तानाशाहहरु प्रेसको मुख बन्द गरेर नै आफ्नो यात्रा शुरुवात गर्छन : जोन मेकेन
डोनाल्ड ट्रंपले रास्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको एक महिना पुग्न लागेको छ। उनका कतिपय निर्णयहरु र भनाइहरुले उनि कतै तानासाही हुने बाटोमा त छैनन् भन्ने प्रश्न जन्माएको छ। उनको अभिव्यक्ति मात्र होइन उनका क्रियाकलाप समेत त्यता तर्फ निर्देशित देखिन्छन। स्वदेशमा मात्र होइन अरु देशहरुसंग समेत युद्ध नजिकिंदै गएको प्रतित हुन थालेको छ। संसारमा थुप्रै देशहरु यस्ता छन् जसले आफ्नो छिमेकीहरुलाई दुश्मन देख्छन। बिस्व शक्ति अमेरिकाको आन्तरिक प्रजातन्त्रले अन्य देशहरुलाई समेत प्रजातान्त्रिक बन्न प्रेरित मात्र होइन दवाव समेत सिर्जना गरेको थियो। तर लाग्छ, त्यो समय (इरा) समाप्त हुँदैछ। अमेरिका जस्तो देशको शक्तिको दुरुपयोग भयो भने संसारमा ठुला युद्दहरुको सम्भावना बढेर जान्छ। साम्राज्यबादी देशहरुलाई कमसेकम अन्तररास्ट्रिय दवाव थियो ।
ट्रंपको यहि गतिबिधिबाट डेमोक्र्याटमात्र होइन रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरु समेत चिन्तित हुन थालेका छन्। एरिजोना राज्यबाट सिनेटमा प्रतिनिधित्व गरेका तथा पूर्व रास्ट्रपतिका उम्मेदवार जोन मेकेनले मेडिया माथि ट्रंपले गरेको लगातार हमला प्रति इंगित गर्दै “यसरी नै तानासाहहरुले शुरु गर्छन” भनेर ट्रंप तानासाही तर्फ उन्मुख भएको विचार व्यक्त गरेका छन्। एनबिसी न्युजका लागि चुक टडसंग मिट द प्रेस कार्यक्रममा बोल्दै सिनेटर मेकेनले प्रेस आफुलाई पनि मन नपर्ने तर प्रजातन्त्रको लागि मेडिया नभई नहुने बताएका छन्। शुक्रबार मात्र रास्ट्रपति ट्रंपले “फेक न्युज” भन्दै न्यु योर्क टाइम्स, एनबिसी न्युज, एबिसी न्युज, सिबिएस र सिएनएन जस्ता मुख्य धारका प्रभावशाली मेडियाहरुलाई अमेरिकी जनताको दुश्मन भएको ट्विट गरेका थिए। सोहि प्रसंगमा सोधिएको प्रश्नमा मेकेनले उक्त अभिव्यक्ति दिएका छन्।
के ट्रंप तानासाह बन्न सक्छन ??
