अन्तररास्ट्रिय नेपाली साहित्यिक समाजको कबिता प्रतियोगिता सम्पन्न

अक्टोबर २३, आइतबार , डालस, टेक्सास। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आज नेपाली मन्दिर अर्भिंगको सभाकक्षमा एक कविता १०७ औं लक्ष्मी जयन्ति तथा दशैं तिहार बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो। २००८ मा स्थापित भुपकुमारी जोशी गुठीको प्रायोजनमा भएको उक्त कार्यक्रममा थुप्रै प्रतियोगी र अप्रतियोगी कविता बाचन गरिएको थियो।

अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डालस शाखाका सभापति बासु शर्माको सभापतित्वमा सम्पन्न उक्त बिशेष साहित्यिक कार्यक्रम श्रीमती सरला चापागाईंको प्रमुख आतिथ्य र भुपकुमारी जोशीको आतिथ्यमा सम्पन्न भएको थियो। अन्तररास्ट्रिय नेपाली साहित्य समाजले बिगत १४ बर्ष देखि यसखालका विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ। आजको कार्यक्रममा एक दर्जन जति प्रतियोगी कविता बाचन गरिएको थियो । उत्कृस्ट कविताहरु मध्य कृष्ण खनालको कविता प्रथम, इश्वरी रिजालको कविता द्वितीय र बलराम फुयाँल एबम भगवती पौडेलको कविताले संयुक्त रुपमा तृतीय पुरस्कार प्राप्त गरेका थिए। पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयको लागि क्रमश: $३००, $२०० र $१०० रहेको थियो।

कार्यक्रममा स्वागत अनेसासका प्रकाश पाण्डेले गर्नु भएको थियो भने कपिल अधिकारीले कार्यक्रमको संचालन र संयोजन गर्नु भएको थियो। कविता प्रतियोगिताका अन्य प्रतियोगी कविहरु बलायर प्रत्याशी, गीता गंगोल जोशी, धनन्जय ढकाल, सिताराम सुबेदी, सुमन कार्की हुनुहुन्थ्यो भने मुल्यांकनकर्तामा बासु भण्डारी, शैलेश आचार्य र डेञ्जोम साम्पांग राइ हुनुहुन्थ्यो। त्यस्तै अप्रतियोगी कविता बाचन गर्ने कविहरुमा प्रकाश पाण्डे, नेत्र आचार्य, खोलाघरे साहिँलो, वेदनिधि दाहाल, श्रद्धा अधिकारी, चम्पा पाण्डे, ज्ञानेश्वर अमात्य, विजय राज भट्टराई, तिलकराज पन्त, नन्द रेग्मी, प्रदिप तिम्सिना, निर्मला राई, इन्दिरा भुषाल, बासु अधिकारी र भिम कार्की हुनुहुन्थ्यो।

आजको साहित्यिक कार्यक्रम अलि बढी अप्रतियोगी कविको संख्याको कारण लम्बिन पुगे पनि अन्त्यसम्म पनि धेरै जसोको उपस्थिति थियो। महाकबी लक्ष्मी प्रसाद देवकोटाको तस्विरमा पुस्पा गुच्छा अर्पण गरेर शुरु गरिएको कार्यक्रमको कविता प्रस्तुति उच्च स्तरिय थिए। कार्यक्रममा सिपीए भिम कार्कीले लक्ष्मी प्रसाद देवकोटाको बारेमा आम मानिसले नसुनेका केहि रोचक तथ्यहरु प्रस्तुत गर्नु भएको थियो भने प्रभात दिक्षितले पनि महाकविको व्यक्तिगत र पारिबारिक पृष्ठभूमि बारे रोचक तथ्यहरु प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका केहि तस्विरहरु :

14055806_10154736820313969_1478977388_n 14256600_10154736824763969_1757089221_n 14606254_10154736833663969_3191108477202614770_n 14650678_10154736833778969_6484013276873864863_n-1 14671132_10154736833648969_3541237525400629056_n 14680629_10154736833783969_5151838257206600999_n 14680629_10154736833783969_5151838257206600999_n 14680657_10154736833653969_5046508824608869764_n 14681826_10154736833788969_2128344584769261319_n 14691019_10154736833658969_6087087012115607625_n 14702510_10154736833323969_7649495801192232184_n 14705675_10154736833793969_5512314454127929109_n 14716078_10154736833773969_544312521524414699_n-2 14793698_10154736820363969_1655318949_n 14793772_10154736824593969_219182414_n 14793930_10154736824513969_1987564195_n 14794019_10154736819868969_508639006_n 14794046_10154736820038969_728379877_n 14794201_10154736820093969_1129890466_n 14794227_10154736824668969_1956242507_n 14794243_10154736826618969_1096729621_n 14797305_10154736825178969_1786846663_n 14797415_10154736820433969_211641642_n 14797472_10154736828193969_707837142_n 14797519_10154736827913969_1082135575_n 14798835_10154736820208969_978999345_n 14798928_10154736828108969_625995075_n 14799040_10154736819993969_106995649_n 14794046_10154736820038969_728379877_n 14800843_10154736824728969_386365338_n 14800909_10154736828028969_1534004121_n 14801025_10154736820263969_1340819567_n 14801036_10154736828228969_308193764_n 14801055_10154736819918969_871372658_n 14804732_10154736828253969_1837460895_n 14805352_10154736820138969_405079309_n 14805435_10154736824958969_2143899962_n 14805516_10154736820278969_165890482_n 14805601_10154736828163969_202661860_n 14813668_10154736825093969_336925257_n 14813673_10154736828123969_2050778919_n 14813693_10154736820273969_1889373379_n 14825651_10154736819888969_185180593_n 14826429_10154736828278969_965057560_n

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907