नेपाल जर्नी हामी सबैको हो : मौसमी श्रेष्ठ

नेपालमा समाजसेवाको नाममा डलरको खेति गरिन्छ भन्ने धेरै सुनिन्छ। त्यस्तै डलरमा धर्म किनिन्छ र बेचिन्छ भन्ने पनि प्रस्ट देखिएको छ। यसरि हेर्दा डलर कमाउन विदेश धाइरहन पनि जरुरत रहेनछ। डलर दाताहरु संग सम्पर्क गर्नुस, उनीहरुका एजेन्डा बोक्नुस। समानता वा अन्य कुनै नाममा उनीहरुलाई आफ्नो मातृभूमि भित्र बसेर चियो चर्चो गर्ने आधार प्रदान गर्नुस। तपाईंलाइ डलर कमाउन विदेश जानु पर्दैन। त्यति ठुलो काम गर्न नसके आफ्नै धर्म बेच्नुस, अरुका मृगौला बेच्नुस, चेलीबेटी बेच्नुस। तपाईंले गरेको अपराधको हिसाब किताब त चित्रगुप्तले राख्ने नै छन् तर क्षणिक रुपमा डलरको मुख भने देख्न पक्कै पाउनु हुनेछ ।
धर्म नबेची वा धर्मको ब्यापार गर्न आउनेहरुलाई सहयोग नगरी आफ्नै पौरखले डलर कमाउन भनेर विदेश आएकाहरु पनि समाजसेवामा लाग्नु चानचुने कुरा होइन। अमेरिकाको टेक्सास स्थित डालस क्षेत्र त्यस्तै डलर कमाउन आएर समाजसेवा गर्नेहरुको ठुलै लर्को छ। थुप्रै संस्था खुलेका छन् र त्यसमा संलग्न व्यक्तिहरुले आफ्नो गास कटाएर समाजसेवामा खर्च गर्छन। आफ्नो परिवारलाइ दिनु पर्ने समय आफ्नो संस्था, त्यसका परियोजना र अन्य कुराहरुमा आर्थिक संकलन गर्न खर्च गर्छन। त्यसबाट सन्तुस्टि त पक्कै प्राप्त गर्छन, जस भने उनीहरुलाई प्राप्त हुँदैन। कहिँ न केहि स्वार्थ त होला, नत्र यसरि कसले गर्न सक्छ, भन्ने धेरैको प्रस्न हुन्छ।
त्यहि केहि गर्ने अभियानमा लाग्न भनेर २०१५ मा डालसमा परोपकारी संस्था नेपाल जर्नीको जन्म भयो । त्यसलाई शुरु देखि नै नेतृत्व, आर्थिक सहयोग र नेपालमा बिभिन्न परियोजना संचालन गर्न महत्वपूर्ण भूमिका खेल्ने संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठसंग मैले कुरा गर्ने मौका पाएँ । उनको आफ्नो अन्तरबार्ता प्रस्तुत गर्ने चाहना नहुँदा नहुँदै पनि मैले संस्था र त्यसले गरेका कामको बारेमा स्पस्ट पारिदिन आग्रह गरेको थिएँ। त्यहि सेरोफेरोमा प्रस्तुत छ,  उनको यो छोटो अन्तरबार्ता ।
mausami

नेपाल जर्नीको बारेमा केहि भन्दिनुस न !

नेपाल जर्नी अमेरिकाको डालसमा २०१५ मा स्थापित गैर नाफामुखी संस्था हो। नेपालमा रहेका शिक्षा र स्वास्थ्यमा पहुँच पाउन नसकेका बालबालिकाहरुको लागि सहयोग गर्ने यसको उद्देस्य हो। सिमित साधन र श्रोतको अधिकतम उपयोग गर्दै जति सकिन्छ त्यहि बालबालिकाहरुको भबिस्य उज्ज्वल बनाउने हाम्रो लक्ष हो।

संस्था भर्खरै स्थापना भएको रहेछ। यसको स्थापनाको पृष्ठभूमि भन्दिनुस न !

