फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच भएको प्रतिष्पर्धामा फ्लोयड मेवेदर बिजयी

मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७
फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त  विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन  विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो ।


येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, लसएन्जलस, टोरन्टो हुँदै ब्रुकलिनमा पुगेर यो प्रचार सम्पन्न भएको थियो । प्रचारका क्रममा न्युयोर्कमा भएको कार्यक्रममा फ्लोयड र कोर्नरबीच ठूलै चर्काचर्कीसमेत भएको थियो ।

कार्यक्रममा धु्रवीय भालु (पोलार वियर) को ओभरकोट लगाएर प्रस्तुत भएका कोर्नरका अगाडि फ्लोयडले तैले जीवनमा यत्ति पनि पैसा कमाउन सकेको छैनस्, जुन म तेरो अघि यसरी उडाउन सक्छु भनेर कागजका नोट उनको सामुन्ने पुग्ने गरी फ्याँकेका थिए। कोर्नरले त्यसमा प्रतिक्रिया जनाउँदै तँ ५० सेन्टको मान्छे होस् भनेका थिए ।
तेहाको समय आनुसार तोकिएको भन्दा निकै ढिलो गरि सुरु भएको उक्त खेलमा पुर्भ अनुमान अनुरुपनै नतिजा आयो।खेलको ३-४ राउण्ड सम्म फ्लोयड मेवेदर माथि कोर्नर म्याकग्रोअर निकै हाबी भए तर तेस्पछीका राउण्डमा भने दुवै थकित जस्ता देखिन्थे। ५०औ हजारको हारहारीमा प्रताच्छे हेरिरहेका द्रसककलागि तब निकै रोमान्चक हुन पुग्यो जब ९ राउण्ड बाट आकस्मित तरिकाले मेवेदर कोर्नर माथि हाबी भए र १०औ राउण्ड मा रेफ्रीले उनलाई बिजइ भएको घोसडा गरे।
लास एन्जेलसमा भएको उक्त खेलमा खेलका आयोजकहरुले करिब १ बिलियेन भन्दा धेरै संकलन गरेको अनुमान लगाइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907