राजधानीबाटै ८८ केजी अवैध सुन बरामद,निकै ठुलो संजाल संलग्न भएको आसंका

  भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाबाट खटिएको टोलीले सुराकीका आधारमा उक्त अवैध सुन समातेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

उनले भने “सुन नेपाली गाडीमै ल्याइएको छ। हाल उक्त गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइरहेका छौं।”

प्रारम्भिक अनुसन्धानमा उक्त सुन चिनियाँ व्यक्तिको भएको बताएका चालकले थप विवरण भने दिन अटेर गरेको प्रहरीले बताएको छ।

उक्त सुन तस्करीमा संलग्न हुन सक्ने समुहको खोज तलास भैरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि ठूलो परिमाणमा सुन बरामद भएका थुप्रै घटना भएका छन्।

गत वर्षको पुस २१ गते विमानस्थल नजिकै पिंगलास्थानबाट ३३ केजी सुन बरामद गरिएको थियो।

उक्त सुन दुबईहुँदै काठमाण्डू ल्याइएको ठानिएको थियो।

प्रहरीको आँकडा अनुसार पछिल्लो चार वर्षमा साढे तीन सय किलो परिमाणमा यस्ता अवैध सुन बरामद भएका छन्।(श्रोत बिबिसी नेपाल)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907