गत साल नेपालमा ठुलो विनासकारी भुकम्प गयो। भुकम्प जाँदा म नेपालमा नै थिएँ। काठमाडौँको एउटा घरको पाँचौं तल्लामा। तर संयोगबस हामी बाचियो। त्यसै दिन हामी धरहरा चढ्न जाने भनेका थियौं। अर्को बिशेष कामले जान पाइएन। जसले गर्दा पनि बाँच्न सफल भैयो। त्यसपछि अमेरिका आउने बेलामा मेरो मनमा एउटा विचार पलायो। हाम्रो त यो नाफाको जिन्दगि हो, अरुको लागि किन केहि नगर्ने ? शायद भगवानले हामीलाई अरुको लागि केहि गर भनेर जिन्दगि पो दिनु भएको हो कि जस्तो लाग्यो। अमेरिका फर्के पछि आफ्नै पहलमा केहि सहयोग पठाउने काम गरियो। त्यस पछि गर्नु पर्ने धेरै देखियो। एक्लैले सबै गर्न सकिन्न। अरु सहयोगी हातहरु भए पनि अरु धेरै गर्न सकिन्छ भन्ने लागेर पोहोर साल यहीं नेपाल जर्नी भनेर संस्था स्थापना गर्यौं।

नेपाल जर्नीको टीममा को को हुनुहुन्छ ?
म लगायत बद्रि श्रेष्ठ, अन्जली मल्ल, इन्दिरा वाग्ले, सावन श्रेष्ठ, प्रेम आचार्य (जापान), माया शर्मा (सान फ्रान्सिस्को), हरिशंकर सुबेदी, प्रकाश सिग्देल(मेडिया संयोजक) र बिक्की पुलामी खडग (न्यु योर्क संयोजक), अर्जुन कटुवाल (बेलायत), दिनेश श्रेष्ठ (कतार), स्वयम्भु पुडासैनी (कोरिया), ऋषिराम कंडेल (जापान), सबिन श्रेष्ठ(अस्ट्रेलिया), दिनेश लम्साल (आइटी कोअर्डिनेटर),  किरण पन्थ (म्यारील्याण्ड) लगायतका हाम्रो टीममा छौं। नेपालबाट सरस्वति रिजाल, मुरली प्रसाद गजुरेल, नरेन्द्र श्रेष्ठ, विजयराज सिग्देलले नेतृत्व गर्दै हुनुन्छ  यो संस्थाको उद्देश्य पुरा गर्न हामी अरु धेरै समाजसेवीहरु सामबेश हुनुहुन्छ बिस्तारै भन्नेमा हामी बिस्वस्त छौं।

यो त मौसमीको निजि एनजीओ हो भनेको मैले सुने कतिपय समुदायका जिम्मेवार ब्यतिहरुबाट। यो तपाईंको निजि हो ?

(हाँस्दै) निजि पनि संस्था हुन्छ र ? एक्लै धेरै काम गर्न सकिएन भनेर संस्था खोलेको हो नि । यसमा अरु पनि सदस्यहरु हुनुहुन्छ। यसलाई बिस्वब्यापी बनाउने लक्ष छ। अहिले सानो टीम र डालस क्षेत्रमा म अलि सक्रिय भएकोले कसैलाई त्यस्तो लागेको हुनसक्छ। मेरो श्रीमान पनि यसमा हुनुहुन्छ, त्यसैले पनि त्यस्तो लागेको होला। तर संस्थाको स्थापनाको समयमा जो सक्रिय भएर लागे, सहयोग गरे उनीहरुको नाम त आइहाल्दो रहेछ। मैले सकेसम्म नेपाल जर्नी नै अगाडी आओस भन्ने चाहन्छु। यो संस्था हो, यसमा मान्छे आउने जाने हुन्छ। अहिले मेरो ठाउँमा अर्को बर्ष अर्कै हुन सक्छ। त्यसैले म तपाईं मार्फत यो स्पस्ट पार्न चाहन्छु कि यो निजि होइन।

नेपाल जर्नी के गर्दैछ त अहिले ?

