डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक कार्यक्रम आयोजना गर्ने भएको छ। सह-आयोजकको रुपमा डालस फोर्ट वर्थ क्षेत्रमा स्थापित अन्य नेपाली संस्थाहरु हुनेछन भने कार्यक्रम नेपाली मन्दिरमा आइतबार दिउसो ३ बजेदेखि संचालन हुनेछ। अमेरिकामा नेपालीहरुको दिनानुदिन संख्या बढेसंगै अमेरिकाको राजनीतिमा पनि अघि […]
मार्च १४ आइतबारको दिन डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा जाने अवसर मिल्यो। डालस नजिकैको अर्भिंग सिटिमा अबस्थित नेपाली मन्दिरमा उक्त घोषणा सभा आयोजना गरिएको थियो। कार्यक्रममा कोरोना भाइरसको त्रासका बाबजुद राम्रै उपस्थिति थियो। कतिपय टेक्सास र अन्य राज्यबाट आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्न आएका थिए भने कोहि रमाइलो हेर्न। कोहि गफ दिन आएका थिए […]
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]
डालस, टेक्सास। एनआरएन अमेरिकाको निर्बाचन निकट भविस्यमा हुँदैछ। त्यसको लागि सदस्यता अभियान शुरु भैसकेको छ भने निर्बाचनमा आफ्नो उम्मेदवारी दिने कामको पनि शुरुवात पनि भैसकेको छ। सोहि कार्यको शुरुवात टेक्सास निवासी कृष्ण लामिछानेले शुरुवात गर्नुभएको छ। जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव, एनआरएन अमेरिकाका पुर्ब बोर्ड अफ डाइरेक्टर एबम डालसमा सक्रिय नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षको […]
बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]
यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]
काठमाडौँ। “छुट्नलाइ पो रैछ क्यारे” बोलको गीत हालै सार्बजनिक भएको छ। गीतसंगै म्युजिक भिडिओ पनि सार्बजनिक गरिएको छ। यस गीतमा चर्चित कलाकारहरु थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ। अधिकांश दृश्यहरु पोखरामा खिचिएको यो म्युजिक भिडिओमा कलाकार पुष्प खड्काको अभिनय रहेको छ भने जानु पोख्रेलले पहिलो पल्ट यहि गीत मार्फत सांगीतिक क्षेत्रमा आफ्नो यात्रा […]
डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]
डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]