युलेस नेपाली समुदायको होली र एनआरएन अमेरिकाको चुनावी छेडछाड

आइतबार मार्च १२, युलेस, टेक्सास। नेपालीहरुको रमाइलो पर्ब अमेरिकाको डालस नजिकैको युलेस सिटिमा आज भब्य रुपमा मनाइयो। युलेस स्थित एउटा सानो एरियामा करिब ७० घर नेपालीहरु बस्छन। उक्त समुदायको आफ्नै सानो पार्क छ। त्यसमा बर्षेनी त्यहाँका नेपालीहरुले होलीको अबसरमा कार्यक्रम आयोजना गर्दै आएका छन र यसपाली पनि होली आयोजना आज गरेका थिए। सक्रिय नेपालीहरु रहेको उक्त क्षेत्रमा गर्ने गरिएको उक्त होली चौपट्टै रमाइलो हुने गर्छ र यसपाली पनि त्यस्तै भयो। निशुल्क मिठो भोजन र तातो चिया समेत उपलब्ध हुने उक्त अबसरमा टाढा टाढाबाट रमाइलो गर्न नेपालीहरु जम्मा भएका थिए।उनीहरुलाई सेवा गर्न सो क्षेत्रका स्वयंसेवकहरु टिका पौडेल, दिनानाथ न्यौपाने, बासु श्रेष्ठ, छबि चापागाईं व्यस्त हुनुहुन्थ्यो भने हरि थापा र उहाँको टीम नेपाली परम्परागत पन्चे बाजा लिएर मैदानमा उपस्थित थियो ।

एनआरएनको निर्बाचनको माहोल रहेकोले टेक्सासबाट अध्यक्ष पदका प्रत्यासी गौरी जोशी र राम पोख्रेल पनि सहभागी थिए भने नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने लगायत डालस वरपर रहेका नेपालीहरुका संस्थाका नेतृत्वमा रहेका व्यक्तित्वहरु समेत उपस्थित थिए। अन्य चाडबाडमा त्यति खुलेर अघि नसर्ने युबाहरु समेत होलीको यो अबसरमा खुलेर भाग लिएर होलीको मजा लिएका थिए। एकातिर युबाहरु र संगीत प्रेमीहरु नाच्न झुम्मिएका थिए भने एनआरएनका उम्मेदवारहरु, तिनका समर्थकहरु र अन्य स्थानीय समाजसेवीहरु चुनावी प्रक्रियाको जोड घटाउमा व्यस्त थिए। करिब ५ सय भन्दा बढी सहभागी उक्त होली मौसमको अनुकुल्ताका कारणले पनि औधि रमाइलो भएको थियो ।

रमाइलो गर्न गएका बीच छेडछाड

चुनावी माहोल भएकोले र त्यहाँ हरेक उम्मेद्वारहरुका मतदाता रहेकोले एक अर्का बीच सौहार्दपूर्ण छेडछाड भएको थियो । टेक्सास मै दुइ जना उम्मेदवार रहेकोले यस्तो छेडछाडको परिस्थिति सिर्जना भएको थियो। स्वतन्त्र हुनुपर्ने संस्थाहरुले एक वा अर्को व्यक्तिको पक्षपोषणमा लागेको आरोप प्रत्यारोप समेत उक्त अबसरमा चलेको थियो। बिशेष गरी डालसमा सक्रिय केहि संस्थाहरुका जिम्मेवार व्यक्तिहरु एक वा अर्को पक्षमा खुलेर लागेको आरोप त्यहाँ लगाइएको थियो । आरोपित संस्थाहरु बिसुद्ध सामाजिक संस्था भएको अबस्थामा व्यक्तिगत रुपमा जो सुकैलाई समर्थन गर्न उनीहरु स्वतन्त्र भए पनि संस्था नै एकातिर लाग्न हुन्न र त्यसो गरेमा एकढिक्का डालसको नेपाली समाजमा समस्या पैदा हुन सक्छ भनेर धेरैले चिन्ता व्यक्त गरेका थिए । यस्तो आम मानिसहरुको धारणा रहेको अबस्थामा सम्पूर्ण संस्थाहरुले आफ्नो स्वतन्त्र छबि कायम गर्न जनमानसमा किन र कसरी त्यस्तो पर्न गयो भन्ने बारेमा छलफल गर्न जरुरी समेत देखिएको छ । एक दुइजनाको हित वा अहितको लागि समाज सम्पूर्ण रुपमा सती जानु हुन्न भन्ने स्पस्ट जनमत छ । यस्ता चुनाव आउने जाने गरिरहने अबस्थामा सामाजिक एकताको सट्टामा कुनै उम्मेदवारको विजय वा पराजयले कुनै मुल्य राख्दैन भन्ने बुझ्न सबैले जरुरी छ ।

छेडछाड र गफगाफकै क्रममा अध्यक्षका प्रत्यासी गौरी राज जोशी अध्यक्ष पदको उम्मेदवार हुन नपाउने धारणा पनि कतिपयले व्यक्त गरेका थिए भने कतिपयले उक्त कुरा पहिल्यै छर्लंग भैसकेको र उहाँ उठ्न पाउनु हुन्छ भन्नेमा कुनै दुबिधा नरहेको स्पस्ट गरेका थिए। उम्मेदवार बनाउने क्रममा भैरहेको पैसाको चलखेलबारे समेत टिका टिप्पणी कतिपयले गरेका थिए भने चाहना भएका तर सदस्यता शुल्क तिर्न अप्ठेरोमा रहेकालाइ बिना शर्त सदस्य बनाइदिनुलाइ अन्यथा लिनु हुन्न भन्नेहरु पनि त्यहाँ देखिए । यसरी होलीमय माहोल राजनीतिक समेत बन्न पुगेको थियो ।

सोहि अबसरमा अध्यक्ष पदका प्रत्यासी राम पोख्रेल र गौरी जोशी संगै बसेर फोटो खिचाएका थिए । यो टेक्सास मिलेर अघि बढ्छ भन्ने संदेश हो भन्ने कुरा पनि त्यहाँ व्यक्त गरिएको थियो। जे होस् दुवै जना योग्य रहेको अबस्थामा समाजले विचारपुर्बक मिल्न दावाव दिन शुरु गर्नु पर्छ। ३ दिन पछि बन्द हुने सदस्यता वितरणको अबधि सकिए पछि को कति पानीमा छ भन्ने थाहा हुनेछ। आफ्नो खुट्टीको तागत थाहा पाए पछि धेरै जना आफ्नो साइजमा आफै आउने अपेक्षा पनि धेरैको छ । त्यसैले कसको के हुन्छ भन्ने थाहा पाउन मार्च १५ को दिन सकिनै पर्ने देखिन्छ।

होलीको अबसरमा देखिएका रमाइला दृश्यहरु मेरो कम गुणस्तरको क्यामेराले यसरी कैद गरेको थियो:

2 3 4 5 6 7 8 9 10 11 12 13 14 181

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907