अतिबादी गोराहरुको समूह कु क्लक्स क्लानको आतंक: भर्जिनियामा एकको मृत्यु
भर्जिनियाको चार्लोटस्भिलमा दंगा भड्किएको छ। “युनाइट द राइट” अर्थात् दक्षिणपन्थी एक हौं भन्ने नारा सहित निकाल्न लागिएको र्यालीको बिरुद्ध अर्को र्याली निकालिए पछि त्यस्तो दंगा भड्किन पुगेको हो। उक्त दंगामा एक जनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भएका छन्। पुलिसले प्रदर्शनकारी हटाउन लाठी, अश्रुग्याँस प्रयोग गरेको छ। यहि कारण भर्जिनियाका गभर्नरले राज्यमा आपतकाल घोषणा गरेका छन्। मसाल जुलुश निकालेका प्रदर्शनकारी र प्रदर्शन बिरोधिहरु बीच सुक्रबार राति पनि भिडन्त भएको थियो । सिटीको कन्फ़िडरेट झल्किने सबै कुराहरु हटाउने घोषणा पछि अतिबादी गोराहरु र दक्षिणपन्थीले बिरोध र्यालीको आयोजना गरेका थिए
सडकमा अतिबादी गोराहरूले “रगत र माटो” भन्ने नारा लगाएका थिए भने प्रदर्शन विरोधीहरुले “नाजीहरू हाम्रो सडकबाट हट” भन्ने नारा लगाएका थिए। त्यस्तै प्रदर्शन बिरोधिहरुको प्रदर्शनमा एकजनाले गाडी कुदाउँदा धेरै घाइते समेत भएका छन्।
प्रदर्शनलाइ हिंस्रक हुनबाट जोगाउन हज्जारौं प्रहरी तैनाथ गरिएको छ भने यो प्रदर्शन दशकौं पछिको “घृणा-प्रदर्शन” भएको जनाइएको छ। अति दक्षिणपन्थी समूह कु क्लक्स क्लानको सक्रियतामा यो प्रदर्शन आयोजना गरिएको थियो जुन समूह अमेरिकामा गोराहरुको आधिपत्य स्थापना गर्न चाहन्छ र आप्रबशि, अल्पसंख्यक, मुस्लिमहरु प्रति अत्यन्त अनुदार मानिन्छ। वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपले यो समुहको खुलेर आलोचना गरेका छैनन् भने यस्ता समूहरुलाइ मलजल गर्ने गरी अभिव्यक्ति दिंदै आएका छन्। आजको यो घटनामा पनि उनले स्पस्ट संग यो समुहको आलोचना नगरी अरु कुरा संग मिसाएर आलोचना गरेका छन्।