अब हुने बैठकमा संशोधन प्रस्ताव अघि बढाइने

काठमाडौँ, २ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको प्रक्रिया अघि बढाइने भएको छ ।

उक्त प्रस्तावबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

पुस ४ गतेसम्म सहमतिका लागि सक्दो पहल गर्ने र सहमति नभएको खण्डमा सोही दिन व्यवस्थापिका–संसद्मा संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउने निर्णय भएको नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

“यदि (एमाले)को संविधान संशोधनप्रति विरोध हो, असहमति छ भने संसदीय प्रक्रियामा आएर सरकारले दर्ता गरेको प्रस्तावलाई संसदीय प्रक्रियाद्वारा नै पारित हुन नदिन सक्छ, तर संसद्लाई अनिर्णयको बन्दी बनाएर सिङ्गो देशलाई नै अनिर्णयको बन्दी बनाउने, संविधान कार्यान्वयन प्रक्रियामा अवरोध खडा गर्ने कुरा जिम्मेवार प्रतिपक्षले गर्नु हुँदैन” – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले बैठकपछि भन्नुभयो ।

संसद्मा दर्ता भएको प्रस्तावलाई परिमार्जन गर्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाको मागलाई पनि संसद् सञ्चालन भएपछि सम्बोधन गर्नेबारेसमेत छलफल भएको उहाँको भनाइ थियो ।

बैठकमा जतिसक्दो चाँडो संसद् सञ्चालन गर्न नेकपा (एमाले)सँग वार्ता गर्नेबारे र स्थानीय निकायको निर्वाचनबारेसमेत छलफल भएको प्रवक्ता भुसालले बताउनुभयो ।

“प्रधानमन्त्रीले यो संविधान संशोधन प्रस्ताव फिर्ता हँुदैन र थाती पनि रहँदैन, अगाडि बढ्छ भन्नुभएको छ र मधेसी मोर्चाले राखेको संशोधनमाथिको परिमार्जनमा पनि प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको छ, परिमार्जन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ, सरकारले ल्याएको संशोधन प्रस्तावलाई पारित गर्ने नैतिक जिम्मेवारी सबैलाई हुन्छ” –राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले भन्नुभयो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907