Archive for: August, 2017

डालसमा रबिना थापाको स्थानीयहरुसंग अन्तरक्रिया सम्पन्न

डालस, अगस्त ३। एनआरएन अमेरिकाको चुनाव हुने दिन नजिकिंदै गर्दा यसमा बिभिन्न पदका प्रत्याशीहरुको दौडधुप, भेटघाट र अन्तरक्रियात्मक कार्यक्रमहरु घनिभूत रुपमा चलेका छन्। त्यहि चुनावी अभियान अन्तर्गत डालसमा पनि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। स्थानीय टेम्टेसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष पदकी प्रत्याशी रबिना थापा सहभागी हुनु भयो। उपाध्यक्षका उम्मेदवार भुवन आचार्यको बिशेष पहल र […]


योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए। सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए। अष्टे्रलियको अष्टिे्रलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले […]


गायक स्वरुपराज आचार्यका बारेमा गलत समाचार लेख्ने बुढाथोकिले मागे भिडियो मार्फत सार्बजनिक माफी

प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने झापाका सञ्चारकर्मी शिशिर बुढाथोकीले माफी मागेका छन । गायक आचार्यले झुठो समाचार लेख्ने पत्रकार र अनलाइन माथी मुद्धाको तयारी गरेका बेला बुढाथोकीले आफूले गल्ती गरेको र आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता भिडियो मार्फत गरेका छन । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट […]


तेइसौँ ‘विश्व आदिवासी दिवस’ मनाइँदै

काठमाडौँ, १८ साउन । अगष्ट महिनाको ९ तारिख अर्थात् साउन २५ गते मनाइने २३औँ ‘विश्व आदिवासी दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको १०औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रुपमा मनाउने जानकारी गराइएको छ । नेपाल […]


हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ: राष्ट्रपति सि

बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ । उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ […]


टेक्सासको डलासमा किम्फ हुदै

नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्रीहरुको महोत्सव पहिलो पटक टेक्सासको डलासमा यही अगष्टको ६ तारिख हुने भएको छ । काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म किम्फ हिमाल एसोसियसनको आयोजना तथा एभरेष्टटाइम्स, नेपाल अमेरिका पत्रकार संघ नेजा तथा नेपाली समाज टेक्सासको सहयोगमा हुन लागेको हो । डलासस्थित नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रको भवनमा हुन लागेको महोत्सवमा ५ विभिन्न […]


निर्बाचन समितिको निर्णय विधिसम्मत छ: बिस्व बराल, म अदालत जान्छु: गौरी राज जोशी

एनआरएन अमेरिकाको निर्बाचनको लागि उम्मेदवारहरुको नामावली हिजो प्रकाशित भयो। सुचिमा एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ लागि प्रत्याशी बनेका गौरी राज जोशीको नाम नपरे पछि बिभिन्न खालका अभिव्यक्तिहरुले सामाजिक संजाल र संचारमाध्यम तातेका छन्। जोशी समूह अदालत जाने धम्की दिएको छ भने अर्को समूह बिजयको मूडमा देखिन्छ। आम एनआरएनहरुलाई खासै चासो नभएको यो बिबादमा आर्थिक वा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907