निर्बाचन समितिको निर्णय विधिसम्मत छ: बिस्व बराल, म अदालत जान्छु: गौरी राज जोशी
एनआरएन अमेरिकाको निर्बाचनको लागि उम्मेदवारहरुको नामावली हिजो प्रकाशित भयो। सुचिमा एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ लागि प्रत्याशी बनेका गौरी राज जोशीको नाम नपरे पछि बिभिन्न खालका अभिव्यक्तिहरुले सामाजिक संजाल र संचारमाध्यम तातेका छन्। जोशी समूह अदालत जाने धम्की दिएको छ भने अर्को समूह बिजयको मूडमा देखिन्छ। आम एनआरएनहरुलाई खासै चासो नभएको यो बिबादमा आर्थिक वा अन्य पदिय लोभमा पक्ष बिपक्षमा लाग्नेहरुको रुवाबासी र पार्टी जारी छ। यसै बीच मैले वर्तमान निर्बाचनको लागि गठित निर्बाचन समितिका एक सदस्य बिस्व बराल र नाम हटाएका गौरी राज जोशी संग सम्पर्क गरेको थिएँ।
निर्बाचन समितिको निर्णय विधानसम्मत छ :बिस्व बराल
निर्बाचन समितिको यो सर्बसम्मत निर्णय हो। निर्बाचन समितिले बिधि, बिधान र प्रक्रिया हेरेर गरेका छौं। एनसिसिको बिधान र आइसीसीको विधानको मर्म अनुसार निर्णय गरिएको छ। गौरी जीको सबै कागज पत्र हेरेको हो । तर पुरानो समितिमा काम गरेको कुनै औपचारिक कागज बुझाउन सक्नु भएन । कुनै व्यक्तिले कार्यसमितिमा थीयो भनेर भन्दैमा त्यसलाई आधिकारिक मान्न सकिन्न । न्याकको कुनै पनि दस्तावेजमा गौरी जिको नाम भेट्टाउन सकिएन र उहाँले पनि सक्नु भएन । जुडिसरि कमिटीले हाम्रो कार्य क्षेत्र हस्तक्षेप गर्न पाउंदैन। हामीले पनि कसैको दवावमा निर्णय गरेको होइन र निर्णय परिवर्तन पनि हुँदैन। चित्त नबुझे आबस्यक प्रक्रियामा जान सबैलाई बाटो खुल्ला छ।
यो निर्णयको चुनौती अदालतमा दिन्छु : गौरी राज जोशी
म माथि अन्याय भएको छ । यो निर्बाचन समितिको निर्णय अरुको दवावमा गरिएको हो। समितिले आफैले सबै निर्णय गरेको छैन। बद्रि केसीको पत्र पश्चात मलाई इमेल गरेर उम्मेदवार हुन पाउँछस भन्ने कुरा गरेको थियो। पछि फेरी शेष घलेले चिट्ठी लेखेर त्यो निर्णय बदर गरे। न्याकमा म संलग्न भएर काम गरेको भन्ने कुरा तीन तीन जनाले नोटरी गरेर दिएको कुरालाई मान्यता नदिनु ममाथिको षड्यन्त्र हो। यसलाई मैले गम्भीर रुपमा लिएको छु। एनआरएनलाइ सुद्धिकरण गर्न मैले यो कुरालाई अदालत जाँदैछु। त्यहीं बाट यो कुराको फैसला हुनेछ।