ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन

झापा, १३ पुस । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जित्नुभएको छ ।

दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र नेपाल प्रहरीका विष्णु कटुवालले कास्य पदकममा चित्त बुझाउनुभयो । यस्तै महिला एकलतर्फ नङशलले सशस्त्र प्रहरीका शिक्षा श्रेष्ठलाई १७–२१, २१–१२ र २१–१० अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । नेपाली सेनाकै अनुमाया राई र अमिता गिरीले कास्य पदक जित्नुभयो ।

1

पुरुष डबल्सतर्फ नेपाली सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले सेनाकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्नुभयो । नेपाल प्रहरीका विष्णु कटुवाल र दीपक बोहराको जोडी तथा सशस्त्र प्रहरीका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले कास्य पदक जित्नुभयो ।

2

महिला डब्ल्सतर्फ सशस्त्र प्रहरीका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले नेपाली सेनाका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५ र २१–८ को सोझे सेटमा हराउँदै स्वर्ण पदक जित्नुभयो । यस्तै सेनाका जेसिका गुरुङ र सुनैना मुखिया तथा नङशल तामाङ र अमिता गिरीको जोडीले कास्य पदक जित्नुभयो । मिक्स डबल्सतर्फ सेनाका दीदिभाइको जोडीले नै स्वर्ण पदक जित्नुभयो । दिदी नङशल तामाङ र भाई रत्नजित तामाङको जोडीले सशस्त्र प्रहरीका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जित्नुभयो । सशस्त्र प्रहरीका शोभा गौचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडीले कास्यमा चित्त बुझाउनुभयो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907