नेपाली समाज टेक्सासले स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न गर्यो
दिसेम्बेर ४ शनिबार, डालस, टेक्सास। नेपाली समाज टेक्सासको आयोजनामा आज यहाँ स्वास्थ्य शिबिर सम्पन्न भयो। बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका नेपाली नागरिकलाई प्रदान गरिने यो सेवा नेपाली समाज टेक्सासको सबभन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रम हो। यसले समाजको साँच्चिकै सेवा गरेको छ।
आजको कार्यक्रममा करिब २५० जनाले स्वास्थ्य सम्बन्धि परामर्श र उपचार एबम ल्याब सम्बन्धि सुबिधा प्राप्त गरे। आजको शिविरमा मुटुको इसिजी निसुल्क गरिएको थियो भने सित्तैमा फ्लुको सुइ पनि प्रदान गरिएको थियो। संयोजक दिनेश शर्मा र स्वयंसेवक बादल भुजेलका अनुसार ५० जनाले मुटु सम्बन्धि जांच, ५० जनाले इसिजी र अन्यले नियमित परिक्षण र परामर्श लिएका थिए। ९ बजे शुरु भएको शिविर करिब २ बजेसम्म अविच्छिन्न रुपमा चलेको थियो। सेवाग्राहीहरू सेवा लिनको लागि धैर्यतापुर्बक बसेका थिए भने परिक्षण गर्न पाएकोमा सन्तुस्ट थिए। यसको लागि सम्बन्धित सबैलाई धन्यवाद दिनु पर्छ।
मुटु सम्बन्धि परिक्षण गर्न डाक्टर डन डेनिस आएका थिए भने नेपाली डाक्टर संजीव श्रेष्ठले बाँकी अन्य परिक्षण र परामर्श दिने काम गरेका थिए। समुदायमा हुने यस्ता स्वयंसेवी कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भै बिरामीको सेवा गर्ने काममा संजिव श्रेष्ठको योगदान अतुलनिय छ। समय र अन्य कुराको कारण देखाएर समाजमा सेवा गर्न पछि हट्ने कतिपय नेपालीहरुलाई डाक्टर संजिवको यो काम उदाहरणिय हुन सक्छ। त्यस्तै उक्त अबसरमा बिहानै देखि रजिस्टर्ड नर्सहरु कमला अधिकारी, सबिना रावल, सुनिता कुँवर, सुरक्षा थापा मुस्कान सहित सक्रिय रहनु भयो। बिरामीका झन्झटिला प्रश्नको सरल रुपमा जवाफ दिंदै उनीहरुको रोगलाइ कम गर्न मानसिक रुपमा सहयोग गर्न यस्ता नर्सहरुको समाजमा ठुलो खाँचो छ। उनीहरुको योगदान समाजले भुल्दैन र भुल्नु हुँदैन। शिविरमा प्रशासनिक काम सफलतापुर्बक र प्रभावकारी रुपमा काम गर्ने नाउँ निलिमा बादे श्रेष्ठ हो। उनि यसमा धन्यबादको पात्र छिन। केलर निबासी १५ बर्षिय अल्बिन श्रेष्ठले बिहान ९ देखि १२:१५ सम्म स्वतस्फुर्त रुपमा स्वयंसेवा गरेर सेवा गर्न उमेर होइन मन चाहिन्छ भन्ने प्रमाणित गरेका थिए।
नेपाली समाज टेक्सासले स्थापना कालदेखि राम्रा कामहरु गर्दै आएको छ। अमेरिकामा रहेको समुदायमा गरिने यस्ता कार्यक्रमको साथै नेपालमा पनि भिभिन्न खाले सामाजिक सेवा नेपाली समाज टेक्सासले गर्दै आएको छ। आजको स्वास्थ्य शिविरमा अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल र कोशाध्यक्ष दिवस थापाले सक्रिय रुपमा सदा झैँ स्वयंसेवा गर्नु भएको थियो। उपचार र परामर्श प्राप्त गर्दा सेवाग्राहीहरु सन्तुस्ट देखिन्थे भने थकाइको बाबजुद स्वास्थ्य शिबिर सफल र प्रभावकारी बनेकोमा आयोजक र डाक्टर एबम नर्स लगायत स्वयंसेवकहरु समेत प्रफुल्ल थिए।