Archive for: August, 2017

कोशी बाँध खोल्न विद्यार्थी संगठनको माग

काठमाडाँै, ३० साउन । संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ । आज बसेको छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको अनेरास्ववियु अध्यक्ष नवीना लामाले बताउनुभयो । यसैगरी बैठकले […]


‘बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत दिइने’

काठमाडौँ, २९ साउन । सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]


नेपाली समाज टेक्सासले बाढीपिडितको लागी सहयोग संकलन गर्दै: तीजको कार्यक्रम पनि सम्पन्न

डालस, अगस्त १३। नेपाली समाज टेक्सासको आयोजनामा हिजो दुइवटा बिशेष कार्यक्रम सम्पन्न भए। दिउसो नेपालमा गएको बिनासकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिको बारेमा आकस्मिक बैठक भयो। समाजका अन्य अगुवाहरुको समेत उपस्थितिमा सम्पन्न उक्त बैठकले आर्थिक र अन्य खाले सहयोग जुटाउने, अर्थ संकलनको लागि गोफंड स्थापना गर्ने लगायतका निर्णयहरु गर्यो। अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न […]


बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन

काठमाडौँ, २९ साउन । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयअन्तर्गतका कार्यालयका अधिकारीलाई प्रभावित क्षेत्रमा स्थलगत रुपमै गएर खानेपानीको समस्या समाधान र राहतका लागि पहल गर्न पनि निर्देशन दिनुभयो । “बाढीको प्रकोपमा परेका पीडित खानेपानीका कारण […]


संगीतकर्मी कल्याणकारी कोषलाई गीतकार क्रोधिको १५ हजार सहयोग:कुवर दिदी बिहिनीका तर्फबाट १० हजार

संगीतकर्मी कल्याणकारी कोषलाई गीतकार किरण केसी क्रोधिले १५ हजार सहयोग गर्नु भएको छ । राजधानीमा शनिवार आफनो दोश्रो गीति संग्रह प्रशंसा सार्बजनिक समारोहमा गीतकार केसीले सहयोग रकम संगीतकार संघ नेपाललाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ ,हरिबंश आचार्य पुर्ब मन्त्री एबं गीतकार एस पि कोईराला,श्री पुरुष ढकाल, गायक रामकृष्ण ढकाल, संगीतकार आलोक […]


डाक्टर केसीको समर्थनमा डालसमा प्रदर्शन

अगस्त १२, डालस, टेक्सास। आज यहाँ नेपालमा अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा र उहाँको जीवन रक्षाको माग गर्दै एक प्रदर्शन गरिएको छ। नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा डालस वरपरका स्थानीय समाजसेवी एबम सर्बसाधारणको ठुलो उपस्थिति थियो। गोविन्द केसी बचाउ अभियान नै संचालन गरेका पत्रकार तथा समाजसेवी सुरेश पोखरेलको अगुवाइमा उक्त कार्यक्रम […]


अतिबादी गोराहरुको समूह कु क्लक्स क्लानको आतंक: भर्जिनियामा एकको मृत्यु

भर्जिनियाको चार्लोटस्भिलमा दंगा भड्किएको छ। “युनाइट द राइट” अर्थात् दक्षिणपन्थी एक हौं भन्ने नारा सहित निकाल्न लागिएको र्यालीको बिरुद्ध अर्को र्याली निकालिए पछि त्यस्तो दंगा भड्किन पुगेको हो। उक्त दंगामा एक जनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भएका छन्। पुलिसले प्रदर्शनकारी हटाउन लाठी, अश्रुग्याँस प्रयोग गरेको छ। यहि कारण भर्जिनियाका गभर्नरले राज्यमा आपतकाल घोषणा गरेका […]


राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २८ साउन । सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो । […]


आयोगद्वारा डा केसीको जीवनरक्षाको माग

काठमाडौँ, २७ साउन । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ । आज आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनशनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा […]


शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौती बनेको छः प्रम

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५औँ मन्त्रीस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपाल स्पष्ट रुपमा निन्दा गर्छ भन्नुभयो । प्रधानमन्त्री देउवाले समानता र […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907