शक्ति सन्तुलनको अहिलेको संरचना भत्केन भने वा नभत्काई ट्रंप तानासाह हुन सक्दैनन। उनि त्यता तर्फ अग्रसर बने भने व्यबस्थापिकाले उनलाई हटाउन सक्छ। तर त्यो दिन सम्म पुग्दासम्म हुन सक्ने क्षति भने अमेरिकाको लागि दुर्भाग्यपूर्ण हुन सक्छ। बिशेष गरी अमेरिकामा अहिले अन्तरिक ध्रुविकरण तिब्र रुपमा बढेको छ। आप्रबासी, धार्मिक अल्पसंख्यक, जातिय अल्पसंख्यकहरु रक्षात्मक अनुभव गरिरहेको अवस्था छ। उनको त्यहि व्यवहारका कारण उनलाई केहि दिन हेर्ने धैर्यता पनि देखिएन। उनले पदभार ग्रहण गर्दै गर्दा हज्जारौंले अमेरिकाभर बिरोध प्रदर्शन गरे। अहिले पनि त्यो जारी छ। शुक्रबार अर्थात् फेब्रुअरी १७ का दिनलाई अमेरिकाभरका ल्याटिनोहरुले “आप्रबासी बिनाको एक दिन” भन्दै आफ्ना ब्यबसाय बन्द गरे, काममा गएनन् र स्कुल बन्द गरे। आगामी मार्च ८ को अन्तररास्ट्रिय महिला दिवसको अबसरमा फेरी “महिला बिनाको एक दिन” भनेर महिलाहरुले अमेरिका ब्यापी आम हड्ताल आयोजना गरेका छन् । यस्ता कुराहरुले पनि ट्रंपको तानासाही तर्फ हुन सक्ने तिब्र यात्राको गति कम गर्न सक्छ। २०१८मा हुने मध्यावधि चुनावमा डेमोक्र्याटहरुले राम्रो प्रदर्शन गर्न सके भने फेरी ट्रंपलाइ रोक्ने अर्को अस्त्र तयार हुनसक्छ।
अन्तररास्ट्रिय क्षेत्रमा ट्रंप प्रशासनको संदेश
सरसर्ती हेर्दा ट्रंप प्रशासनले कुनै नीति तयार गरे जस्तो लाग्दैन । ट्रंपको प्रशासनका अन्य व्यक्तिहरु ट्रंपको ट्विट अनुसार बिदेस नीतिको बचाउ गरिरहेको देखिन्छ । आन्तरिक रुपमा सम्पूर्ण टीम तयार नभएको र पुर्ब प्रशासनको साथ् र सहयोग लिन ट्रंप प्रशासन असफल भए पछि बिदेस नीतिमा भद्रगोलको स्थिति सिर्जना भएको छ। स्पस्ट बैदेशिक नीति तयार गरेर त्यसैबाट निर्देशित हुनु पर्नेमा मनपरी बोलेर त्यसैलाई नीतिको रुपमा ब्याख्या गर्नु पर्ने अबस्थाले धेरैलाई चिन्तित तुल्याएको छ। त्यसमाथि ट्रंपको नीति पहिलेका रास्ट्रपतिहरुले अंगालेका भन्दा भिन्न छन्। रसियामाथि ट्रंप नरम हुँदै आएका छन् भने इरान माथि कडा व्यवहार गर्नु पर्ने उनको भनाइ छ। संयुक्त राष्ट्रसंघमाथि प्रभाव बढाउनु पर्ने ट्रंपको चाहनाले संयुक्त राष्ट्रसंघको भविस्यको नीतिमाथि पनि आशंका बढेको छ। युरोपियन युनियन प्रतिको ट्रंपको नीति रुचाइएको छैन । चीनसंगको सम्बन्धमा समेत चिसो बढ्ने र व्यापार युद्ध हुन सक्ने खतरा महशुश गरिएको छ। साउथ चाइना समुद्रमा चीनलाइ रोक्न अमेरिकाले निगरानी शुरु गरेको समाचार आएको छ जसले एसिया क्षेत्रमा तनाव बढ्न सक्ने अवस्था सिर्जना भएको छ।
जे होस् अमेरिकामा ट्रंपको उदय संगै संसारको सन्तुलन खल्बलिने निश्चित छ। तर यो सकारात्मक नकारात्मक दुवै हुन सक्छ। आतंकबादी सिद्ध्याउने ट्रंपको उद्घोष र सिरियामा जमिनमा अमेरिकी सेना पठाउने तयारी भैरहेको समाचार संगसंगै अमेरिका फेरी अर्को लामो युद्धमा फस्न लागेको प्रतित हुँदैछ। इरानसंगको बढ्दो तनाव, उत्तर कोरियाको व्यवहार, रसियाको बिस्तारबादी रबैयाका बीच अस्थिर र हचुवामा निर्णय गर्ने ट्रंपको रबैया देख्दा संसार नयाँ खाले र खतरनाक द्वन्द तर्फ उन्मुख भएको स्पस्ट संकेत देखिएको विश्लेषकहरुले चेतावनी दिइसकेका छन्।