कोरनाभाइरसको महामारी र घरेलु रोक़थाम

– धनन्जय ढकाल
विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला संसारभरिको अवस्था डामडोल छ। यस्को प्रकोप विश्वभर जारी छ। यो कोभिड १९ को प्रकोप अहिले १५० भन्दा बढी देशमा फैलीएर साँढे तिन लाख भन्दा बढी मानिस यसबाट संक्रमित भएका छन र करिब साँढे पन्द्र्हजार भन्दा बढी मानिसको मिर्त्यु पनि भई सकेको छ! यो नयां भाइरस भएकोले तीव्र रुपमा फैलिने यो संक्रमणको अहिलेसम्म कुनै औषधी बनेको छैन र तत्कालै यसको औषधी आउने शंभवाना पनि छैन! यस्तो अबस्थामा रोग लाग्न नदिन हामीले विभिन्न सावधानी अपनाउनु बाहेक अरु कुनै उपाय छैन! यसको पहिलो उपाय भनेको एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनु हो! अहिले रुघा खोकी, झाडा पखाला, फ्लु जस्ता भाइरसको सिजन पनि हो तसर्थ यसका लक्षण आम रुघाखोकीसँग मिल्दोजुल्दो पनि छन् र फेरी यो लाग्दैमा मरी हाल्ने पनि होइन! जनमानसमा चलेको बढी हल्लाले मानिसहरुमा चाहिने भन्दा बढी भय, त्रास र अज्ञनताले पनि यो रोगको फैलावटमा टेवा दिईरहेको छ साथै मौसममा परिबर्तन हुननसक्नु यसको अर्को कारण पनि हो! तसैले यो भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरु अझै मारिने सम्भावना छ र कुनै कुनै बैज्ञानिकले त यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी पनि दिएका छन!

 

अहिले बिश्व यस कोराना भाइरससँग तेश्रो बिश्व युद्ध जस्तै लंडाई लडी रहेको छ! चीनको वुहानबाट शुरु भएर यूरोप हुँदै अहिले अमेरिकामा फैलिरहेको कोरना भाइरसका कारण यहाको जनजीबन अस्तव्यस्त र अर्थतन्त्र धराशयी बन्दै गएको छ। सरकारले २० भन्दा बढी राज्यमा लकडाउन गरी सबै ब्यबस्था मिलाउछौ भन्दा पनि जनताहरु अटेर गरी बाहिर निस्केर यस्को फैलावट झन दिना दिन बढी रहेको छ! यस्को नियन्त्रणको पहिलो उपाय भनेको लकडाउन नै हो!यसको लागी सरकार र जनता दुबैको बराबरी दायित्व हुन्छ! यो नियन्त्रण सरकारले गरेर मात्र संभब छैन जनताले पनि आआफ्नो घरमा बसेर सरकारलाई सघाउनु पर्छ! अहिले यही समस्या नेपालमा पनि हुन् थालेको छ यही कुरा जनताले नबुझेर इटलीमा ठुलो क्षति हुन पुग्यो! शायद यो समस्या प्रजातन्त्रिक देशमा बढी हुने हो कि! यही लकडाउनको रणनीति अपनाएर आज चीनले छोटो समयमा यो महामारीलाई काबुमा राख्न सफल भयो! यस्तो समस्या आइपर्दा प्रजातान्त्रिक देशमा भन्दा कम्युनिष्ट देशमा समाधान गर्न सजिलो हो की? विश्वभर त्रास फैलाइरहेको यो कोरानो भाइरस (कोभिड-१९)को उपचारका लागी कुनै भ्याक्सिन नबनिसकेको अवस्थामा यो भाइरसको रोकथाम गर्नु या लाग्न नदिनु नै सर्बोत्तम उपाय हो जस्को लागी यस्को फैलावटलाई रोक्नु नै हो। रोग लाग्नु भन्दा लाग्न नदिनु नै सर्बोतम उपाय हो! तसर्थ यसका लागी हामीले यि केहि साबधानी अपनाएमा बच्न सकिन्छ कि!

