भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने

चितवन, १४ भदौ । सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो ।

प्रमुख दाहालले जग्गाको तत्काल वर्गीकरण गरी उचित व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै अहिले भइरहेको अस्तव्यस्त जग्गा खण्डीकरण भने रोकिने बताउनुभयो । यस कार्यमा महानगरलाई सहयोग गर्न समेत उहाँले जग्गा व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख पार्वती शाहले सुन्दर महानगर निर्माणका लागि जग्गा तथा आवास व्यवसायीले कानूनको अधिनमा रही सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

हालै मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट तथा बिक्री वितरणमा रोक लगाइएको र सोसम्बन्धी अदालतमा पुगी जग्गा खरिद बिक्री वितरणमा रोक नलगाउन निर्देशन गरिसकेकामा सम्बन्धित निकायले काम कारबाही नगरेकामा व्यवसायीले विरोध जनाएका थिए । पछिल्लो समयमा खेतीयोग्य जमिनमा समेत खण्डीकरण गर्ने क्रम बढेसँगै भूमि व्यवस्थापनको चिन्ता सर्वत्र हुन थालेको छ ।

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष केशवकुमार कार्कीले व्यवसाय धरासायी हुने गरी सरकारले जनताको नैसर्गिक अधिकार रोक्न नहुने बताउँदै व्यवस्थित खण्डीकरणका पक्षमा व्यवसायी रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907