ट्रंपलाइ अदालतको पहिलो धक्का: ७ देशका नागरिक माथि लगाइएको प्रतिबन्ध खारेज
फेब्रुअरी ४। वाशिंगटन स्टेटमा केहि दिन अधि उक्त राज्यका महान्यायाधिबक्ताले ट्रंपले एक हप्ता अघि जारी गरेको आदेशलाइ चुनौती दिंदै अदालतमा मुद्धा दायर गरेका थिए । शुक्रबार राति वाशिंगटन राज्यका संघीय न्यायाधिश जेम्स रोबर्टले रास्ट्रपति ट्रंपको उक्त आदेशलाई संबिधान सम्मत नभएको भन्दै अस्थायी रुपमा खारेज गरिदिएका छन्। “आज देखि सबै कुरा पहिले जस्तै चल्नेछन, भिसा लिएका हरु फेरी अमेरिका आउन पाउनेछन”, न्यायधिबक्ता बब फर्गुसनले भनेका छन्।
अदालतको यो निर्णय संगै ट्रंपको आदेशबाट छाएको अन्योल तत्कालको लागि हटेको छ। बिमानस्थलमा भैरहेको भिडभाड कम हुने छ। ७ वटा देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो। अब उनीहरु आफ्नो भिसा वा ग्रीन कार्ड लिएर अमेरिका आउन पाउनेछन।
अदालतको निर्णय आए पछि व्हाइट हाउसले प्रतिक्रिया दिंदै अदालतको निर्णयको आलोचना गरेको छ। यसबारे छिट्टै अर्को कदम चालिने व्यहोराको बिज्ञप्ति जारी गर्दै रास्ट्रपतिको आदेश अमेरिकी जनताको सुरक्षाको उत्तरदायित्व पुरा गर्न जारी गरिएको जिकिर गरिएको छ। रास्ट्रपति डोनाल्ड ट्रंपले सदा झैं ट्विटरलाइ आफ्नो विचार व्यक्त गर्ने स्थलको रुपमा यसपटक पनि प्रयोग गर्दै अदालत र न्यायाधिशको चर्को आलोचना गरेका छन्। “यो कथित न्यायाधिशको विचार जसले हाम्रो कानुन हाम्रो देशबाट खोस्छ, हास्यास्पद छ र छिट्टै उल्ट्याइने छ”, ट्रंपले आफ्नो ट्विटमा भनेका छन्। त्यस्तै अर्को ट्विटमा भनेका छन् , ” यदि हामीले हाम्रो देशमा को आउन सक्छ र को जान सक्छ भन्ने निर्णय गर्न सक्दैनौं भने यो ठुलो समस्याको कुरा हो”।
अदालतको यो निर्णयको सिनेटमा अल्पमतको नेतृत्व गर्ने चक सुमरले निर्णयको स्वागत गर्दै यसले न्यायको विजय भएको प्रतिक्रिया दिएका छन्। उनि जब यो निर्णय ट्रंपले गरेका थिए, बिरोध कार्यक्रमा संबेदनशिल बनेर रोएका थिए । यो निर्णय पूर्ण रुपमा लागु हुन केहि समय लागे पनि अस्थायी रुपमा यो “बिना तयारी, बिना अध्ययन” जारी गरिएको प्रतिशोधपूर्ण आदेश रद्ध भएको छ र लाखौँ व्यक्तिहरु जो भिसा र ग्रीन कार्ड भएर पनि कुनै एउटा निश्चित देशको भूगोल भित्र बसेकै आधारमा अमेरिका आउन अयोग्य भएको भन्ने निर्णयले एक हप्तामै मृत्युबरण गर्न पुगेको छ।