केहि दिन अघि चितवनमा बिध्युतिय पुस्तकालय निर्माण सम्पन्न भएर गैर आवाशीय नेपाली संघका अध्यक्ष डाक्टर शेष घलेले उद्घाटन गर्नु भयो। चितवन कै कान्दामा अर्को पुस्तकालय तयार हुँदैछ। अस्ति भर्खर अनिल लामा जो पारिबारिक अबस्थाको कारण पैसा तिर्न नसकेर पढाई छोड्नु पर्ने अबस्थामा पुगेका थिए, उनलाई पैसा पठाएर उनको अध्ययनलाइ निरन्तरता दिन सहयोग गरियो।  त्यसै गरी केहि समय अघि चितवनमा बाबुआमाले छोडेर गएपछि अलपत्र परेका दुइ बालबालिकालाई आवाशीय शिक्षाको समेत व्यवस्था गरेका छौं । अब २०१७ को लागि हेटौडामा पुस्तकालय निर्माण गर्दै छौं। त्यसको लागि चाहिने आर्थिक श्रोत जुटाउने तयारी गर्दै छौं।

shesh

लागत के छ र के गर्दै हुनुहुन्छ श्रोत जुटाउन ?

 

लागत ३० लाख नेपाली रुपैयाँ लाग्ने अनुमान छ। बिभिन्न व्यक्तिहरुसंग सहयोगको लागि आग्रह गरिंदै छ । त्यस्तै मुख्य कुरा आगामी डिसेम्बर १० गते एउटा फन्ड रेज डिनर तथा बिसेष संस्कृतक कार्यक्रम गर्दैछौं । त्यस दिन हाम्रो संस्थाको बर्षगांठ पनि हो । उक्त कार्यक्रममा जापानबाट भवन भट्ट आउंदै हुनुहुन्छ। त्यस्तै एनआरएन कोरियाका अध्यक्ष राजु छेत्री, न्यु योर्कबाट सोनाम लामा , एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशब पौडेल, क्यालिफोर्निया बाट पूर्ण बानियाँआउंदै हुनुहुन्छ । स्थानिय संस्थाका सम्पूर्ण प्रतिनिधिहरु पनि आउंदै हुनुहुन्छ। यसमा नेपाली समाज टेक्सासले पनि सहकार्य गरेको छ। त्यस्तै सांगीतिक कार्यक्रम स्थानीय गायकहरु भिम चापागाईं र भिम थापाको साथमा हुँदैछ। त्यसबाहेक अरु कलाकारहरु पनि प्रस्तुत गर्ने हाम्रो चाहना छ। लाग्छ, उक्त कार्यक्रमले हाम्रो पुस्तकालय बनाउने चाहना पूर्ण गर्ने छ।

अन्त्यमा केहि भन्नु छ कि ?

भन्नु यत्ति छ, यो मेरो वा कसैको निजि होइन। यो समाजसेवा गर्ने, पढ्न नपाएका बच्चाहरुलाई पढाउने भनेर खोलेको संस्था हो। हामीलाई डालस क्षेत्रमा राम्रो टीमको खाँचो छ। आउनुहोस, सबै मिलेर गरौँ। जति सकिन्छ त्यति गरौँ। नेपाल जर्नीलाइ अरु धेरै परियोजनामा काम गर्न सक्ने संस्था बनाउँ। यो काम न मैले एक्लै गर्न सक्छु न अरु कुनैले। जति धेरै मिलेर गर्यो त्यति धेरै गर्न सकिन्छ। सुझाव र प्रतिक्रिया दिंदै गर्नुहोला। बाँकी हाम्रो कुरा डिसेम्बर १० को कार्यक्रममा स्पस्ट पार्ने प्रयत्न गर्ने छौं।

1 2 3 4 5 6

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907