सिरियामा शान्ति वार्ताको तयारीका लागि मध्यस्थकर्ताहरुको बैठक हुँदै
जेनेभा, १० फागुन । संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्ति वार्ताका लागि काम भइरहेको जनाएको छ ।
सो संस्थाले उक्त वार्ताका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थतालगायतका बारेमा तयारी भएको जनाएको हो ।
सिरियामा शान्ति वार्ताको तयारी भएको छ । यसका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थकर्ताहरुको बैठक बस्ने भएको छ ।
सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरु आउने भएका छन् । सिरियाका लागि राष्ट्रसङ्घीय विशेष दूतले सो जानकारी दिएका छन् ।
विशेष दूत माइकल कन्टेटले भन्नुभयो– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरु आउने क्रम सुरु भएको छ । यसका लागि राष्ट्रसङ्घको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
मङ्गलबार जेनेभामा आयोजना गरिएको पत्रकार सम्मेलनमा विशेष दूत माइकेलले सो जानकारी दिँदै शान्ति वार्ताको अगाडि उक्त वार्ताका मध्यस्थकर्ताहरुको एक बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको यस बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसङ्घले जनाएको छ ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसङ्घीय मध्यस्थकर्ताहरुको बैठक करिब १० महिना पछि बस्न लागेको हो । उता सिरियामा हिंसा भने रोकिएको छैन ।
सिरियामा जारी रहेको सो हिंसाका क्रममा करिब ४ लाख नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।
पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पु¥याउन भने सकिएको छैन ।
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्काे शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ । रासस÷सिन्ह्वा