ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

डालस, मार्च ४, शनिबार। स्वास प्रस्वास र रगत हामी जीवित रहनको लागि आबस्यक पर्ने सबभन्दा महत्वपूर्ण तत्वहरु हुन्। स्वास प्रस्वासमा हाम्रो कुनै नियन्त्रण छैन। रगतमा भने हाम्रो अलिकति नियन्त्रण छ। रगतको अभाव भएका मान्छेहरुलाई अर्को मान्छेको रगत दिन सकिन्छ। त्यसबाट उक्त मान्छेको ज्यान बच्छ। यसलाई रक्तदान भनिन्छ। अहिले संसारमा हरेक दिन करोडौं युनिट रगतको आबस्यकता छ। त्यसको लागि रगत दिने मान्छेहरुको पनि आबस्यकता छ। दिएको रगत लामो समयसम्म भण्डारण गर्न पनि सकिन्न। उचित सम्पूर्ण अवस्था रहेको अबस्थामा ४२ दिन सम्म रगत अर्को व्यक्तिलाई काम लाग्ने हुन्छ । त्यसपछि त्यो रगत फाल्नु पर्ने हुन्छ।

यस्तो जीवनदान दिन सकिने रगतको अभावलाई थोरै भए पनि पुरा गर्न सकिन्छ कि भनेर नेपालीहरुले अमेरिकाको आफु बस्ने समुदायलाई केहि सेवा गर्ने उद्देस्यले “ब्लड डोनर्स अफ अमेरिका” भन्ने बिसुद्ध समाजसेवी संस्था खोलेर बिगत ७/८ बर्ष देखि रक्तदान कार्यक्रमहरु संचालन गर्दै आएका छन्। त्यो संस्थाका टेक्सासमा धेरै सदस्यहरु छन्। टेक्सासमा एउटा राज्य समिति पनि छ। उक्त राज्य समितिमा बासु श्रेष्ठ संयोजक हुनुन्थ्यो। आज उहाँले आफ्नो पदभार नयाँ समितिलाई हस्तान्तरण गर्ने बिशेष कार्यक्रम थियो।नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्रको हलमा सो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरियो। गन्हाउने राजनीति गर्ने, गन्हाउने रक्सी खाने र तास खेल्ने ठाउँहरुमा ज्यु ज्यान छोडेर झुम्मिने ठुलो जमात त्यहाँ नभए पनि समाजमा केहि गरौँ भने सोंच भएका व्यक्तिहरुको त्यहाँ उपस्थिति थियो।

कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा मुख्य अतिथि डाक्टर नन्द रेग्मीले रगत दिनु कति आबस्यक छ र कति फाइदाजनक छ भन्ने कुरा मिठो भाषामा बुझाउनु भएको थियो। रगतले अरुको ज्यान जोगाउने मात्र गर्दैन, कहिले काँही समयमै तपाईंको रगतमा रहेको अनाबस्यक तत्व रहेको जानकारी गराउंदा रगत दिनेलाई पनि जीवनदान दिन सक्ने कुरा उहाँले स्पस्ट पार्नु भयो। नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछाने अतिथी रहेको उक्त समारोहमा बोल्दै अध्यक्ष लामिछानेले बिडीए लाइ आबस्यक सबै कुरा सहयोग गर्न नेपाली समाज टेक्सास तयार रहेको कुरा स्पस्ट पार्नु भएको थियो। निबर्तमान बिडीए टेक्सास संयोजक बासु श्रेष्ठले आफ्नो कार्यकालमा भएका काम, समुदायको सहयोगको लागि मुक्तकण्ठले प्रशंशा गर्दै आउने कार्यसमितिलाई पनि त्यस्तै सहयोग जारी रहने विश्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा वर्तमान संयोजक तथा पुरानो समितिका कोशाध्यक्ष शिव काफ्लेले टेक्सास च्याप्टरले गरेका आर्थिक गतिविधिको विवरण समेत पेश गर्नु भएको थियो भने सो अबधिमा आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै आगामी कार्यकालमा समुदायको सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रमको संचालन इरा आचार्यले कुशलतापुर्बक गर्नु भएको थियो।

उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो। लबक टेक्सासबाट आउनु भएका रेशम घर्ति, पत्रकार केदार तिम्सिना, अनकनको तर्फबाट प्रकाश गौतम, भास्तिकाको तर्फबाट बसन्त पन्त आदिलाई सम्मान प्रदान गरियो। कार्यक्रममा राधाकृष्ण काफ्ले, डाक्टर संजिव श्रेष्ठ, तारा भुसाल, विजय भट्टराई, विकास राज न्यौपाने, बिष्णु नेपाल, बादल भुजेल, हरिबोल भण्डारी, प्रकाश गौतम, बलराम पौडेल आदिले जाँदै गरेको समितिलाई धन्यवाद दिनुको साथै शिव काफ्लेको संयोजकत्वमा गठित नयाँ समितिलाई शुभकामना दिनुभएको थियो। सो  अवसरका केहि तस्विरहरु :

a b c d e f g h i  k l m n o p r s

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907