एनआरएन अमेरिकाको चुनावी माहोल शुरु, कृष्ण लामिछाने अध्यक्षको उम्मेदवार हुने

डालस, टेक्सास। एनआरएन अमेरिकाको निर्बाचन निकट भविस्यमा हुँदैछ। त्यसको लागि सदस्यता अभियान शुरु भैसकेको छ भने निर्बाचनमा आफ्नो उम्मेदवारी दिने कामको पनि शुरुवात पनि भैसकेको छ। सोहि कार्यको शुरुवात टेक्सास निवासी कृष्ण लामिछानेले शुरुवात गर्नुभएको छ। जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव, एनआरएन अमेरिकाका पुर्ब बोर्ड अफ डाइरेक्टर एबम डालसमा सक्रिय नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षको रुपमा समाजमा परिचय कमाइसकेका लामिछानेको उम्मेदवारीले एनआरएन अमेरिकाको चुनावी माहोल तात्न थालेको महशुस भएको छ।
यसै बीच उहाँले एक बिज्ञप्ति मार्फत सबैलाई आफ्नो उम्मेदवारी घोषणा गर्दै सहयोगको लागि अपिल गर्नु भएको छ।

लामिछानेको बिज्ञप्ति यस प्रकार छ:

आदरणीय मित्रहरू, दाजु भाइ तथा दिदी बहिनीहरू, पत्रकार साथीहरू,

विगत २० वर्ष देखि म अमेरिकाको डालसलाई केन्द्र बिन्दु मान्दै तपईहरुको बिचमा म एक मित्र, एक ब्यावसायी र एक सामाजीक स्वयंसेबकका हैसियतले कार्यरत रहेको बिदितै छ। आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा समर्पण गरिरहेको तपाईहरुलाई जानकारी नै छ। नेपालबाट सात समुन्द्र पारी आएर अमेरिकामा नेपालीहरू बिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन तथा विदेशी माटोमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने अभियानमा मैले एक ईटा थपेको समेत यँहाहरुले मूल्याङ्कन गर्नु नै भएको छ होला।

एक सामाजिक कार्यकर्ताको हैसियतमा समाजले मलाई हिजो पनि देखेको थियो- आज पनि देखि नै रहेको छ र भविष्यमा पनि देखि नै रहने छ। यही समाजबाट मेरो सामजिक छबि बनेको थियो। नेपालबाट सपनाहरू बोकेर अमेरिका आएको एक ठिटोलाई यही समाजले नै सामाजिक कार्यकर्ताको परिचय दिएको गुनको मुल्य मैले कहिल्यै चुकाउन सक्ने छैन। यही समाजबाट उत्पति भएको यो कृष्ण लामिछाने यही समाजमा सधैँ रहिरहने छ। त्यसैले कहिले काँही समाजसेवाका नाममा हुने नचाहिदो राजनितिक गुट बन्दी र बिभाजनका कारण समाजले सही दिशा दिन नसके देख्दा तपांईहरू जस्तै मेरो मन पनि खिन्न हुन्छ ।

यही सन्दर्भमा गैर आबसिय नेपालीहरूको साझा सङ्गठन-NRNA अमेरिकाको चुनाव निकट भविष्यमा हुन गैरहेको छ । सोही क्रममा मैले पनि NRNA अमेरिकाको अध्यक्ष पदका उम्मेदवारी दिने जानकारी विभिन्न श्रोत मार्फत तपाईहरु माझ प्रस्तुत गरी सकेको छु। NRNA अमेरिकालाई साचो रूपमा एक बिशुद्ध सामजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने एक प्रमुख कारण हो। NRNA अमेरिकाको सदस्यता सधै अपारदर्शि, बिबादित र बहसको बिषय बन्दै आएको छ। त्यसलाई पूर्ण रूपमा सच्चाएर NRNA अमेरिकाका हरेक गतिबिधिलाई पारदर्शि ढंगबाट अघि बढाउनु मेरो प्रमुख काम हुनेछ। मेरो उम्मेदवारी चुनाव जित्नमा मात्र केन्द्रित हुने छैन भन्ने प्रस्ट गराउन चाहन्छु। मेरो उद्देश्य सामजिक भावानाको सही विकास समाजमा हुनु पर्छ भन्ने मान्यतालाई आगाडी बढाउन हो ।

मेरो यो उम्मेदवारी समाजसेवा जस्तो पवित्र भावनामा आपसी कटुताको ग्रहण लाग्नु हुंदैन भन्ने सिद्धान्तको स्थापना गर्नु हो । मेरो उम्मेदबारी NRNA अमेरिका राजनितिक आस्थाका आधारमा बिभाजन हुनु हुंदैन भन्ने मान्यतालाई स्थापित गराउनका लागि हो । यदि NRNA अमेरिकालाई पारदर्शि, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा बिकशित गर्ने मेरो लक्ष हो । यो लक्षलाई लफल पार्न तपांईहरूको प्रत्यक्ष सहभगिता बिना संभब छैन । त्यसैले संस्था शुद्धीकरण अभियानमा यहांहरूको पनि सक्रिय रूपमा सहभागिताको अपेक्षा गर्दै NRNA अमेरिकाको सदस्य बन्न बिनम्र अनुरोध गर्दछु । सदस्यता लिने अन्तिम मिति फेब्रुवरी १५ तारिख, २०२१ सम्म मात्र रहेको पुन: स्मरण गराउन चाहान्छु ।

धन्यवाद 🙏 सहयोग र सुझाबको अपेक्षा सहित

कृष्ण लामिछाने

एनआरएन अमेरिकाको छवि र यसप्रतिको आकर्षण नेपाली समुदायमा घट्दै गएको छ। करिव ४ लाख नेपालीहरु रहेको अमेरिकामा यति ठुलो संस्थाको सदस्य संख्या ५ हजार पुर्याउन पनि हम्मे पर्नुमा यसका अभियन्ताहरुले जिम्मेवारी कसरी लिने हो त्यो पनि प्रश्नको रुपमा खडा भएको छ। चुनावको बेला तात्ने र त्यसपछि निदाउने नेतृत्व, संस्थालाई निर्बाचनमुखी बनाउने प्रचलन नै यसको मुख्य जिम्मेवार पक्ष हो।
यति हुँदै हुँदै पनि एनआरएनको बिकल्प पनि पक्कै छैन। यसलाई जिम्मेवार र सक्रिय बनाउने दायित्व पनि समाजका सक्रिय सदस्यहरुकै काम हो। यसलाई सहि दिशामा लैजान नयाँ विचार सहितको नेतृत्व आबस्यक छ। आशा गरौँ, आगामी निर्बाचनबाट एनआरएन अमेरिकाले सहि नेतृत्व पाउनेछ र यो संस्था प्रतिको आशा, आस्था र आकर्षण बढ्नेछ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907