US AND NEPAL
MENU
काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘परिवर्तनका लागि पदयात्रा’ नारासहित आज ललितपुरमा पदयात्रा गरियो ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस), फ्रिडम फोरम, रेस्टलेस, एन्टेना फाउन्डेसन, सिविनलगायत सामाजिक सङ्घसंस्थाको पहलमा आयोजित सो पदयात्रामा मुख्यरुपमा पुरुषहरुको सहभागिता थियो । ‘महिलाका लागि पुरुष’ लेखिएका प्लेकार्डसहित जाउलाखेलबाट सुरु भएको सो पदयात्रा मानभवन, कुमारीपाटी, लगनखेल हुँदै पाटन मङ्गलबजारमा पुगेर समापन भएको थियो ।
पुरुषसँगको सहकार्य र उनीहरुसँगको हातेमालो बिना महिला अधिकार प्राप्त हुन नसक्ने अनुभव गरी आजैदेखि ‘महिलाका लागि पुरुष’ अभियान सुरु गर्न लागिएको आयोजक संस्थाहरुले जनाएका छन् ।
समापन समारोहमा नेवापसका उपाध्यक्ष सुबोध गौतम, सिविनका माधव प्रधान, फ्रिडम फोरमका अध्यक्ष हरिबिनोद अधिकारी लगायतले महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भए पनि व्यवहारमा नेपाली महिलाले अनेक समस्या र पीडाबाट गुज्रनु परेको चर्चा गर्दै चेतनामूलक अभियान सञ्चालनमा सरकार र सामाजिक सङ्घसंस्था निरन्तर क्रियाशील रहनु आवश्यक छ भन्नुभयो ।
महिला समानताका लागि महिलाका मात्रै आवाज र अभियान अपूर्ण रहेकाले महिला समानता र सामाजिक न्याय कायम गर्न आजैदेखि अभियान सञ्चालन गर्न लागिएको नेवापसका कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिनुभयो । रासस (तस्बिर संलग्न छ)
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…
डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…