नेपाली समाज टेक्सासले निशुल्क स्वास्थ्य शिविर चलाउने: लाभान्वित हुन अनुरोध
नोभेम्बर १८, टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। नोभेम्बर २० गते डालस एभरेस्ट लायन्स क्लबको सहयोगमा आँखा शिबिर संचालन गर्न लागेको नेपाली समाज टेक्सासले डिसेम्बर ४ गते आइतबार स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त स्वास्थ्य शिबिर नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र वा नेपाली मन्दिरमा हुनेछ। उक्त अबसरमा सामान्य परिक्षण गरिनुको साथै मुटु रोगको समेत परिक्षण गरिनेछ। साथै फ्लु सुइ समेत निशुल्क प्रदान गरिनेछ। ९:३० देखि दर्ता शुरु गरेर ११:३० मा दर्ता बन्द हुनेछ भने परिक्षण भने १ बजे सम्म जारी रहनेछ। उक्त अबसरमा चीर परिचित नेपाली डाक्टर डाक्टर संजीव श्रेष्ठ, मुटु रोग बिशेषज्ञ डेनिस डोनले बिशेष परिक्षण गर्नुको साथै नर्स मिशेलले सहयोग गर्ने छिन। स्वास्थ्य परिक्षण निशुल्क गरिएको छ भने ल्याब परिक्षणको लागि $२० तोकिएको छ
नेपाली समाजले बिगत लामो समय देखि यस्ता खाले स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । समाजमा भैपरी आउने विपद, नेपालमा भैपरी आउने विपद लगायतमा नेपाली समाज टेक्सास संसारका अरु संस्था भन्दा अग्रपंक्तिमा प्रस्तुत हुँदै आएको छ। केहि दिन अघि नेपालबाट भर्खर ९ महिना अघि अध्यन गर्न अमेरिका आएकी नेपाली चेली निशा कार्कीको मृत्यु भए पछि उनको शव ब्यबस्थापन तथा उनकी आमालाई सहयोग गर्न आर्थिक संकलनको नेतृत्व गरेको थियो। त्यस्तै चाडबाड, खेलकुद, सांस्कृतिक कार्यक्रममा समेत नेपाली समाज टेक्सासले आफ्नो राम्रो भूमिका निर्बाह गर्दै आएको छ । त्यस्तै अहिलेको स्वास्थ्य शिबिरमा सेवा दिनुहुने डाक्टर संजीव श्रेष्ठले नेपाली समाजको हरेक स्वास्थ्य शिबिर संचालन गर्दै आउनु भएको छ । अमेरिका जस्तो ब्यक्तिबादी समाजमा निशुल्क र निस्वार्थ रुपमा सहयोग गर्ने यस्तो स्वास्थ्य सेवी पाउनु नेपाली समाजको गौरबको बिषय हो ।
नेपाली समाज टेक्सासले जारी गरेको सूचना :
नेपाली समाज टेक्सासको आयोजनामा यही डिसेम्बर ४ गते आईतबार बिहान को ९:३० बजे देखी दिऊसो १:०० बजे सम्म स्वास्थ्य शिविर बस्दैछ। cardiologist Dr. Dennis Doan, Gastroentrolgist Dr. sanjeeb shrestha र RN Michelle reeve को प्रत्यक्ष सहभागितामा मुटु परिक्षण लगायत अन्य रोगको परिक्षण साथै Flu shot पनि लगाईने भएकोले यसबाट लाभान्वित हुन सम्बन्धित सबै मा अनुरोध गदॅछौ । स्थान: NST office / नेपाली मन्दिर
शुल्क: $२० ल्याब परिक्षणको लागी ।
दताॅ समय ११:३० बजे सम्म मात्र।
नेपाली समाज टेक्सास परिवार