US AND NEPAL
MENU
दमक (झापा), २१ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताउनुभएको छ ।
संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने जनाउनुभयो ।
“यो पृथ्वीनारायण शाहपछिको आधुनिक नेपाल एकीकरण अभियानको भाग–२ हो । राष्ट्रघातविरुद्धको अभियान पनि हो । यसमा कसैले चित्त नबुझे हाम्रो सभा भएको भोलिपल्ट त्योभन्दा ठूला कार्यक्रम गरेर आफ्ना कुरा जनतालाई भन्दा हुन्छ”– उहाँले भन्नुभयो, “मधेसी मोर्चा र मधेसका मुद्दा एकै सिक्काका दुई पाटा होइनन् । हामी मोर्चाले अघि सारेको संविधान संशोधनको मुद्दामा सहमत छैनौँ ।”
मोर्चाका कार्यकर्ताले आफ्ना सप्तरीका जिल्ला नेता प्रतापनारायण चौधरी र शम्भु यादवलाई शुक्रबार अभद्र व्यवहार गरेको एमालेको आरोप छ ।
उहाँले अभियानलाई सुरक्षा दिने काम सरकारको भएको भन्दै यसमा कुनै अवाञ्छित क्रियाकलाप भए मानवअधिकार उल्लङ्घनको रुपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनका लागि आग्रह पनि गरिएको जानकारी दिनुभयो ।
उहाँले आज झापाका कार्यक्रममा करिब डेढ लाखको उत्साहजनक सहभागिता रहेको पनि बताउनुभयो । यसैबीच, शुक्रबार केन्द्रीय कमिटीमा मनोनित विभिन्न २१ केन्द्रीय सदस्यको आज साँझ बस्ने स्थायी कमिटीको बैठकमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…
डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…