प्राथमिक उपचारका साबधानी उपायहरु:
१.घर बाहिर तथा काम गर्दा निरन्तर ग्लोभ तथा माक्स लगाऊने साथै कुनै काम गरि सकेपछि स्यानीटाईजर र घर आए पछि साबुन पानीले हात धुने बानी गरौ!
१. आफु र परिबार सकेसम्म आफ्नै घरमा क्वारईइन्टनमा बस्ने अति आबस्यक परे एकजना मात्र घर बाहिर निस्कने! घर सफा राख्ने र केटाकेटी तथा बुढाबूढीलाई बढ़ी ध्यान दिने!
२.स्वस्थ र पौष्टिक आहार खाना खाने । जस्तै भिटामिन C पाइने साग सब्जी फलफुल प्रशस्त खाने जसले हाम्रो रोग प्रतिरक्षा गर्ने शक्ती बढाऊछ।
३.मदिराजन्य पदार्थको सेवन गर्दै नगर्नुस् गरेपनि कम गर्ने! मसलदार (spicy) खाने कुरा खाने!
४.धुर्मपान र गुलिया अनि चिसो पेय पदार्थहरुको सेवन नगरौ यस्को साटो तातो चिया, कफी र कागतीपानी निरन्तर सेवन गरौ!
५ . शारीरिक व्यायम गर्ने गरौ जस्तै बाहिर पैदल यात्रा, दौडने, आफ्नो सवारीमा मात्र यता उता काममा जाने तर अरुसंगको दूरीमा बस्स्ने साथै घरमै व्यायम, नाच्ने गाउने तथा योगा गर्ने गरौ! घरमा एउटै आसनमा बसेर लामो समय एउटै काम नगरौ!
६. यस्तो बेलामा हामीले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गरौ। संगीत सुन्ने, मुभी हेर्ने,किताब पढने अथवा गेम खेल्ने गरौ!

  1. अहिलेको तथ्याङ्क अनुसार यो रोग लागेका मध्ये थोरै प्रतिशत विरामीको मात्र मृत्यु भएको छ त्यसैले यो लाग्नु भन्दा लाग्नै नदिनु पहिलो उपाय हो यदी लागी हालेमा पनि पहिलो प्राथमिक उपचारमा ध्यान पुर्याइयो भने यसबाट बच्न सकिन्छ! यो एउटा कडा रुघाखोकी हो तसर्थ यसले बुड़ाबुडी, केटाकेटी, रोगी, कमजोर ब्यक्तिहरु लाई बढी दुख: दिन्छ! यो लाग्दैमा मरीहाल्ने पनि होइन थोरै शाबधानी मात्र पुरयाउन सके पनि यसबाट बच्न सकिन्छ! कोराना भनेको यो एउटा सुखा लेसिलो कफ मात्र हो! शुरुमा यो घाँटीमा २ दिन जति बस्छ त्यसपछि यो बिस्तारै हाम्रो स्वासप्रस्वास प्रणाली बाट फोक्सोमा पुग्छ अनि फोक्सोमा टाँसिएर निमोनिया जस्तै साँस फेर्न गारो, सुखा खोकी लाग्ने आदी हुन्छ त्यसपछि बिस्तारै ज्वरो बढेर १०० देखी १०४ डिग्री सम्म पुग्छ! यस्तो अवस्था भएमा ज्वरो घटाउने औषधि दिने र बिरामीलाई तुरुन्त अस्पताल पुरयाउनु पर्छ यो भनेको अति जोखिम अवस्था हो र यो अबधी हुन १०-१४ दिन लाग्छ! त्यसैले शुरुमै घाँटीमा कफ हुँदै कागतीको तातोपानी पिएर यसलाई घांटीमा बस्न नदिने, प्रणायाम हरु गर्ने, दिनमा २ पटक मनतातो पानीले नुहाउने, रुघा खोकी लाग्दा खाने हाम्रो घरेलु जडिबुडी अदुआ, बेसार, जिम्बु लसुन, गुर्जो, तुलसी, जाईफल आदिलाई तातोपानी बनाएर खाने र कफलाई बाहिर निकाल्ने त्यसो गरेमा यस बाट १४ दिन भित्र छुटकरा पाउन सकिन्छ! य़ि कुराहरु लाई अलिकति मात्र पनि ध्यान दिइयो भने आफु र आफ्नो परिवारलाई यस महामारी बाट बचाउन सकिन्छ कि आफुपनि बाँचौ र अरुलाई पनि बचाऊ!!!

(यो लेख सामाजिक संजालमा आएका सुचना हरुबाट संस्प्रेक्षण गरी तयार पारिएको हो)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907