एन आर एन अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न

डालस, जनवरी १४। गैर आबासिय नेपाली संघ अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न भएको छ। निर्धारित बमोजिम बिहान १० बजेबाट कार्यक्रम शुरु भयो। परम्परागत पन्चे बाजाको मिठो स्वादबाट शुरु भएको उक्त उदघाटन कार्यक्रममा नेपाली समाज टेक्सास, इन्द्रेणी सांस्कृतिक संघ, नेवा युनाइटेड, डालस एभरेस्ट लायन्स क्लब लगायत स्थानीय संघ संस्थाहरुको झाँकी प्रस्तुत गरिएको थियो। त्यसपछि नेपाल सरकारका पररास्ट्रमन्त्रि डाक्टर प्रकाश शरण महतले पानसमा बत्ति बालेर उदघाटन गर्नु भएको थियो। कार्यक्रममा गैर आबासिय नेपाली संघ अन्तररास्ट्रीय समन्वय समितिका उपाध्यक्ष कुमार पन्त जर्मनीबाट आइपुग्नु भएको थियो भने वाशिंगटन स्थित अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीको पनि उपस्थिति थियो।

उदघाटन कार्यक्रममा बोल्ने सबैले सभाको सफलताको कामना गरे। मन्त्रि महतले पनि त्यो औपचारिकता पुरा गर्दै नेपालमा भैरहेको समस्याहरुलाई सजिलो संग प्रस्तुत गरे मानौं नेपालमा कुनै समस्या नै छैन। उनको बक्तब्य सुन्दा लाग्थ्यो नेपाल अब आर्थिक सम्वृद्धि तिर केन्द्रित हुन्छ। नेपालमा राजनीतिक समस्या सम्पूर्ण रुपमा समाप्त भयो।धेरैको चासो अहिले पनि नेपालमा रडाको किन छ भन्ने भए पनि उनको अभिव्यक्तिमा त्यो कतै झल्किन पाएन। नेपालमा अहिले लोकप्रिय रास्ट्रियताको एजेन्डा प्रति पनि उनले असन्तुस्टी व्यक्त गरे। देश देश बिचको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्नु पर्ने र सडकमा गरिने कुराले रास्ट्रियता बलियो नहुने तर्क गरे। सडकमा उफ्रिनेहरु कोठामा लत्रिने गरेको तर आफुले कुटनीतिक तरिकाले रास्ट्रियताको पक्षमा काम गरेको बताउनु भयो।

कार्यक्रम एनआरएन अमेरिकाको युबा संयोजक बर्षा मोक्तानले कुशलतापुर्बक संचालन गरेकी थिइन। स्वागत मन्तब्य कार्यक्रम संयोजक राम पोख्रेलले प्रस्तुत गरे। त्यस्तै एनआरएन टेक्सास च्याप्टरका सभापति उत्तम लामिछाने, नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष भोला आचार्य, रक्तदाता संघका अध्यक्ष डाक्टर नन्द रेग्मी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिस्ट, एन आर एन कोरियाका अध्यक्ष राजु छेत्री, सल्लाहकार यादव पण्डित, एनआरएन अमेरिकाका पुर्ब अध्यक्ष खगेन्द्र जिसी, सोनाम लामा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ, इनिस शहरकी मेयर एन्जेलिन जुलियाना र कृसु छेत्री र बोर्ड अफ डिरेक्टर बिनोद कुमार तिवारीले धन्यवाद व्यक्त गर्नु भएको थियो  । उद्घाटनको बिचबिचमा बिभिन्न खाले संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

दोश्रो चरणमा एनआरएन च्याप्टरहरुका गतिबिधि र अन्त्यमा बिधान संसोधन समितिले प्रस्ताव गरेका बुंदाहरुमा छलफल गर्दै पारित गरिएको थियो। सो अवसरका केहि तस्बिरहरु :

 

 

n2 n3 n4 n5 n6 n7 n8 n9 n10 n11 n12 n13 n14 n15 n16 n17 n18 n19 n21 n22 n23 n24 n25 n26 n27 n28 n29 n1

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907