उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

 मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७

                                                     

उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन्।

पहिलो घटना

उनले नागरिको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए।

एकजना उच्च जापानी अधिकारीले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप जापानले ‘उपयुक्त कदम’ चाल्ने बताएका छन्।

क्षेप्यास्त्र

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो र पछिल्लो परीक्षणले तनाव बढाएको देखिन्छ।

प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो।

तीन टुक्रा

उसले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना समेत बनाएको चेतावनी दिएको थियो।

गुआम दक्षिण-पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ।

स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार बिहानै परीक्षण गरिएको क्षेप्यास्त्र समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो।

उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।(श्रोत बिबिसी नेपाल )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907