अन्तिम अमेरिकी रास्ट्रपतिय बहस: ट्रंपको लागि प्रलयकारी साबित

हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर गालि गरे भने हिलारीले पनि ट्रंपलाइ रसियाको कठपुतली भनेर गालि गरिन।

फक्स न्युज च्यानल रिपब्लिकन पार्टी नजिकको च्यानल मानिन्छ। उक्त च्यानलले रिपब्लिकन पार्टीका एजेन्डाहरु जनतामा स्थापित गर्न भूमिका खेल्छ। त्यसकारण यो बहस ट्रंपको लागि सुनौलो मौका थियो। तर यसमा उनि कम्जोर देखिए। बहसकै मात्र कुरा गर्ने हो भने हिलारीले ट्रंपलाइ धुलो पिठो पारिन। यसमा केहि रमाइला कुरा पनि भए।

trump-speaking

हामीले नेपालको राजनीतिमा भारतीय र बिदेशी हस्तक्षेपको निकै कुरा सुन्छौं। तर अमेरिकाको चुनाबी बहसमा पनि त्यो कुराले चर्चा पायो। हिलारी बिरुद्ध र ट्रंपलाइ सहयोग गर्न रसियाले साइबर आक्रमण गरेको आरोप मात्र हिलारीले लगाइनन उनलाई रसियाको कठपुतली भनिन भने जवाफमा ट्रंपले पनि हिलारीलाई पपेट अर्थात् कठपुतली नै भने।एजेन्डाहरुमा दुवै उम्मेदवारहरुले पहिले सुनेकै कुरा दोहोर्याए। खासै नयाँ कुरा भएनन् । ट्रंपको बोलाइ, बडी ल्याङ्ग्वेज प्रभावकारी थिएन । उनले बहसमा आफुलाई खरो उतार्न सकेनन। हिलारी बोलेको ठाउँमा प्याच्च प्याच्च बोलेर केटाकेटीपन र असभ्य पन देखाए जुन अमेरिका जस्तो देशको रास्ट्रपति हुन कस्सिएको व्यक्तिको लागि सुहाउने कुरा थिएन।

अघिल्लो हप्ता उनले यौन दुर्ब्यबहार गरेको आरोप लगाएका बारे सोधिएको प्रश्नमा उनले आफुले ती कसैलाई नचिनेको मात्र भनेनन् त्यसपछि उनले गरेका भाषण हेरेका करोडौं दर्शकलाई ती महिलाहरु बारे उनले टिप्पणी नगरेको भनेर ढांटे। जबकि उनले ती महिलाहरु हेर्दा आफु उनीहरु प्रति आकर्षित हुने खालका थिएनन भनेका थिए। केहि क्षणको लोकप्रियताको लागि यौन दुर्ब्यबहार गरेको नाटक र षड्यन्त्रमा सहभागी भएको पिडितहरुलाई आरोप ट्रंपले लगाए।

त्यो भन्दा खतरनाक कुरा ट्रंपले निर्बाचन परिणाम स्वीकार नगर्न सक्ने भनेर गरे। अमेरिकाको लामो इतिहासमा निर्बाचनको परिणामलाइ चुनौती दिएको कमै पाइन्छ। तर उनले चुनाबमा धेरै धाँधली हुने भन्ने फितलो तर्क प्रस्तुत गर्दै चुनाव पछि मात्र यसबारेमा केहि भन्ने भनेर अमेरिकाको प्रजातन्त्र माथि नै अविस्वास व्यक्त गरे। उनले हिलारीलाई खुल्ला सिमाना र गैर कानुनि आप्रबशिलाइ आम माफी दिन लागेको आरोप मात्र लगाएनन सिरियाबाट ल्याउन लागेका शरणार्थीहरुलाई आतंककारी भित्र्याउन लागेको भनेर आलोचना गरे।हिलारी शान्त तरिकाले उनको प्रतिबाद गरिन। ३० बर्षे आफ्नो राजनीतिको ट्रंपको पछिल्लो ३० बर्ष संग गर्दै आफ्नो बिगत गर्ब लाग्दो भएको जिकिर गरिन।

photo

समग्रमा यो बहस ट्रंपको लागि बर्बादीको अर्को शृंखला बन्न पुगेको छ। यो बहसबाट उनले केहि साख जोगाउँछन् कि भनेर आशा गरेका उनका सरोगेटहरु निराश बन्न पुगेका छन्। तर कुण्ठा, प्रतिशोध, बदला, घृणाको भारि बोकेका अनुयायीहरु अझ शशक्त रुपमा आगामी दिनमा प्रस्तुत हुने कुरामा भने शंका छैन। अर्को कुनै प्रलय भएन भने ट्रंपले हार्ने त निश्चित छ तर उनले रोपेको घृणा र कुण्ठको बिउले अमेरिकी समाजलाई लामै समय पिरोल्ने कुरामा भने कुनै शंका छैन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907