अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टनमा विनाशकारी बाढी र हुरी: जनजीवन अस्त व्यस्त

हार्भी नामक आँधीपश्चात भएको भारी वर्षाका कारण आएको बाढीले ह्युस्टन शहरका विभिन्न भाग डुबानमा परेपछि एक हजार भन्दा धेरै मानिसको उद्धार गरिएको छ।

मौसमसम्बन्धी निकाय न्यासनल वेदर सर्भिसले भनेको छ ह्युस्टन मेट्रो क्षेत्रभर बाढी आपतकालको स्थिति छ र त्यहाँ यात्रा लगभग असम्भव छ।

सो ठाउँमा पाँचजनासम्मको ज्यान गएको भन्ने खबर भएपनि हालसम्म जम्मा एकजनाको मृत्युको पुष्टी हुन सकेको उसले जनाएको छ।

उद्धारकार्य

गभर्नर ग्रेग एबटले बाढीनै उनको प्रमुख चिन्ता भएको बताए।

ह्युस्टन शहरको अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पानी जम्मा भएकाले हाल बन्द गरिएको छ।

अन्यत्र आँधीका कारण दुईजनाको मृत्यु भएको पुष्टी भएको छ।

पानीमा डुबेको एउटा गाडीभित्र एक महिला र बच्चाको शव भेटिएको बारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

टेक्ससमा उद्धारकर्मीहरुको टोलीले उक्त राज्यमा पचास वर्ष यताकै सबभन्दा शक्तिशाली भनिएको हार्भी नामक आँधी आएपछि अझै त्यहाँ आफ्नै घर अथवा गाडीमा फसिरहेका सयौं मानिसहरुको उद्धार कार्य गरिरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस राज्यमा आएको आँधीपश्चात जारी उद्धार कार्यका कारण हजारौंको उद्धार भएको भन्दै प्रशंसा गरेका छन्।

उनले त्यहाँ अहिले सबैको ध्यान ज्यान बचाउने र सुरक्षित हुनेमा केन्द्रित हुनुपर्ने बताए।

ती कारवाहीमा वाधा नहुने गरि उपयुक्त समयमा आफू टेक्सस जाने उनले बताए।(श्रोत बिबिसी नेपाल)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907