एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ । बिज्ञप्ति जस्ताको तस्तै: करिब एक बर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोश र जाँगर असाध्यै […]
सायद मानबिय स्वभाव हुनुपर्छ, कुनै पनि मान्छेको नाम सुन्ने बित्तिकै त्यो व्यक्तिको बारेमा मस्तिस्कमा एउटा तस्विर आइहाल्छ । तपाईंको आफ्नो परिवेश र बुझाइ अनुसार त्यो व्यक्तिको नाम संगै स्वरुपलाई तपाईंले आफ्नै तरिकाले बुझ्नु हुन्छ । त्यो व्यक्ति तपाईंले सोंचे जस्तो हुने सम्भावना निकै कम रहन्छ । मैले मेरो ४ दशक भन्दा लामो जिन्दगीमा यो कुरा निकै भोगेको छु […]
डालस, मार्च २८। नेपालीहरुको नयाँ बर्ष २०७४ यहि अप्रिल १४ गते परेको छ। उक्त दिनलाई नेपालीहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन। सांगीतिक कार्यक्रम गरेर र अन्य रमाइला गतिबिधि गरेर नयाँ बर्ष मनाउने गरिन्छ। बिदेशमा झन् यसको ठुलो महत्व छ । बिदेशमा बस्ने नेपालीहरुले यो दिनलाई जनवरी १ भन्दा पनि बढी महत्वसाथ मनाउने गर्छन। नेपाली समाज […]
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघ सम्बन्धी आधिकारिक तथ्यांकहरु अनधिकृतरुपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । गर्नु परे संघको लेटर हेडमा सम्प्रेषण गर्र्नु पूर्व आइसिसिका महासचिव वा सचिवालयसंग समन्वय गरेर मात्र सम्पेषण गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरिएको छ । महासचिव डा. बद्री केसीले सूचनामा आधिकारीकता बिश्वस्नियता र […]
मार्च २६ आइतबार, डालस, टेक्सास। अमेरिकामा रहेका नेकपा एमाले निकट मानिने “प्रबाशी नेपाली मंच” को आगामी अधिबेशनमा टेक्सासबाट जनक रानाले उम्मेद्वारी दिनुहुने भएको छ। आज यहाँ टेम्टेसन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। डालस वरपर रहेका संस्थाका पदाधिकारी एबम सुभचिन्तकहरुको बिचमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा न्यु योर्कबाट बसाइ सरेर टेक्सास आउनुभएका पत्रकार […]
काठमाडौँ, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गर्नुभयो । “नेपालका हरेक गाउँ, जुनसुकै […]
मार्च २३, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले अप्रिल ९ गते शनिबार स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। संस्थाका अध्यक्ष कृष्ण लामिछानेका अनुसार बिहान ९ देखि दिउसो १ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुनेछ। शिविर समाजसेवी […]
अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एनआरएन अमेरिकाको चुनावमा उम्मेदवारहरु बीच बहस संचालन गर्ने भएको छ । नेपाल अमेरिका पत्रकार संगका केन्द्रिय सदस्य तथा बहस आयोजक समितिका संयोजक बाल जोशीद्वारा प्रकाशित बिज्ञप्ति अनुसार उक्त बहसहरु डालस, डिसी मेट्रो क्षेत्र, न्यु योर्क र सानफ्रान्सिस्को शहरमा आयोजना गरिनेछन । त्यसमध्ये पहिलो बहस डालसबाट अप्रिल ८ गते शनिबार […]
सुदुरपश्चिम् का पत्रकार धिरेन्द्र सिनाल कि जीवनसाथि सोनु सिनालको मृगौला उपचार सहयोगका लागि नमस्ते नेपाल हातेमालो सामाजिक सस्था को तर्फ बाट ३०हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । जनता मिडिया नेटवर्क मा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियनका क्षेत्रिय संयोजक लाल ऐरि पत्रकार बिबेचना बिस्ट मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो । उहाहरुले सहयोग रकम भोलीलै […]
लण्डन, मार्च २२ बुधबार । बेलायतको राजधानी लण्डनस्थित संसद भवन अघि आज आतंकबादी हमला भएको छ । एक जना हमलाकारीले संसद भवनको सुरक्षार्थ खटिएका एक जना प्रहरीलाइ छुरा प्रहार गरेको जनाइएको छ भने एउटा कार बेलायतको संसद भवनको पर्खालमा ठोक्काइएको छ । त्यस्तै एउटा पुलमा पनि क्षति पुर्याइएको छ । हमलामा एकजना महिलाको मृत्यु भएको […]