तिहार शुरु भयो शुभकामना सबैलाई

२०७३ सालको तिहार आँगनमा आइसकेको छ। तिहारलाई भाइटिका र यमपन्चक पनि भनिन्छ। यो ५ दिनसम्म मनाइन्छ। तिहार कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीय सम्म मनाउने गरिन्छ। हिन्दुहरुको महान चाड दशैं पछि यो दोश्रो ठुलो चाड हो। यो दाजु भाइ र दिदिबहिनि बिचको मिलन र सद्भाव वृद्धि गराउने चाड हो। बिभिन्न कारणबश भेट हुन नसकेका दाजुभाइ र दिदिबहिनि बीच यो चाडमा भेटघाट हुने, एकअर्कालाई टिका लगाइदिने, उपहार आदान प्रदान गरिन्छ। साथै घर भित्र र बाहिर बत्ति बालेर उज्यालो बनाइन्छ। देउसी भैलो खेल्ने, जुवा खेल्ने जस्ता रमाइलो गर्ने अवसर समेत भएकोले यो चाडको लोकप्रियता दिनप्रति दिन बढ्दै छ।kaag-tihar

हिन्दु धर्म प्रकृति पुजक धर्म हो।हिन्दु धर्ममा रुख, घाँस, जनावर, चराचुरुंगी, सुर्य, चन्द्रमा र तारहरुलाई पनि बिशेष रुपमा सम्मान प्रकट गर्ने गरिएको पाइन्छतिहारको पहिलो दिन काग पूजा गरिन्छ। त्यहि हिन्दु परम्परा कायम गर्न तिहारको पहिलो दिन काग पूजा गरिन्छ। काग करायो भने असुभ मानिने हुनाले तिहारमा कागलाई खाना खुवाएर सन्तुस्ट पारे पछि काग कराउंदैन र अशुभ पनि हुँदैन भन्ने विश्वास अनुसार कागलाई मिठाई र अन्य खानेकुरा दिने गरिन्छ।

दोश्रो दिन कुकुर पुजा गरिन्छ। यसलाई नेवारीमा खिचा पूजा पनि भनिन्छ। कुकुर एक भरपर्दो र बिस्वशिलो प्राणी हो। आफुले पालेको कुकुरले कहिल्यै पनि टोक्दैन। मानब र कुकुरको आदिम कालदेखि सम्बन्ध रहँदै आएको छ। त्यहि सम्बन्धलाई कायम राख्न कुकुरलाई माला, टिका लगाएर र राम्रो खानेकुरा खान दिएर कुकुर तिहार मनाउने गरिन्छ।
तेश्रो दिन गाईको पूजा गरिन्छ। गाइलाइ हिन्दु धर्ममा लक्ष्मीको रुपमा पुज्ने गरिन्छ। लक्ष्मी धन र ऐस्वर्यको देवी हुन्। यो दिनमा गाईलाई बिशेष रुपमा पूजा गरिन्छ।टिका र माला लगाइदिने गरिन्छ। साँझ धनधान्यकि देवी लक्ष्मीको पूजा धुमधाम साथ सम्पन्न गरिन्छ। घरको भित्र र बाहिर दियो, मैनबत्ती बालेर घर झिलिमिली पार्दै घरघरमा देउसी भैलो खेल्न जाने गरिन्छ।11-10-15-kukur-tihar-festival-in-nepal4

चौथो दिन गोवर्धन पूजा पर्छ। नेवार समुदायले यसलाई म्ह पूजा पनि भन्ने गर्छन। म्ह भनेको आफु हो अर्थात् यस दिन आफ्नो पूजा गरिन्छ।यहि दिनदेखि नेपाल सम्बत को नयाँ बर्ष शुरु हुन्छ। यो दिन गोरुको पूजा हुन्छ र वैस्णव समुदायले गोवर्धन पर्वतको पूजा गर्छन। यो दिन भिन्न भिन्न समुदायले भिन्न भिन्न तरिकाले मनाउने गर्छन।

पाँचौं दिन अर्थात् भाइटिका तिहारको अन्तिम दिन हो। यस दिनमा दिदि बहिनीले आफ्नो दाजुभाइको निधारमा टिका लगाई दिन्छन, उपहार दिन्छन भने दाजुभाईले पनि आफ्नो दिदि बहिनीलाई उपहार दिने गर्छन। हिन्दु धर्म ग्रन्थ अनुसार यमराजले आफ्नी बहिनि यमुनालाई भेट्न गए र यमुनाले यमराजलाइ टिका लगाईदिइन। उनले माला लगाईदिइन र मिठो मिठो खान दिइन। कालका देवता मानिने यमराजले यमुना संग प्रशन्न भएर जसले आजको दिन आफ्नो दिदि बहिनिबाट टिका लगाउँछ, उसलाई मृत्युले छुने छैन भनेर आशिर्बाद दिएका थिए जसले गर्दा भाइटिकाको महत्व बढ्न गएको देखिन्छ।

यो चाड नेपाल लगायत भारतमा पनि धुमधाम साथ मनाइन्छ। अमेरिकी रास्ट्रपति बराक ओबामाले प्रत्यक बर्ष दिपावलीको शुभकामना व्यक्त गर्ने गरेका छन्। यसलाई अन्धकार माथि उज्यालोको विजयको रुपमा पनि लिने गरिन्छ। आउनुहोस हामी पनि केहि सकरात्मक काम र कुरा गरेर यसपालिको तिहार मनाउँ। हाम्रो मनभित्रको अँध्यारो हटोस् र हामी भित्र ज्ञानले बास गरोस। तिहारको उपलक्षमा यहि नै हाम्रो शुभकामना।nepal_tihar_1920_800

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907