ट्रंपद्वारा विशेषाधिकार प्रयोग जारी: बन्ने भयो मेक्सिकोको सीमामा पर्खाल
रास्ट्रपतिको सपथ लिएको दोश्रो हप्ता पनि ट्रंप व्यस्त छन् । २० मिलियन अमेरिकीहरुलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको तर कतिपय व्यक्तिहरुको लागि महँगो पर्न गएको भनेर पनि आलोचित ओबमाकेयर उनको पहिलो निशाना बन्यो । त्यसपछि टिपिपि माथि उनले ह्याम्मर चलाए । आज फेरी उनले आफ्नो विशेषाधिकार प्रयोग गरेर अध्यागमनमा तरबार चलाएका छन् । यी तिनै मुद्धा चुनावी अभियानको क्रममा उनले उठाएका प्रमुख मुद्धाहरु हुन् । यी कदम र त्यसले रास्ट्रिय र अन्तररास्ट्रिय क्षेत्रमा अमेरिकालाई कस्तो असर पर्ने हो भन्ने हेर्न त केहि समय कुर्ने पर्ला तर उनले आफुले गरेका बाचा भने पुरा गर्ने बाटोमा अग्रसर भएका छन् ।
बुधबार उनले अध्यागमन विभागका अधिकारीहरुसंग कुरा गरेका छन् । उनले केहि महिना भित्र मेक्सिको संगको सीमामा पर्खाल बनाउन शुरु गर्न आबस्यक आदेश जारी गरेका छन् भने सीमामा कडाई गर्न थप ५ हजार जनशक्ति र गैर कानुनि आप्रबासीहरुलाई उनीहरुकै देश जबर्जस्ति फिर्ता गर्ने आदेश पनि जारी गर्नुका साथै डिपोर्ट गर्न आबस्यक अरु १० हजार जनशक्ति थप्ने आदेश दिएका छन् । यो कदम संगै उनले चुनावी अभियान ताका उठाएका मुख्य मुद्धाहरुमा बिचलित नहुने संदेश दिएका छन् । उनले पर्यावरणको कारण स्थगित भएको र ठुलो बिरोधको सामना गरिरहेको डाकोटा पाइपलाइन पुन संचालन गर्न समेत आदेश जारी गरेका छन् । मुस्लिम देशबाट आउने व्यक्तिहरु रोक्न चाहिने कानुन पनि उनले जारी गर्ने अपेक्षा गरिएको छ ।
यस अघि उनले गर्भपतन गराउन एजेन्सीहरुलाई अमेरिकाले दिइ आएको सहयोग रोक्का गरेका थिए । सुरक्षित गर्भपतन विस्वका धेरै देशहरुमा कानुनि भए पनि अमेरिकामा भने बहस अहिले पनि जारी छ । तर ट्रंपले रिपब्लिकन पार्टीको योजना अनुसार कुनै पनि खालको गर्भ पतनलाइ अस्विकार गर्ने र गर्भपतन गर्ने माथि कानुनि कारबाही गर्ने भएका छन् । टिपिपिबाट बाहिर निस्कने कदम र गर्भपतन बिरुद्ध ट्रंप उभिएपछि नेपाल जस्ता देश समेत प्रभावित हुने भएका छन् जुन अमेरिकी रकमको भरमा संचालित थिए । केहि महिना अघि बराक ओबामाले नेपालका केहि बस्तुहरुलाई भन्सार छुट दिएका थिए भने अब ट्रंपले त्यो सुबिधा नदिने देखिएको छ जसले निर्यातमुखी कतिपय उद्योग समेत बन्द हुने खतरा देखिएको छ ।
उनका यी कदमको चर्को बिरोध शुरु भैसकेको छ । ओबमाकेयरबाट लाभान्वित लाखौँ मानिसहरु बिना बिकल्प हटाइएकोमा क्रुद्ध भएका छन् र सडकमा उत्रेका छन् । त्यस्तै डाकोटा पाइपलाइन बिरुद्ध प्रदर्शन भएको छ भने अध्यागमन सम्बन्धि आदेशको समेत चर्को आलोचना गरिएको छ । उनको महिला प्रतिको खराब रबैयाका कारण सपथ लिएकै भोलिपल्ट महिलाहरुले मार्चपास गरेर हामि चुप लाग्दैनौ भन्ने संदेश दिएका छन् ।
कुनै पनि कदम सबैलाई राम्रो र सबैलाई नराम्रो हुने कुरै भएन । ट्रंपको यी आदेशहरु अहिले सम्म अमेरिकाका धेरै रास्ट्रपतिहरुले लिएको कदम भन्दा धेरै कडा हुन् । खुल्ला बजार र उदारबादी अर्थतन्त्रको नेतृत्व गर्ने अमेरिका आफै खुल्ला बजारबाट पछि हट्नु सामान्य कुरा पक्कै होइन । यसले अमेरिकासंग अरु देशहरुको सम्बन्ध पनि पुनर्परिभाषित हुने देखिन्छ । चीन, रसिया, इजरायल, सिरिया र अरेबियन राष्ट्रहरुसंगको सम्बन्ध पनि ट्रंपको सोंच अनुसार भयो भने पुरै परिबर्तन हुने देखिन्छ । जापान र कोरियासंगको सम्बन्ध, नेटोसंगको सम्बन्ध फेरी परिभाषित हुनेछन् । हेर्दा लाग्छ, ट्रंपको कालमा संसारको ध्रुविकरण नयाँ तरिकाले हुने, नयाँ शक्ति जन्मिने र पुराना शक्तिहरु बिस्थापित हुनसक्ने छन् । संसारको पहरेदारको रुपमा रहेको अमेरिका आफै संसारबाट अलग हुन सक्ने समेत आंकलन गर्न थलिएको छ । राम्रो वा नराम्रो जे भए पनि बिस्व र अमेरिकामा थुप्रै हलचल हुने भने निश्चित देखिन्छ ।