाई मापन गर्ने हो भने प्रतिवर्ष १ सय २५ नेपालीहरुको मृत्यु भएको देखाउँछ। सन २०१० देखि २०१६ सम्मको मृत्युसंख्या गणना गर्ने हो भने ८ सय ८४ जना नेपालीको मृत्यु भएको छ।