क्यालिफोर्नियाको ओरोभिल बाँध भत्किने खतरा: करिब दुइलाख बासिन्दालाई आकस्मिक उद्धार
फेब्रुअरी १३, क्यालिफोर्निया, अमेरिका । क्यालिफोर्नियाको ओरोभिल सहरस्थित ओरोभिल बाँधबाट पानी पोखिएर हज्जारौं बासिन्दा प्रभावित भएका छन् । अमेरिकाको सबभन्दा अग्लो स्थानमा रहेको उक्त बाँधले क्यालिफोर्निया राज्यको दोश्रो ठुलो मानब निर्मित तालको निर्माण गरेको छ । उक्त मानब निर्मित तालमा दुइवटा बढी भएको पानी बग्ने स्थान बनाइएको छ तर यति बेला यी दुबैमा समस्या देखिएको छ र अहिले बिस्तारै पानी बगिरहेको तर उक्त पानीको कारणले पहिरो गएर कुनै पनि बेला ती निर्माणहरु फुट्ने सम्भावना छ। त्यहि अनुमानका साथ जनधनको क्षति रोक्न क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले आकस्मिक उद्धारको घोषणा गर्दै प्रभावित क्षेत्र खालि गर्न आदेश दिएका छन् । बट काउन्टीबाट ३५,०००, युवा काउन्टीबाट ६५,०००, युवा सिटिबाट ७५,००० र मेरिस्भिल सिटिबाट १२,००० बासिन्दालाई उद्धार गरिएको छ ।
शनिबार रातिसम्म तालको पानीको लेभल क्षमता भन्दा बढी भएको थियो भने अहिले बिस्तारै घटिरहेको र खतरा कम हुँदै गएको जनाइएको छ तर सतर्कताको लागि बासिन्दाहरुलाई फर्किन प्रतिबन्ध नै लगाइएको छ । बुधबार आंधी आउने अड्कल गरिएको हुनाले अरु बढी सतर्कता अपनाइएको छ ।
के हो ओरोभिल ताल र बाँध ?
यो वरिपरिबाट माटोले पुरेर बाँध निर्माण गरि पानी जम्मा पारेर ताल बनाइएको हो । फिदर नदिको पानीलाई थुनेर उक्त ताल बनाइएको छ । बाँधको उचाइ ७७० फिट अर्थात् २३० मिटर छ । यो बाँधबाट नियन्त्रित रुपमा बगाइने पानी खानेपानीको रुपमा, बिजुली निकाल्न प्रयोग गरिन्छ भने बाँधले बाढी नियन्त्रणको समेत काम गर्दछ । सन् १९६१ मा निर्माण शुरु गरेर १९६८ मा सम्पन्न भएको यो बाँधले ३.५ मिलियन एकर-फिट पानी संचित गर्न सक्छ । यो बाँध माटोले बनेको छ र ठुलो वर्षा र नदीको प्रबाह बढ्यो भने बाँध वरिपरिका बस्ति बगाउने सम्भावना छ । यहि खतरालाई ध्यानमा राखेर २००५ मा बाताबरणबादी ३ वटा समुहले संघिय सरकारसंग उक्त बाँधको पानीको बहाव हुने आउटलेट पक्कि गर्नु पर्ने माग गर्दै उजुरी समेत दिएका थिए । अहिले पानीको संचय बिसर्जन भन्दा तिब्र हुन पुग्दा बाँधको बिसर्जन स्थलमा समस्या आइपरेको र पहिरो जाने सम्भावना भएकोले आकस्मिक उद्धार गरिएको हो ।