अमेरिकाको टेक्सासबाट निस्कियो गज्जबको म्युजिक भिडियो
अहिले धेरै नेपालीहरु बिदेशमा बस्छन् । कोही अबसरको खोजिमा त कोही बाध्यताले बिदेशिएका हुन् । रहरले कोही पनि आफ्नो जन्मथलो छोडेर जांदैन। बाध्यताले कोहि अरबका खाडीमा आफ्नो पसिना बगाउंदै छन् भने कोही अमेरिका युरोपमा सस्तोमा आफ्नो श्रम बेच्दैछन्। त्यहि शिलशिलामा कोही आफ्नो पहिचान, भाषा, धर्म, संस्कार भुलेर उतै रमाएका छन् भने कोही आफ्नो अस्तित्व कायम गर्न केही न केही गरेका छन्। नेपाल मै अङ्रेजी र हिन्दि भाषाले नेपाली भाषामाथी अतीक्रमण गरेको बेलामा बिदेशमा नेपाली भाषाको हालत कस्तो होला, सजिलै अनुमान लगाउन सकिन्छ। नेपालमै हिन्दि र अँग्रेजीमा गीत गाउने नेपाली पुस्ता हुर्किरहेको अहिलेको अबस्थमा बिदेशमा नेपाली गीत गाउने युबापुस्ता पाउनु खुशीको आस्चर्य हो। तर त्यो सुखद आस्चर्य अमेरिकामा प्राप्त हुने भएको छ।
अमेरिकाको टेक्सास निबासी केही युबाहरु मिलेर आफ्नो साँगितिक यात्रा शुरु गरेका छन्। उनीहरुले लामो समय देखि नेपाली गीत संगीतमा केही योग्दान गर्ने योजना सहित प्रयासरत थिए। संगीतको कुनै निस्चित भाषा हुन्न भन्ने बुझेका यी युबाहरुले अमेरिकामा नेपाली भाषामा पनि केही गरौं र नेपाली संगीतमा केही ईट्टा थपौं भनेर साहसिक तर जोखिमपुर्ण यात्रा शुरु गरेका छन्। र्याप गीत नेपालमा भर्खर चल्दै गरेको गायन क्षेत्र हो। त्यसै खालको तर आर एन्ड बी, हिपहप र र्याप मिश्रित गीतको सम्मिश्रण गर्दै नेपाली गीत र संगीतलाई पनि अन्य अग्रणी भाषाको संगीत सरह संसारभर फैलाउने उनीहरुको लक्ष छ। कुनै औपचारिक शिक्षा र तालिम बिना आफ्नै निजी प्रयाशमा पहिलो पल्ट उनीहरुले आफ्नो गीतलाई म्युजिक भिडियोको रुप दिन सफल भएका छन्। यो गीतमा आवाज बिपुल दहाल र जनम् रानाले दिएका छन् भने अभिनय उनिहरुका नजिकका साथिहरुले गरेका छन्।
बन्द कोठामा गीत गाएर रमाउंदै आएका यी ठीटाहरु आफ्नो म्युजिक भिडियो हेरेर दङ्ग परेका छ्न्। “हामीले सोंचेका पनि थिएनौ कि हामी यो अबस्थामा आइपुग्छौ भनेर” बिपुल सम्झिन्छन्। यो गीत सबैले मन पराउनु हुनेछ बिशेष गरी युबाहरुले भन्नेमा दुबैजना बिस्वस्त छ्न् भने भिडियोमा संगै काम गरेका साथिहरु पनि उत्साहित देखिन्छन्। भिडियोमा शिशिर गौतम, बिकेश भण्डारी, अबिरल, अभिशेख, राशद र वर्सादले अभिनय गरेका छ्न्। पहिलो प्रयास भए पनि स्वर र प्रस्तुति हेर्दा यो गीत राम्रो बनेको छ। आशा छ, यिनिहरुको काम सबैले मन पराउने छ्न् र उनीहरुलाइ भबिस्यमा अन्य गीत संगीत नीर्माण गर्न हौसला मिल्नेछ।