प्रबासी नेपाली मंच अमेरिका द्वारा पत्रकार सम्मेलन: मार्च ३१-अप्रिल २ दोश्रो अधिबेसन हुने

डालस, टेक्सास, फेब्रुअरी ५, आइतबार। अमेरिकामा २०१३ मा स्थापित गैर नाफामुखी, गैर राजनीतिक संस्था प्रबाशी नेपाली मंचले आज यहाँ एक बिशेष पत्रकार सम्मेलन सम्पन्न गरेको छ। स्थानीय “सानो नेपाल” भनिने टेम्टेसन रेस्टुरेन्टमा दिउसो १२ बजे देखि आयोजित उक्त कार्यक्रममा डालस वरपर रहेका स्थानीय पत्रकारहरुको उपस्थिति थियो। प्रबाशी नेपाली मंचले आगामी मार्च ३१ देखि अप्रिल २ गते सम्म गर्न लागेको संस्थाको दोश्रो अधिबेशनको प्रचार एबम प्रसार गर्न आयोजित उक्त पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष संजय थापाले प्रमुख आतिथ्यता गर्नु भएको थियो भने दोश्रो अधिबेशन तयारी समितिका प्रचार प्रसार उपसमिति संयोजक कमल ओझाले कार्यक्रममा पत्रकार एबम सबै उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो। अधिबेशनमा प्रमुख अतिथिको रुपमा पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली आउने कुरा समेत जानकारी गराइएको थियो।

प्रबाशी नेपाली मंचलाइ नेपालमा कुनै न कुनै रुपमा नेपालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संग सम्बन्धित व्यक्तिहरु मिलेर बनेको संगठनको रुपमा लिने गरिन्छ। यसबारेमा सोधिएको प्रश्नमा अध्यक्ष थापाले पनि अप्रत्यक्ष रुपमा त्यो कुरा स्वीकार गरे। “हामी कुनै पार्टीसंग आबद्ध छैनौ तर हामी धेरै जसो नेपालमा रहंदा संलग्न थियौं”, संजय थापाले भने। तर नेपाली जनसम्पर्क समितिले जस्तो हामी कांग्रेस पार्टीको बिदेसस्थित संगठन हौं भनेर भन्दैनौं र होइनौ पनि। अरुको देशमा गएर नेपालका पार्टीको नाममा संगठन गर्नु त्यो राष्ट्रप्रतिको हस्तक्षेपको रुपमा आफुले लिएको र जनसम्पर्क समितिलाई पनि त्यसो गर्न सल्लाह दिने गरेको थापाले स्पस्ट पारे। पार्टीको गुटउपगुटको प्रभाव प्रबाशी नेपाली मंचमा नरहेको समेत उनले जिकिर गरे। कार्यक्रममा प्रबाशी नेपाली मंचका विभिन्न राज्यका प्रतिनिधिहरु समेत आएका थिए । संगठनका कोषाध्यक्ष शंकर पन्त, टेक गुरुङ, बुद्धिसागर खत्री, टेकराज पौडेल, गोपाल कंडेल समेतको सहभागिता थियो भने पत्रकारहरु शैलेश आचार्य, रामचन्द्र भट्ट, बिमल बराल, सन्तोष न्यौपाने, ओम भट्टराई, विकास राज न्यौपाने समेतका पत्रकारहरुको उपस्थिति थियो।

1

पत्रकारहरुलाई स्वागत गर्दै प्रचार प्रसार उपसमितिका संयोजक कमल ओझाले तयार गरिराखेको प्रेस बिज्ञप्ति वितरण गर्नुभएको थियो भने आफुले पनि समेत सो बिज्ञप्ति पढेर सुनाउनु भएको थियो। अन्तिममा पत्रकारहरुको प्रस्नको उत्तर दिंदै मंचका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि संजय थापाले बिगत तीन बर्ष सम्म गरेका गतिबिधिहरुको संक्षिप्त चर्चा गर्दै आगामी कार्यसमितिले समुदायमा देखिने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। विभिन्न राज्यका प्रतिनिधि तथा पदेन गरी २०० जना जति प्रतिनिधि मेरिल्याण्डमा जम्मा हुने जनाउंदै सोहि भेलाले आगामी नेतृत्व छान्ने र नयाँ कार्यक्रमहरु पनि लिएर आउने विचार व्यक्त गर्नु भयो। “म आगामी अधिबेशनमा उम्मेदवार हुन्न”, आगामी अधिबेशन पछि मंचमा नयाँ नेत्रत्व आउने आस्वासन दिंदै थापाले सबै साथीहरु एकसेएक योग्य भएकोले म नभई हुन्न भन्ने आफ्नो धारणा नभएको कुरा व्यक्त गर्नु भएको थियो।

2

घोषित रुपमा नेपाली जनसम्पर्क समितिले आफुलाई नेपाली कांग्रेसको बिदेसस्थित आधिकारिक संगठन मान्दै आएको छ । सारमा त्यहि भए पनि प्रबासी नेपाल मंचले भने आधिकारिक रुपमा एमालेको आधिकारिक संगठनको रुपमा आफुलाई प्रस्तुत गर्न सकेको छैन। एनआरएनमा आफ्नो पनि उचित हैसियत रहनु पर्ने दावी गर्दै आएको प्रबासी मंचले आगामी दिनमा पनि सकेसम्म सहमतिमा नै एनआरएनको नेतृत्व चयन गर्ने कुरामा सहयोग गर्ने तर त्यसो नभए पनि आफुले कुनै प्यानल वा उम्मेदवारहरुलाई आफ्नो आधिकारिक उम्मेदवार भनेर नउठाउने धारणा पनि अध्यक्ष थापाले स्पस्ट पार्नु भएको थियो।

“तपाईंहरुको वा अन्य अमेरिकामा राजनीतिक संगठनका नाममा खोलिएका संगठनले नेपालीलाइ संगठित गर्छन वा विभाजित” भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष थापाले सबैको उद्देश्य संगठित गर्ने रहे पनि त्यस्तो नरहेको स्वीकार गर्दै प्रबाशी नेपाली मंचमा भने अरु संगठनमा जस्तो अस्वस्थ परिस्थिति नरहेको दावी गर्नु भएको थियो । “अरु संगठनहरु फेसबुक वा अन्य सामाजिक संजालमा गालीगलौजमा उत्रे पनि हामी त्यसो हुन छुट दिन्नौं, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रबासी नेपाल मन्चमा प्रजातन्त्रको नाममा छाडा हुने छुट छैन”, थापाले स्पस्ट पारेका छन्।

सामान्यतया पत्रकार सम्मेलनहरु चर्काचर्की र आरोप प्रत्यारोपमा टुंगिने गरे पनि पत्रकारहरुको भद्र प्रस्तुति र आयोजकहरुको नियन्त्रित उत्तरहरुले कार्यक्रम अत्यन्त सौहार्दपूर्ण रुपमा सम्पन्न भएको थियो। उक्त अबसरमा वितरित बिज्ञप्ति जस्ताको तस्तै: Click the Image below for the Press Release.

Image

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907