Archive for: August, 2017

एनआरएन अमेरिकाको निर्बाचन: भोटर सप्रेसन गर्ने रणनीति अनुसार मिति घोषणा

अमेरिका, अगस्त ३१। अन्तत लामो समयको अन्योलता पछि एनआरएन अमेरिकाको चुनाव हुने भएको छ। अगस्त ३० बुधबार निर्बाचन समितिले जारी गरेको सूचना अनुसार आउँदो सेप्टेम्बर ५ मंगलबार र ६  बुधबार सम्पन्न गरिने भएको छ। केहि समय अघि अदालतमा परेको मुद्धा र आइसीसीको चिट्ठी पछि अगस्त ११ र १२ मा गर्ने भनिएको निर्बाचन स्थगित गरिएको थियो। […]


राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल […]


भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने

चितवन, १४ भदौ । सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो । प्रमुख दाहालले जग्गाको तत्काल […]


उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

 मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७                                                       उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म […]


एचडीएनपीले सेप्टेम्बर २ सनिबार रक्तदान कार्यक्रम गर्दै

अगस्त २८, डालस, टेक्सास । बिगत लामो समय देखि समाजसेवाको एक नमुना बन्दै आफ्नो जन्म थलो र कर्मथलोको सेवामा समर्पित एचडीएनपीले आगामी सेप्टेम्बर २ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान १० देखि दिउसो ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रम चार्टर ब्लड केयर, डालस एभरेस्ट लायन्स क्लब र ब्लड डोनर्स अफ […]


फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच भएको प्रतिष्पर्धामा फ्लोयड मेवेदर बिजयी

मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त  विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन  विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]


यति च्याम्बरको तेश्रो रात्रीकालिन भोजन कार्यक्रम सम्पन्न

अगस्त २७,डालस , टेक्सास । डालसमा नेपाली समाज फैलिए संगै व्यापार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । संख्या बढे पछि संगठित हुनु स्वाभाविक हो । संगठन शक्ति हो । एक्लै गर्न नसकिने धेरै काम संगठन मार्फत गर्न सकिन्छ । योजना बनाउन र आफ्नो भविस्यको उचित निश्चितताको लागि मानिस संगठन तिर लाग्छ । डालस वरपरका […]


अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टनमा विनाशकारी बाढी र हुरी: जनजीवन अस्त व्यस्त

हार्भी नामक आँधीपश्चात भएको भारी वर्षाका कारण आएको बाढीले ह्युस्टन शहरका विभिन्न भाग डुबानमा परेपछि एक हजार भन्दा धेरै मानिसको उद्धार गरिएको छ। मौसमसम्बन्धी निकाय न्यासनल वेदर सर्भिसले भनेको छ ह्युस्टन मेट्रो क्षेत्रभर बाढी आपतकालको स्थिति छ र त्यहाँ यात्रा लगभग असम्भव छ। सो ठाउँमा पाँचजनासम्मको ज्यान गएको भन्ने खबर भएपनि हालसम्म जम्मा एकजनाको मृत्युको […]


बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाजको ५८ हजार सहयोग

मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ । समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई […]


भारतमा ७२ घण्टाका लागि मोबाइल र इन्टरनेट बन्द

चण्डिगढ : भारतका चण्डिगढ, हरियाणा र पञ्जाबमा ७२ घण्टाका लागि मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरिएको छ। यौन शोषणको आरोप लागका डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिममाथि शुक्रबार सिबिआई अदालतको सुनुवाइ गर्दै छ। अदालतको हुनुपूर्व रहिमका हजारौं अनुयायीले विरोध गरेपछि मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको सरकारले जानकारी दिएको छ। उनीहरूले रहिमलाई फसाइएको बताउँदै […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907