ताजा अपडेट

राजधानीबाटै ८८ केजी अवैध सुन बरामद,निकै ठुलो संजाल संलग्न भएको आसंका

  भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाबाट खटिएको […]


सेवामा कहिल्यै नथाक्ने एउटा गोर्खाली, एनआरएन चुनावमा सदस्यका उम्मेद्वार – कृष्ण लामिछाने

टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा चिर परिचित गोरखाली समाजसेवी कृष्ण लामिछानेले पनि उम्मेद्वारी दिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा निरन्तर […]


तस्विरमा सबिन्द्र थापा र उहाँका समाजसेवी गतिविधिहरु

एनआरएन को आगामी हप्ता अर्थात् सेप्टेम्बर ५ र ६ गते हुने निर्बाचनमा बोर्ड अफ डिरेक्टरमा थुप्रै उम्मेदवारहरु हुनुहुन्छ। टेक्सास राज्यबाट पनि विभिन्न व्यक्तित्वहरुले उम्मेद्वारी दिनु भएको छ। त्यस मध्ये सबिन्द्र थापा पनि एक हुनुहुन्छ। लामो समय देखि टेक्ससमा रहेर विभिन्न संघ संस्थाहरुमा आबद्ध भै सक्रिय रुपमा समाजसेवामा थापा लाग्नु भएको छ। भैपरी आउँदा सजिलै उपलब्ध […]


मतदाताले जाली प्रवृति बिरुद्ध उभिनु पर्छ : भुवन आचार्य उम्मेदवार एनआरएन अमेरिका उपाध्यक्ष

चुनाव अचम्मको खेल हो । यसको बक्ररेखा सोझो हुने कुरै भएन । यो बाङ्गो टिङ्गो हुन्छ । यो हरपल परिवर्तन हुन्छ । बिहानको समीकरण साँझ भत्किन सक्छ । बेलुका सुत्दा बनेको सहमति बिहान नउठ्दै भंग भैसकेको हुन्छ । एनआरएन अमेरिकाको चुनावमा अहिले देखिएका दृश्य र परिदृश्यहरुको छिटो छिटो परिबर्तन यहि खेलको कारण हो । सतहमा […]


एनआरएन अमेरिकाको निर्बाचन: भोटर सप्रेसन गर्ने रणनीति अनुसार मिति घोषणा

अमेरिका, अगस्त ३१। अन्तत लामो समयको अन्योलता पछि एनआरएन अमेरिकाको चुनाव हुने भएको छ। अगस्त ३० बुधबार निर्बाचन समितिले जारी गरेको सूचना अनुसार आउँदो सेप्टेम्बर ५ मंगलबार र ६  बुधबार सम्पन्न गरिने भएको छ। केहि समय अघि अदालतमा परेको मुद्धा र आइसीसीको चिट्ठी पछि अगस्त ११ र १२ मा गर्ने भनिएको निर्बाचन स्थगित गरिएको थियो। […]


राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल […]


भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने

चितवन, १४ भदौ । सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो । प्रमुख दाहालले जग्गाको तत्काल […]


उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

 मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७                                                       उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म […]


एचडीएनपीले सेप्टेम्बर २ सनिबार रक्तदान कार्यक्रम गर्दै

अगस्त २८, डालस, टेक्सास । बिगत लामो समय देखि समाजसेवाको एक नमुना बन्दै आफ्नो जन्म थलो र कर्मथलोको सेवामा समर्पित एचडीएनपीले आगामी सेप्टेम्बर २ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान १० देखि दिउसो ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रम चार्टर ब्लड केयर, डालस एभरेस्ट लायन्स क्लब र ब्लड डोनर्स अफ […]


फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच भएको प्रतिष्पर्धामा फ्लोयड मेवेदर बिजयी

मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त  विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन  विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907