मस्तिमा भुलेको दुनिया: सुरेन्द्र रेग्मी
आज खै केमा भुलेको छ दुनिया
कहाँ छैन भुलेको
टोल,सहर,गाँउ अनी बस्तिमा
थाहा छैन खै केमा हो कुन्नि
कोहि सोचमा,
कोही नयाँ खोजमा,
कोही बिजोगमा,
कोही पिडामा ,
कोही रमितामा
किही राजनीतिको नौटन्किमा
अनी कोही आफ्नै भोजमा भुलेको छ । ।
कठै हाम्रो देशम ओरालोमा
अनि
नेताहरु उकालोमा
समाज ओरालोमा
सामाजिक कार्यकर्ता उकालोमा
कामगर्ने ओरालोमा
गराइ खाने उकालोमा
सम्पूर्ण युवा शक्ति
बिदेसिको काल्पनिक मस्तिमा भुलेको छ । ।
आहा बिस्वोमा कती प्रबिधिक
उन्नती, परिवर्तन, बिकास, चमत्कार
हाम्रो नेपाली समाज्
हाम्रा देशका सासक
सम्पुर्ण बुज्रुक्,
अनी देश पुरै
हिजो अस्तिमा भुलेको छ । ।
गर्न नसकिने केहि छैन्
बिकल्पहरु अनगिन्ती छन्
उन्ननयका उपायहरु तिर्
आफ्नो, परिबारको, समाजको, देशको हितमा
अंह पटकै हैन
फगत
क्षेणिक मस्तिमा
जबरजस्तिमा भुलेको छ दुनिया । ।